Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

गौशालाको चार स्थानमा आगलागी, करीब नौ लाखको क्षति

गौशाला। महोत्तरी जिल्लाको चार स्थानमा गए राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करीब रु नौ लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गाहा नगरपालिका–६ हतिसर्वा बस्ने उमेशप्रसाद यादवले लगाएको दुई बिघा क्षेत्रफलको उखु खेतमा अचानक आगलागी हुँदा रु आठ लाख मुल्य बराबरको क्षति भएको छ । पीडित उखु किसान यादवका अनुसार कसैले रिसइबीका कारण आगजनी गरिदिएको हो । त्यस्तै जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने रामबहादुर सहनीको पोखरीको डिलमा रहेको पानी तान्ने मोटर घरमा विद्युत् सर्ट भई आगलागी हुँदा मोटरघर र मोटरसमेत जलेर रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी सोनमा गाउँपालिका–४ बस्ने रामकिशोर साहको दुई परालको कुन्यूमा आगलागी हुँदा रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको गौशाला नगरपालिका–२ निगौल बस्ने शेष कलामको घर नजिकै रहेको दुई बिघा खेतको परालमा आगलागी हुँदा करीब ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अवैध सामान बरामद भारतबाट भन्सार छली ल्याइएको अवैध सामान गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ गैँढाभेटपुरस्थित बाटोमा भारतबाट आएको ज१०प ८२०५ नंको मोटरसाइकलमा भन्सार छली ल्याइएको १० प्याकेट राजनिवास गुटखा, चार प्याकेट शिखर गुटखा, चार प्याकेट तुलसी पान मसाला र १० प्याकेट चकलेट प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए । भन्सार छली भारतबाट ल्याएका सबै सामान प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकल र चालकलाई छाडेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy