Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बिदाले नचिनेको यो विद्यालय

बागलुङ। अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ । आफन्त भेट्न, घुम्न र अरु व्यक्तिगत कामको लागि सघाउने रातो मसिले लेखिएको भित्तेपात्रोको मितिले बागलुङको एक विद्यालयका शिक्षक विद्यार्थीलाई भने चिनेको छैन । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राममा रहेको धारा माध्यमिक विद्यालयमा बिदाको दिन पनि पठनपाठन हुने गरेको छ । शनिबार, दशैँ, तिहार तथा शहीद दिवसबाहेक धारा माविमा सधैँ कक्षा सञ्चालन हुँदै आएको छ । सरकारले दिएको सार्वजनिक बिदा मात्रै होइन विद्यालयले लिन पाउने स्थानीय बिदासमेत शिक्षक विद्यार्थीले लिन पाउँदैनन् । ४५ दिन लामो वर्षे बिदा लिन पाउने व्यवस्था भए पनि धारा माविमा एक दिन पनि बिदा हुँदैन । विद्यालयले केही वर्ष पहिलेदेखि नै सार्वजनिक बिदाको समयमा समेत नियमित पठनपाठन गराउँदै आएको प्रधानाध्यापक मित्र ढकालले बताए । विद्यालयमा हुने नियमित पठनपाठनका कारण शिक्षकले आपत्कालीन अवस्थामा बाहेक बिदा बस्न पाउँदैनन् । विद्यालयले बनाएको नियममा शिक्षक विद्यार्थी भने खुशी छन् । “बिदा हुँदा विद्यार्थी खोला, भिर पहरा तथा रुखमा खेल्न जाने र दुर्घटना हुने गरेका उदाहरण हामीसँग छन्” प्रअ ढकालले भने “हाम्रोमा नियमित पठनपाठन हुँदा त्यो समस्या छैन ।” विद्यालयले वर्षे बिदाका १५ दिन र अन्य सार्वजनिक बिदाको समयमा पठनपाठन गराउनका लागि शिक्षकसँग सहयोग माग्ने गरेको छ । वर्षे बिदाको एक महीना भने अतिरिक्त तलबको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । “हामीलाई अप्ठ्यारो परेको बेला विद्यालयले बिदा आफैँ दिन्छ, साथीहरुको बीचमा मिलेर कक्षा चलाउने गरेका छौँ” शिक्षक भीमबहादुर विकले भने, “अरु बेला पठनपाठनमा सहभागी हुनु आफ्नो कर्तव्य सम्झेका छौँ ।” विद्यालयले बिदाको दिन पढाउने शिक्षकको इच्छाशक्तिको आधारमा बीमा गरिदिने सहुलियत पनि दिएको विकले बताए । बिदाको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीले जिल्ला तथा राष्ट्रियस्तरमा हुने परीक्षामा राम्रो नतिजा ल्याउने वातावरण बनेको विद्यालयले जनाएको छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा एसइई परीक्षा र कक्षा १२ को परीक्षामा सहभागी हुने एकाध अपवादबाहेक सबै विद्यार्थीले राम्रो नतिजा हासिल गरेको विद्यालयले दाबी गर्दै आएको छ । २०७३ सालमा एसइई परीक्षामा जिल्लामा नै सर्वोत्कृष्ट नतिजा ल्याएको विद्यालयले त्यसपछिका परीक्षामा पनि ८० प्रतिशतभन्दा माथिको नतिजा हात पारिरहेको छ । केही विद्यार्थीले सार्वजनिक बिदाका दिनसमेत पठनपाठन हुने भएका कारण विद्यालयनै छोडेको अनुभव विद्यालयसँग छ । अघिल्लो वर्ष चार जना विद्यार्थीले बिदा लिन नपाएको भन्दै अर्को विद्यालयमा जान लब्धाङ्क पत्र माग्न आएको प्रअ ढकालले सुनाए। यो वर्ष पनि एक जना विद्यार्थीले बिदा बस्न नपाएको झोकमा विद्यालय नै परिवर्तन गरेका छन् । सरकारले बिदा घटाएर वर्षमा १५ दिन सार्वजनिक बिदा दिएको छ । यो बिदा सरकारी सबै कार्यालयमा लागू हुने बिदा हो । जिल्लाका अन्य सामुदायिक विद्यालय हेर्ने हो भने अन्य सरकारी कार्यालयको भन्दा निकै धेरै बिदा हुने गरेको पाइन्छ तर धारा माविमा भने सरकारले तोकेका १५ दिनमध्ये दशैँमा पाँच दिन र तिहारमा तीन दिनबाहेक शहीद दिवसको दिन मात्रै बिदा हुन्छ बाँकी सबै बिदाको दिन पठनपाठन हुने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण पुनले बताए । विद्यालयमा १७ जना शिक्षकले ३२० जना विद्यार्थीलाई पठनपाठन गराउँदै आएका छन् । प्रावि तहको मात्रै स्थायी अनुमति पाएको विद्यालयमा आधारभूत र माध्यमिक तह भने अस्थायी अनुमतिकै आधारमा चल्दै आएको छ । पाँच जना स्थायी शिक्षक, आठ जना राहत कोटाका शिक्षक र बाँकी चार जना निजी स्रोतका शिक्षक राखेर पठनपाठन हुँदै आएको छ । कक्षा १ देखि १० सम्म सबै कक्षामा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने यो विद्यालयमा कुनै निजी विद्यालयको भन्दा कम नरहेको स्थानीय अभिभावक विष्णु कँडेलले बताए । कक्षा शिक्षकलाई मोबाइल खर्च विद्यार्थीलाई नियमित पठनपाठनमा सहभागी गराउनका लागि विद्यालयले कक्षा शिक्षकलाई अभिभावकसँग नियमित सम्पर्कमा रहन भनेको छ । कुनै दिन विद्यार्थी विद्यालय उपस्थित नभएमा कक्षा शिक्षकले नै अभिभावकलाई सम्पर्क गर्ने र विद्यार्थी अनुपस्थित हुनुका कारणबारे जानकारी लिने गरेको प्रअ मित्र ढकालले बताए । कक्षा शिक्षकलाई अभिभावक सम्पर्क खर्चका लागि मासिक रु ५०० खर्च विद्यालयले उपलब्ध गराउँदै आएको छ । विद्यार्थीले बहानाबाजी गरेर घरबाट विद्यालय हिँड्ने र विद्यालयमा उपस्थित नभई खेल्न गएको खण्डमा अभिभावकसँग सम्पर्क गर्दा जानकारी लिन सजिलो हुने गरेको उनले बताए । विद्यालयमा विद्यार्थीलाई केही समस्या आइपरेमा पनि कक्षा शिक्षकमार्फत अभिभावकलाई सम्पर्क गर्ने गरिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy