Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

विभेद गरिए पनि किन उजुरी गर्दैनन् दलित ?

डडेल्धुरा।  डडेल्धुरा जिल्लामा पहिले भन्दा जातीय विभेदका घटना वृद्धि हुँदै आएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ग्रामीण क्षेत्रका दलित समुदायमा दैनिकजसो विभेदको घटना भए पनि खुलेरै सम्बन्धित निकायमा उजुरी गर्ने आँट गर्न नसक्दा यस्ता घटनाले प्रश्चय पाइरहेको हो । वर्षौदेखि ठूलो जातका अधिनमा बसेका दलित छुवाछुत विरुद्धका कुरा उठाए गाउँ नै छोडी जनुपर्ने समस्याले पनि जिल्लामा विभेदका घट्ना बाहिर आउन नसकेको दलित अगुवाहरुको भनाइ छ । पिउने पानी तथा मसानघाट र ग्रामीणस्तरका होटलमा समेत अहिलेसम्म सँगै बस्न, खान र काम गर्नसमेत आफूहरू बञ्चित हुँदै आएको उनीहरूको गुनासो छ । विभेद अन्त्य गर्न समुदायमा सचेतना बढाउनाका साथै दलितको क्षमता विकासमा समेत ध्यान दिनु जरुरी रहेको दलित अगुवा लक्ष्मी कामीकोे भनाइ छ । नेपाललाई जातीय छुवाछुमुक्त राष्ट्र घोषण भएको १२ वर्ष पूरा भइसक्दा र जातीय भेदभाव कसूर ऐन २०६८ परित भई कार्यन्वयनमा आइसकेको छ तर पनि यस्ता घटनामा केही कमी आएपनि यूनिकरण भने हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर केसी बताउछन् । उनका अनुसार जिल्लामा २०६४ साल यता सात जातीय भेदभाव सम्बन्धी केही उजूरी दर्ता भए पनि एउटै मात्र मुद्दा अदालतसम्म पुगी फैसला भएको छ । तीन वर्षयता जातीय छुवाछुतको उजुरी उक्त कार्यालयमा परेको छैन । सदरमुकाममा केही परिर्वतन भएपनि ग्रामीण क्षेत्रमा भने छुवाछुत यथावत रहेको र यस्ता विवाद ग्रामीण क्षेत्रमै मिलाइने तथा लुकाए राखिने गरेको नेकपाका दलित नेता सोनलाल दमाइँ (सुन्दर)बताउछन् । यसैगरी नेपाली काङ्गे्रस भातृ सङ्गठन नेपाल दलित सङ्घ डडेल्धुराका जिल्ला अध्यक्ष सन्तोष जैरु छुवाछुतमुक्त राष्ट्र घोषणा भए पनि जहिलेसम्म दलित समुदाय आर्थिक अवस्थाबाट माथि उठ्न सक्दैनन् तवसम्म विभेद कायमै हुने उल्लेख गर्छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy