Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कर्मचारी अध्यादेश संशोधन माग गर्दै मन्त्रालय घेराउ

काठमाडौँ। सरकारी चिकित्सक सङ्घ (गोदान)ले आफ्ना विभिन्न माग पूरा गराउन दबाब दिने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल घेराउ गरेको छ । कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्ति लगायतका विभिन्न विषयमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई गत हप्ता भेट गरी गोदानले ध्यानाकर्षण गराएको थियो । गोदानका पदाधिकारीलगायत सदस्यले आफ्ना माग पूरा गराउन आज तीन घण्टा मन्त्रालय घेराउ गरेको अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिए। गोदानले सरकारी चिकित्सकलाई समयानुकूल तलब÷भत्ता वृद्धि, अस्पतालको भौतिक पूर्वाधार विस्तार, उपकरण र औजारको व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता गर्न माग राखेको छ । अन्य मागमा प्रदेश÷स्थानीय निकायमा समायोजन हुने चिकित्सकहरूको सेवासुविधा, सुरक्षा, सरुवा, बढुवालगायत वृत्तिविकास सुनिश्चित भएर मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने, समायोजनलाई अनिवार्यभन्दा स्वेच्छिक बनाउँदै समायोजन हुँदा एक तह स्तरवृद्धि गर्नुपर्ने, प्रदेश÷स्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउनसक्ने प्रावधान मिलाउन भनिएको छ । प्रदेशअन्तर्गतका सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवाका वरिष्ठ चिकित्सक÷स्वास्थ्यकर्मीमध्येबाट सचिव नियुक्ति गरिने प्रावधान ल्याउन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवा समूहबाट नियुक्ति गर्न, एघारौँ तहका स्वास्थ्यका कर्मचारीलाई निजामतिसरह प्रशासनसम्बन्धी तालीम दिई अन्य प्राविधिक निकायसरह जुनसुकै मन्त्रालयको सचिव हुनसक्ने व्यवस्था गर्न, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०मा छिटो पदाधिकारी नियुक्ति गर्न, सबै स्वास्थ्य प्रतिष्ठानहरूलाई व्यवस्थित गर्न साझा छाता ऐन ल्याउनसमेत गोदानले माग गरेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending