Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सूर्यदर्शन सहकारी ठगीमा मुद्दा चलाउन पर्याप्त आधार हुँदाहुँदै सत्ताको आडमा एमाले नेता पहारीलाई भने उन्मुक्ति

खबरडबली संवाददाता

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित थप ४४ विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । यसअघि ०८० मा १९ विरुद्ध मुद्दा चलेकामा शुक्रबार मात्र पूरक मुद्दा गएको थियो ।

सरकारी वकिलको कार्यालयले लीला पछाईंलाई सहकारी ठगी, संगठित अपराध, राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरणसँगै मुलुकी संहिताअनुसार थप सजायको मागदाबीसहित मुद्दा चलाएको छ । त्यस्तै, रास्वपा सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी र रामबहादुर खनालविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ । विश्वविक्रम राईविरुद्ध सहकारी ठगी, संगठित अपराध र राष्ट्र बैंक ऐन, २०५८ सँगै मुलुकी संहिताअनुसार थप सजायको मागदाबी गरिएको छ ।

दीपेशकुमार पुन, नेत्रपाणि बाँस्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना श्रेष्ठ र लक्ष्मीप्रसाद पौडेलसहित १५ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएको छ । ज्ञानबहादुर बमजन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेसलकुमार राई, कृष्णबहादुर गुरुङ, देवबहादुर नेपाली, सकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ र ऋतु ताम्राकारविरुद्ध भने सहकारी ठगीको मात्र मुद्दा चलेको छ । सहकारी ठगी कसुुरमा मुद्दा खेपेका ११ जना सूर्यदर्शन सहकारीको ज्ञानबहादुर बमजनको अध्यक्षताको कार्यसमिति हो । तर, कृष्णबहादुर भने ७५ वर्षमाथिका भएकाले कैद छुट सुविधा माग गरिएको छ । सूर्यदर्शन सहकारीको रकम अवैध रूपमा कम्पनीमा ल्याइएको भन्दै आठ कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको छ ।

जसमा नेचर हब्र्स इन्टरनेसनल, नेचर हब्र्स लिमिटेड, नेचर नेस्ट, जिबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप मल्टी इन्भेस्टमेन्ट, मन्दरा स्पा, स्प्रिङउड रियल स्टेड, नेपाल श्री मल्टी मिडिया र गोरखा मिडिया प्रालि रहेका छन् । लामिछानेपत्नी निकिता, जोशीपत्नी पद्मा बन्जाडे र छोरा रोचक जोशी तथा राधा पछाईं र गीता पछाईंविरुद्ध पनि मुद्दा चलेको छ । उनीहरूबाट स्रोत नखुलेको आयबाट आर्जित सम्पत्ति जफतको माग दाबी गरिएको छ ।

सहकारी ठगीमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो कायम गरिएको छ । जसमध्ये एक अर्ब १४ करोड ६८ लाख ३८ हजार एक हजार १५६ बचतकर्तालाई भराउन भनिएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा गत शुक्रबार मात्र जिबी राईसहित १९ पदाधिकारी, कर्मचारीविरुद्ध एक अर्ब ११ करोड १९ लाख बिगो कायम गरी पूरक मुद्दा दायर भएको थियो । जिबीविरुद्ध संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअन्तर्गत तथा १८ जनाविरुद्ध संगठित अपराधमा अभियोग दर्ता भएको थियो । उनीहरूविरुद्ध यसअघि १८ असोज ०८० मा सहकारी ठगी कसुरमा एक अर्ब ११ करोड १९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो ।

मुद्दा चलाउने पर्याप्त आधार हुँदाहुँदै पहारीलाई जोगाएर साक्षी मात्र बनाइयो

पोखराको सूर्यदर्शन सहकारी ठगीमा मुछिएका एमाले केन्द्रीय सदस्य राजीव पहारीलाई भने सत्ताको आडमा उन्मुक्ति दिइएको छ । उनको नाममा सहकारीबाट १५ लाख रुपैयाँ पेस्की निकासा भएको फरक–फरक अनुसन्धानबाट देखिए पनि उनीमाथि मुद्दा चलाइएन । जोगाउन साक्षी बनाएर उभ्याइएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा राजनीतिक प्रतिशोधका आधारमा अनुसन्धान गरेको आरोप लागिरहेका वेला सत्तारूढ दलका नेतालाई प्रहरीले जोगाएको अभियोगपत्रबाटै देखिन्छ । पोखरा महानगरपालिकाको छानबिन प्रतिवेदन र सूर्यदर्शन सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनमा पहारीले पेस्की लिएको देखिन्छ । 

तर, त्यसबारे आफूलाई जानकारी नभएको भन्ने पहारीको दाबीका आधारमा उनलाई मुद्दामा साक्षी मात्रै बनाएर उन्मुक्ति दिइएको छ । जब कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका व्यक्तिको नाममा पनि नक्कली कर्जा खडा गरी पैसा निकालिएकोमा उनीहरूलाई भने प्रहरीले प्रतिवादी बनाएको छ ।

आइतबार कास्की जिल्ला अदालतमा सरकारी वकिलले दायर गरेको अभियोगपत्रअनुसार पहारीले १२ चैत ०७४ मा सहकारीबाट पेस्कीका रूपमा १५ लाख लिएको देखिन्छ । प्रहरी स्रोतका अनुसार हाल थुनामा रहेका सूर्यदर्शन सहकारीका तत्कालीन सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे)मार्फत पहारीले सो रकम लिएका थिए । 

गुरुङ पहारीनिकट व्यक्ति हुन् । सोही आधारमा उनी सहकारीको साधारणसभामा पनि प्रमुख अतिथिका रूपमा पटक–पटक जाने गरेका थिए । प्रहरीसँगको कागजमा नेता पहारीले सहकारीसँग निकटता खुलाएका छन्, तर आफ्नो नाममा पेस्की रकम भुक्तानी भएकोमा भने अनभिज्ञता देखाएका छन् ।

उनले प्रहरीसँगको कागजमा भनेका छन्, ‘मलाई सो सहकारीको वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा आमन्त्रित गरेकै भरमा मेरो नाममा समेत यसरी गैरकानुनी तवरबाट मेरो जानकारी र मञ्जुरविना म आफूले कुनै रकम नलिएको अवस्थामा १५ लाख पेस्की भनी देखाई हालसम्म फस्र्योट नगरी राखेको देखिँदा यस्तो प्रकारको कानुनविपरीतको कार्य गर्ने व्यक्तिको पहिचान गरी निजहरूलाई प्रचलित कानुनबमोजिम हदैसम्मको सजायसमेत हुनुपर्छ ।’

यसरी अनभिज्ञता देखाएकै आधारमा पहारीले मुद्दाबाट छुटकारा पाउँदा अन्यको हकमा भने प्रहरीको अनुसन्धान मापदण्ड फरक छ । अन्यको नाममा पनि यसैगरी कुनै कागजातविना नै उनीहरूको नाममा कर्जा बनाएर दुरुपयोग गरेको अनुसन्धानमा देखिए पनि मुद्दा नै दायर गरिएको छ । रास्वपा सभापति लामिछानेका नाममा एक करोड रुपैयाँ कर्जा देखाइएकोमा त्यसलाई भने प्रहरीले सहकारी ठगीको बिगो बनाएको छ । जसकारण प्रहरी अनुसन्धानको निष्पक्षतामा प्रश्न उठेको छ ।

लामिछानेले वयानमा भनेका छन्, ‘मिति २०७७/०३/३१ गते सहकारीमा नामथर रवि लामिछाने, ठेगाना पोखरा ८ सृजनाचोक लेखेर एक करोड ऋण देखाइएको भन्ने कुरा यसै वित्तीय विश्लेषण र संसदीय समितिमा वयान दिन जाँदाको क्रममा आधिकारिक रुपमा थाहा पाएको, सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोगसमेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन ।’ यसरी समान प्रकृतिको घटनामा लामिछाने र पहारीको वयान पनि समान प्रकृतिकै छ । तर, लामिछानेलाई मुद्दा चलाएर पहारीलाई भने उन्मुक्ति दिएको छ ।

पहारीको नाममा ग्लोबल आइएमई बैंक र त्रिवेणी बैंकको दुई चेकबाट १५ लाख रुपैयाँ पेस्की दिइएको सहकारीको रेकर्ड छ । शिवबहादुर गुरुङका कर्मचारी छिरिङ फुन्सोङ ठकुरीमार्फत रकम निकासा भएको उल्लेख छ । तर, ठकुरीले पनि आफूले सो रकम नलिएको प्रहरीमा कागज गरेका छन् । 

उनको बयानमा भनिएको छ, ‘वित्तीय विश्लेषण प्रतिवेदनमा मिति २०७४÷१२÷१२ गते राजीव पहारीको नाउँमा सहकारीले पेस्की देखाई निकासा गरेको १५ लाख रुपैयाँमध्ये सहकारीको त्रिवेणी विकास बैंकको चेक नम्बर ९१३४०९ बाट सात लाख र ग्लोबल आइएमई बैंकको चेक नम्बर २२०९८२३६ बाट आठ लाख पाउने गरी मेरो नाउँमा चेक काटिएको भन्ने उल्लेख रही सोहीअनुसारको अभिलेख सहकारीमा रहेछ, यस सम्बन्धमा म पूर्ण रूपमा अनविज्ञ छु ।’

पहारीले त ठकुरीसँग आफ्नो चिनजान नै रहेको बताएका छन् । दुवैजनाले पैसा नलिएको बताएको यो विषयमाथि प्रहरीले विस्तृत अनुसन्धान नगरी पहारीलाई उन्मुक्ति दिएको छ । कतिसम्म भने ती चेक बैंकमा कसले साटेको थियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन । पहारीले भने आफ्नो नाममा पैसा निकाल्नेमाथि छानबिन गर्नुपर्ने माग गर्दै आएका छन् । ‘सूर्यदर्शन सहकारीमा म कहिल्यै जोडिएको छैन, त्यसकारण मैले पैसा निकाल्ने कुरै भएन । मेरो नाममा कसले निकाल्यो छानबिन हुनुपर्छ ।’

पोखरा घर भएका पहारी ०७४ को प्रदेश सभा निर्वाचनमा कास्कीबाट निर्वाचित भएका थिए । उनी एमालेनिकट युवा संघ नेपालका पूर्वअध्यक्षसमेत हुन् । सूर्यदर्शन सहकारीका प्रायः कार्यक्रममा उनी अतिथिका रूपमा जाने गरेका थिए । पहारी सहकारीको सदस्य भने होइनन् । तर, सहकारीको गलत गतिविधिमा संरक्षण गरेर उनले फाइदा लिएको आधार देखिएको छानबिनमा आबद्ध पोखरा महानगरका अधिकारी बताउँछन् । 

महानगरले प्रतिवेदन हस्तान्तरण गरेपछि प्रहरीले सोहीअनुसार पहारीलाई समेत कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो । पहारीलाई उन्मुक्ति दिएको विषयमा कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेलाई जिज्ञासा राख्दा उनले हाल दोषी देखिएका र आरोप पुष्टि भएकाहरूको हकमा अभियोग दर्ता गरिएको बताइन् । शंकाको घेरामा रहेकालाई पुनः पछि छानबिन गरेर आरोपपत्र दायर गर्न सकिने उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

इरानले युद्धविरामको प्रस्ताव अस्वीकार गरेपछि के गर्छन् ट्रम्प ?

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरूले विमानस्थल जाँदा देहाय बमोजिमका थप कागजात अनिवार्य रूपमा आ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएकाे छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बैठक बस्नेछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending