काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईले बञ्चरेडाँडा फोहर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताए।
महानगरपालिकाले वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन अघि बढाएको छ । प्रमुख राईका अनुसार, स्रोतमै फोहर व्यवस्थापनपछि हाल कामपाबाट दैनिक १५ ट्रक मात्रै फोहर बञ्चरेडाँडामा लगिँदै गरिएको छ । यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक २० ट्रकसम्म फोहर पठाइने गरिएको थियो ।
महानगरपालिकाभित्र सात क्षेत्रबाट दैनिक रुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु भएपछि करिब तीन दशमलव १९ मेट्रिक टन फोहर घटेको उहाँले बताउनुभयो । प्रमुख राईले भन्नुभयो, “सहरभित्रको फोहरको स्रोत वर्गीकरण गरी ढुवानीमा सहज तुल्याउन र अन्तिम व्यवस्थापनमा मात्रा घटाउनकै लागि वर्गीकरण गरिएको हो ।”
घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न पनि महानगरपालिकाले सात क्षेत्र वर्गीकरण गरी वैज्ञानिक विधि अपनाइने जनाएको छ । फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइ वर्गीकरणबाट फोहरको मात्रा घटाउने, पुन:प्रयोग गर्ने र विसर्जन गर्न क्षेत्रगत आधारमा व्यवस्थापन गर्ने कार्य अघि बढाइएको हो ।
सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरी वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन र ढुवानी गर्ने कार्यविधि जारी गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १३:१३
युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...
आषाढ़ १९ गते, २०८३ - १२:५३
बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...
आषाढ़ १९ गते, २०८३ - १२:०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ । कामपा वाताव...
आषाढ़ १९ गते, २०८३ - ११:५३
काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...
आषाढ़ १९ गते, २०८३ - ११:३५
क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...
आषाढ़ १९ गते, २०८३ - ११:२७
मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
आषाढ़ १९ गते, २०८३ - ११:१२
काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...
आषाढ़ १९ गते, २०८३ - १०:५२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...
आषाढ़ १९ गते, २०८३ - १०:४३
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...
आषाढ़ १९ गते, २०८३ - १०:३६
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...



प्रतिकृया लेख्नुहोस्: