नेकपाको एकीकरण अल्झिएपछि प्रचण्ड र नेपालको साझा मतमा अर्को शक्तिशाली कार्यदल, काे-काे परे ?
पौष १६ गते, २०७५ सोमवार 31st December, 2018 Mon१०:१३:२५ मा प्रकाशित
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले प्रदेश कमिटीको नामावली हेरफेर गर्नेदेखि जिल्ला एकीकरण र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्मको ठोस प्रस्ताव तयार पार्ने भएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गृहकार्य गर्न गत १२ पुसको स्थायी समिति बैठकले शक्तिशाली कार्यदल गठन गरेको हो । आजको नयाँ पत्रीकामा खबर छ – प्रदेश कमिटीको एकीकरणमा मापदण्ड पूर्ण रूपमा पालना नभएको, जिल्ला र जनसंगठनको एकीकरणमा ढिलाइ भएको भन्दै नेतृत्वको आलोचना भएपछि बैठकले पुस मसान्तभित्र एकीकरण सक्ने गरी प्रस्ताव तयार पार्न कार्यदल बनाएको हो ।
कार्यदलमा तीन समूहको प्रतिनिधित्व
९ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । यीमध्ये पौडेल, पोखरेल र महासेठ अध्यक्ष ओलीनिकट हुन् । थापा र भट्टले पूर्वमाओवादी समूहको प्रतिनिधित्व गर्छन् भने भट्टराई, भुसाल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट छन् ।
दश दिनभित्र एकीकरणको ठोस प्रस्ताव
कार्यदललाई कम्तीमा दश दिनभित्र एकीकरणको बाँकी कामको मापदण्ड र आधारसहित पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्न मिल्ने गरी ठोस प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘आजको दिनबाट पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्न मिल्ने गरी एकीकरणको प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘प्रदेश कमिटीहरूमा कति छन्, यसअघि तय गरिएको मापदण्डअनुसार नामावली छ कि छैन, कतिपय नाम परिवर्तन गर्न मिल्छ कि मिल्दैन, सबै हेरेर सुझाबसहितको प्रतिवेदन कार्यदलले बुझाउनेछ ।’ अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएपछि एकीकरणको ठोस प्रस्ताव सचिवालय हुँदै पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्ने नेकपाको तयारी छ । राजनीतिक प्रतिवेदन भने परिमार्जनसहित अध्यक्षद्वयले सचिवालयमा प्रस्तुत गरेपछि पास गर्ने तयारी छ ।
जिल्ला इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीको प्रस्ताव
कुन जिल्लामा कसलाई इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव बनाउनेसम्मको निश्चित मापदण्डका आधारमा प्रस्ताव तयार पार्नेसम्मको जिम्मेवारी कार्यदललाई तोकिएको छ । तत्कालीन एमाले र माओवादी दुवैतर्फको सन्तुलन मिल्ने गरी कार्यदलले प्रस्ताव बनाउनेछ । त्यस्तै, जनवर्गीय संगठनहरूको एकीकरण, पोलिटब्युरो गठनका सन्दर्भमा समेत सुझाब दिन सक्ने अधिकार कार्यदललाई दिइएको छ । ‘पोलिटब्युरो गठन गरेर मात्रै कार्यविभाजन गर्ने कि नगर्नेसम्बन्धी सुझाब पनि कार्यदलले दिन सक्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर, कार्यविभाजनको ठोस प्रस्तावका लागि स्थायी समितिअघि एकपटक सचिवालय बैठक बसेर छलफल पनि हुन सक्छ ।’
केन्द्रीय विभागको गृहकार्य पनि कार्यदलबाटै
कार्यदललाई केन्द्रीय विभागहरूको जिम्मेवारी बाँडफाँडसम्बन्धी गृहकार्यको समेत कार्यादेश रहेको कार्यदल सदस्य लेखराज भट्टले बताए । ‘जिल्ला र जनसंगठनको एकीकरणसँगै केन्द्रीय विभागहरूको जिम्मेवारी बाँडफाँडसम्बन्धी प्रस्ताव पनि कार्यदलले नै बनाउने हो,’ भट्टले भने, ‘पुस मसान्तभित्र सबै सक्ने भनिएकाले छिटो गृहकार्य गरेर अध्यक्षहरूलाई सुझाबसहितको प्रतिवेदन बुझाउँछौँ ।’
एकीकरण अल्झिएपछि चौथो कार्यदल
केन्द्रीय कमिटी एकीकरण सम्पन्न भएको सात महिनासम्म जिल्ला, जनसंगठन र स्थानीय तहसम्म एकीकरण अल्झिएको छ । एकीकरणका लागि असारयता मात्र चार तहको कार्यदल बनिसकेको छ । पहिलो चरणमा तत्कालीन एमाले र माओवादीका स्थायी समिति तहका प्रदेश संयोजक प्रमुख रहने गरी कार्यदल बनेको थियो । त्यो कार्यदलले भदौ पहिलो साताभित्र कुन जिल्लाको नेतृत्व कसले लिने (तत्कालीन एमाले र माओवादी) टुंगो लगाएर सम्भावित अध्यक्ष र सचिवसहित सदस्यहरूको नाम सिफारिस गरेको थियो । उक्त कार्यदलले प्रदेश कमिटीमा रहने नामावली पनि सिफारिस गरेको थियो । त्यसबाहेक प्रदेश तहको कार्यदलअन्तर्गत जिल्लाहरूमा पनि दुवै पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षसहितका पदाधिकारी रहेको छुट्टै कार्यदल बनाइएको थियो ।
जनसंगठनहरू एकीकरणका लागि पनि छुट्टाछुट्टै कार्यदल बने पनि कुन संगठनको नेतृत्व तत्कालीन एमाले र माओवादीमध्ये कसले लिने ठोस टुंगो नलगाई एकीकृत जनसंगठनको नाम र संख्यासहित नामावली मात्र नेकपाको सचिवालयमा पेस भयो । त्यसपछि ठोस प्रस्ताव तयार पार्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको अर्को कार्यदल बन्यो । तैपनि एकीकरणको बाँकी कामको ठोस प्रस्ताव सचिवालय र स्थायी समितिमा पेस नभएपछि नेकपाभित्र असन्तुष्टि चुलियो । एकीकरणको काम र कार्यविभाजनमा ढिलाइबारे गत २९ मंसिरबाट १२ पुससम्म चलेको स्थायी समितिमा धेरै नेताले असन्तुष्टि पोखे । मापदण्डका आधारमा मात्र एकीकरण टुंग्याउनुपर्ने अधिकांशको मत रहेपछि अन्ततः पुस मसान्तभित्र सबै टुंगो लगाउन अर्को शक्तिशाली कार्यदल बनाइएको छ ।
कार्यदलबारे प्रचण्ड र नेपालको साझा मत
पार्टी एकताको बा“की काम मापदण्डका आधारमा छिटो सम्पन्न गर्ने, अध्यक्षको प्रतिवेदनमा स्थायी समितिका सदस्यहरूको सुझाब समेटेर परिमार्जन गर्ने विषयमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एकै ठाउँ उभिएका छन् । बैठकको समापनका क्रममा प्रचण्डले एकीकरणको बाँकी काम सम्पन्न गर्न शक्तिशाली कार्यदलको प्रस्ताव गरेलगत्तै नेपालले कार्यदलको कार्यादेश सूत्रबद्ध रूपमा बैठकमा प्रस्ताव गरेका थिए । ‘अध्यक्ष प्रचण्डले कार्यदल बनाउने प्रस्ताव गर्नुभयो, त्यसमा माधव नेपालले कार्यदलको कार्यक्षेत्र कसरी राख्ने भन्ने सन्दर्भमा सूत्रबद्ध व्याख्या गर्नुभयो,’ नेता योगेश भट्टराईले भने ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: