Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बोरिङकाे खानेपानीपछि स्थानीयवासीमा हर्ष

फिदिम । खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ । कुम्मायक गाउँपालिका केन्द्र समेत रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी बिहीबारबाट निकाल्न थालिएको हो । सो क्षेत्रमा खानेपानी समस्या तत्कालीन रुपमा समाधान गर्ने उद्देश्यले प्रदेश नम्बर नं १ सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट कुम्मायक गाउँपालिका–४ उत्तिसे र वडा नं ५ निगालेमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकाल्ने योजना अघि बढेको हो । निगालेबाट पनि आगामी एक हप्ताभित्र नियमित रुपमा खानेपानी निकाल्न थालिने डिप बोरिङ खानेपानी उपभोक्ता समिति कुम्मायकका अध्यक्ष अमरसिंह थापाले जानकारी दिए । बोरिङबाट निकालिएको खानेपानी निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाको पाइपलाइनबाट वितरण हुने अध्यक्ष थापाले जानकारी दिए । जसबाट कुम्मायक गाउँपालिका– १, ४ र ५ का झण्डै दुई हजार ५०० घरपरिवार लाभान्वित हुनेछन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बोरिङ प्रविधिबाट पानी निकालेर वितरण गरी खानेपानीको समस्या तत्कालका लागि समाधान गर्न लागिएको बताए । खानेपानी समस्या तत्कालीन रुपमा हल गर्ने उद्देश्यले गत हप्ताबाट डिप बोरिङ प्रविधिको परीक्षण शुरु भएको थियो । बिहीबारबाट पानी निकालिए पनि ल्याब परीक्षणपछि मात्रै खानयोग्य हुने उपभोक्ता समितिका सचिव खेम निरौलाले बताए । “ल्याब परीक्षणको नतिजापछि मात्रै खानेपानी पिउन उपभोक्तालाई आग्रह गरेका छौँ” निरौलाले भने “तर, खानेपानीको अभावमा रहेका उपभोक्ताले, विहीबारबाट प्रयोग गर्नथालेका छन् ।” कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा स्थानीयवासीलाई खानेपानी बिक्री गर्दै आएको छ । यसअघि स्थानीय व्यवसायिले प्रतिलिटर दुई रुपैँयामा खाने पानी बिक्री गर्दै आएका थिए । “किनेर खानेपानी पिउँदै आएका उपभोक्ताले आफ्नै घर छेउ स्वच्छ खानेपानी भेटेपछि प्रयोग गर्नबाट रोक्ने कुरा भएन्” निरौलाले भने । डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने क्रममा केही घण्टा लेदो र खिया सहितको पानी निस्किए पनि केही समय पछिबाट स्वच्छ र सङ्लो पानी निस्किएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको अभाव छ । यी क्षेत्रमा खानेपानीको अभाव हुँदा बसाइसराइको क्रम उच्च बनेको छ । खानेपानी समस्या समाधान गर्न रु ५१ करोड लागतमा उक्त क्षेत्रमा विगत दुई वर्ष अघिबाट तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ । समयमै उक्त आयोजना सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नु परेपछि प्रदेश नं १ सरकारले समस्याको तत्कालीन समाधानका लागि डिप बोरिङ प्रविधिबाट खानेपानीको व्यवस्था गर्न बजेटको व्यवस्था गरेको उक्त क्षेत्रबाटै प्रदेशसभा सदस्यमा निर्वाचित भएका प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको भनाइ छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending