Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

भारतीयको अवरोधको कारण एक वर्षदेखि ठुटेखोला पुल प्रयोगविहीन

पर्सा । भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल प्रयोगमा आउन सकेको छैन । पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन नपाउँदा प्रयोगविहीन बनेको हो । ठोरी गाउँपालिका–२ र ३ वडा जोड्ने १०२ मिटर लामो ठुटेखोलामा पुल बनेको एक वर्ष भइसक्दा पनि स्थानीयवासी खोलाकै बाटो प्रयोग गर्न बाध्य छन् । नहरको पानीको विषयमा पटक–पटक भारतीय र नेपालीबीच झडप हुने गरेको स्थानीयवासी रबीन तिमल्सिनाले बताए । नेपाली भूमि भएर बगेको खोलामा नेपालीले बाँध बाँधेर कुलोमा पानी लैजाँदा भारतीय बाँध भत्काउन आउने गरेको तिमल्सिनाको भनाइ छ । नेपालले माथिल्लो एउटा बाँधबाट र भारतले तल्लो दुई बाँध बनाएर पानी लगेको छ । ठोरी–केरुङ हुलाकी मार्गअन्तर्गतको ठुटेखोला पुल भएर ठोरी गाउँपालिका वडा नंं ३ सुवर्णपुर हुँदै वीरगञ्जसम्म जान सकिन्छ । ठोरी भन्सारबाट सानाठूला गरी दैनिक करीब १०० गाडी आवतजावत गर्ने गरेको ठोरी निर्मलबस्ती सामुदायिक वन उपभोक्ता समितिअन्तर्गतको चोरी सिकारी नियन्त्रण समितिका संयोजक पिताम्वर सिलवालले बताए । ठुटेखोला पुलबाट भारततर्फको करीब ३० मिटरमा नेपाल–भारत सीमा पिल्लर रहेको छ । तर, भारतले भने पुलभन्दा भित्र आएर बाँध बनाई वर्षौदेखि पानीको प्रयोग गर्दै आएको छ । यहाँको पानीले भारतको भिखनाठोरी, डुम्मरवाना, जमुनिया, भवानीपुरसम्मको क्षेत्रमा सिँचाइ पुगेको छ । ठुटेखोला पुल हुलाकी मार्गअन्तर्गत पर्ने भएकाले पानीको कुलोमा ह्युमपाइप राख्न नमिल्ने भएकाले पुल सञ्चालनमा समस्या आएको सिलवाल बताउछन् । दुवै देशलाई समस्या पर्ने भएकाले समाधानको मध्यमार्गी बाटो खोजी भइरहेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए । “पुल चलाउनका लागि नहर पुर्नुपर्ने भए पनि पुर्न सहज नभएकाले बाटो रोकिएको हो”, उनले भने, “नहर पुर्दा भारतलाई समस्या पर्छ, नपुर्दा पुल सञ्चालनमा समस्या आएको छ ।”
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy