Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

आधा पढेरै परीक्षा

विद्यार्थीलाई ट्युशन अनिवार्य कालिकोट । कालिकोट पाखाका सन्तोष मल्ल सुर्खेत झरेको एक महिना भयो। कक्षा १० मा पढ्ने उनी एसईई तयारी गर्न यहाँ आएका हुन्। परीक्षामा राम्रो अंक ल्याउने उनको सपना छ। घरको आर्थिक अवस्था खासै गतिलो छैन। तर, ऋणसापटी गरेर उनी आएका छन्। ‘कालिकोटमा ट्युसन पढ्ने ठाउँ छैन,’ सन्तोष भन्छन्, ‘जति खर्च भएपनि राम्रो नम्बर ल्याउन त ट्युसन नपढी सुखै छैन।’ अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ - एसईई परीक्षा आउन दुई महिनामात्रै बाँकी छ। सुर्खेतमा मात्र होइन, कर्णाली प्रदेशका सहरबजारमा खचाखच विद्यार्थी छन्। ट्युसन नपढी राम्रो नतिजा ल्याउन सम्भव नहुने भएकाले उनीहरु सहर पसेका हुन्। गाउँका अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर छ। तर सहरको ट्युसन सेन्टर धाउनु उनीहरुका लागि अनिवार्य नै भएको छ। ट्युसनको लहर देखासिकीजस्तो लाग्न सक्छ। तर, यो ग्रामीण क्षेत्रका विद्यार्थीको बाध्यता हो। ‘स्कुलमा राम्रोसँग पढाइ नै हुँदैन। पढाइ नियमित नहुँदा कोर्स सकिँदैन,’ सन्तोष भन्छन्,। उनले जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी ट्युसनका लागि झरेको मल्लले बताए। कर्णालीका लगभग सबै सामुदायिक स्कुलमा पाठ्यक्रम पूरा पढाइँदैन। त्यसैले विद्यार्थी ट्युसनमा महंगो शुल्क तिर्न बाध्य छन्। डोल्पाकी देविका रोकाया पनि एक महिनादेखि सदरमुकाम दुनैमा बसेर ट्युसन पढिरहेकी छन्। ‘हुने खानेहरु सुर्खेत, नेपालगन्ज गएर पढ्छन्, हामी यहीँ सदरमुकाममै डेरा लिएर बस्छाँै,’ उनले भनिन्, ‘सरहरुले कहिल्यै पूरा किताब पढाउनुहुन्न। बचेको कोर्स ट्युसनमा पढौंला भन्नुहुन्छ।’ कर्णालीका सबै विद्यार्थीका लागि तीन विषयको अतिरिक्त कक्षा अनिवार्य नै हो। सुर्खेत सदरमुकामभित्रका विद्यालयमै अतिरिक्त कक्षा संचालन भएपनि ग्रामीण क्षेत्र र अन्य जिल्लामा ट्युसन कक्षा लिएर विद्यार्थीले पढाइको कमी पूरा गर्छन्। कर्णालीका स्कुलमा कोर्स पूरा पढाइँदैन। त्यसैले कोही सहर पसेर ट्युसन पढ्न बाध्य छन् भने कोही आधा पढेरै जाँच दिन। अंग्रेजी, गणित र विज्ञान विषय पढाउने शिक्षक अधिकांश बाहिरी जिल्लाका छन्। विभिन्न विदामा घर जाने र नफर्कनाले तोकिएको समयमा पढाइ हुँदैन। सदरमुकाममा ट्युसन सेन्टर खोल्ने शिक्षक पनि तिनै हुन्। त्यसैले तिनले स्कुलमा राम्ररी नपढाउने नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए। ‘आफ्ना छोराछोरीलाई निजीमा पढाउँछन्। आफू राजनीतिक दलका झोला बोकेर हिँड्छन्’ उनले भने, ‘उनीहरुलाई अरुको भविष्यको चिन्ता किन हुन्थ्यो ? पैसा कमाउनकै लागि बजारमा पसल थापेजसरी ट्युसन सेन्टर खोलेका छन्, स्थानीय निकायले यसबारेमा सोच्नुपर्छ।’ आधा नपढी जाँच दिन्छन् गरिबका छोराछोरी खर्च जुटाउन सक्नेहरु ट्युसन पढ्छन्। गरिबका छोराछोरी स्कुलमा आधा पाठ्यक्र पढेकै भरमा जाँच दिन बाध्य छन्। पाठ्यक्रम नसकेकोमा हालसम्म विद्यार्थी वा अभिभावकले विरोध गरेका छैनन्। ‘कतिपय विद्यार्थीले कोर्स पूरा गर्ने र सिक्ने भन्दा कसरी पास हुने भन्नेमै ध्यान दिएका हुन्छन्,’ जाजरकोटका नागरिक अगुवा राजेन्द्रविक्रम शाह भन्छन्, ‘शिक्षकको विरोध गरे एसईईमा सहयोग नगर्लान् भन्ने चिन्ता हुन्छ।’ अभिभावकलाई पनि छोराछोरी कसरी पास गराउने भन्ने ध्याउन्न हुने उनको भनाइ छ। ‘जिल्लाका धेरैजसो शिक्षक राम्ररी नपढाउने तर एसईईमा चिट चोराउन मरिहत्ते गर्छन्,’ उनले थपे, ‘जाँचमा चिटको प्रबन्ध गरिदिए शिक्षकले नपढाएपनि क्षम्य हुन्छ।’ विरोध गरे असहयोगको धम्की स्कुलमा पढाइ नभएकै कारण छोराछोरीलाई ट्युसन पठाउनुपरेको जुनिचाँदे–१० नेटाका अभिभावक हस्तबहादुर बस्नेतको गुनासो छ। हस्तबहादुरका छोराछोरी महेन्द्र मावि कोर्तांगमा पढ्छन्। ‘स्कुलमा नियमित पढाइ हुनुपर्‍यो भन्दा उल्टै एसईईमा असहयोग गर्ने धम्की दिन्छन्,’ उनले भने ‘गणित, विज्ञान र अंग्रेजीको कोर्स आधा पनि पूरा भएको हुँदैन। विद्यार्थी पनि यिनै विषयमा कमजोर छन्।’ पढ्ने बेला विद्यार्थीले ध्यान नदिने र शिक्षकले पनि लापरवाही गर्छन्। तर, परीक्षमा चिट चोराउन केन्द्रबाहिर शिक्षक र अभिभावकको भीड लाग्छ, तँछाडमछाड हुन्छ। दुई वर्षअघि अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारमा आफ्नो विरोध गरेको भन्दै जुम्लाको हाँकुमा रहेको नेत्रज्योति मावि हाँकुका केही विद्यार्थीलाई शिक्षकले प्रयोगात्मक विषयमा नम्बर कम दिएको पाइएको छ। अब्बल विद्यार्थी प्रेम अत्री, पुरीचन्द्र गौतम लगायतले विद्यार्थीले पाठ्यक्रम पूरा नभएको भन्दै मिडियामा बोलेपछि उनीहरुलाई अन्यभन्दा कम नम्बर दिइयो। त्यही कारणले जनज्योति माविका लक्ष्मण देवकोटालाई सिन कम नम्बर दिइएको थियो। हिमाली जिल्ला दुर्गम ठाउँका स्कुल त वर्षमा तीन महिना पनि खुल्दैनन्। कतै शिक्षक नभएको त कतै अन्य बहानामा निश्चित अवधिसम्म पढाइ हुँदैन। विद्यालयमा आवश्यक दरबन्दी पनि हुँदैन। त्यसैले विषयगत शिक्षकको अभाव हुने र पाठ्यक्रम पूरा गर्न समस्या हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख सुदिनराज अधिकारीले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy