Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

समितिले भन्यो, ‘सुधीर बस्नेतलाई ऋण नदेउ'

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेण्टल को–अपरेटिभका प्रमुख सुधीर बस्नेतलाई कुनै पनि प्रकारको ऋण तथा आर्थिक सहयोग नदिन आग्रह गरेको छ । समितिले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यक्ति वा कुनै पनि सङ्घसंस्थालाई आर्थिक सहयोग नगर्न तथा नगराउन आग्रह गरेको हो । पछिल्लो समयमा समितिलाई अटेर गर्दै बस्नेत र उहाँको समूहले पुनः रकम उठाउन थालेको भन्ने जानकारी आएपछि त्यस्तो सूचना गरिएको आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए । बस्नेतले कोहिनुर हिल हाउजिङ कम्पनी समेतमा सूचना प्रकाशित गरी पुनः रकम उपलब्ध गराउन आग्रह गरेपछि समितिले त्यस्तो सूचना प्रकाशित गरेको हो । भेगासिटीको समेत अध्यक्ष बस्नेत, भेगासिटी अपार्टमेण्ट उपभोक्ता समितिका पदाधिकारी, ओरेण्टल को–अपरेटिभ पीडितबीच २०७५ साल असार २५ गते एक समझदारी भएको थियो । सो समझदारी समितिलाई पनि जानकारी गराइएको थियो । तर अधुरो अवस्थामा रहेको उक्त अपार्टमेण्ट निर्माण गराउने सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी पेश गर्न असार २६ गते निर्देशन समितिले दिएको थियो । पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदासमेत हालसम्म सो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छैन । बस्नेत तथा कोहिनुर हिल हाउजिङ समेतका तर्फबाट भेगासिटी अर्पाटमेण्टका बुकिङकर्तालाई सम्झौता नवीकरण गर्ने तथा रकम बुझाउन भन्दै सूचना प्रकाशित गर्ने गरेको पाइएको अध्यक्ष सुवेदीको भनाइ छ । समितिबाट निर्माणाधीन अर्पाटमेण्टको दायित्व बढ्न तथा बढाउन, थप बुकिङ गर्न, बिक्री वितरण गर्न, कसैबाट ऋण लिन नपाउने शर्तमा मात्रै सहमति दिइएको भए पनि सहमतिको उल्लङ्घन गरी सहकारी ऐन, २०७४ बमोजिम पूर्वस्वीकृति नलिई अनाधिकृत तथा गैरकानूनी सूचना प्रकाशित गर्न थालेपछि समितिले बाध्य भएर उक्त सूचना प्रकाशित गर्नुपरेको अध्यक्ष सुवेदीको भनाइ छ । थप रकम माग गर्ने, अर्पाटमेण्ट बुकिङ गर्ने र सो कार्यका लागि समायोजन किस्ताको नाममा रकम उठाउने जस्ता कार्य बढ्दै गएको पाइएको समितिको भनाइ छ । अर्पाटमेण्ट बुकिङको नवीकरण, समायोजन, किस्ता रकम शुल्क, दस्तुरलगायत कुनै प्रकारका थप रकम नबुझ्न, नबुझाउन र थप बुकिङ नगर्न, नगराउनसमेत समितिले सरोकारवाला सबैको ध्यानकर्षण गराएको छ । बस्नेत आबद्ध ओरेण्टल को–अपरेटिभ तथा विभिन्न २२ परियोजनाको नाममा उठाइएको साँवा र ब्याजसहित हाल रु १५ अर्ब ३७ करोड ६५ लाख बराबरको रकम तिर्नुपर्ने देखिएको छ । त्यसमा बचतकर्ताको मात्रै रु चार अर्ब २७ करोड साँवा रहेको छ भने ब्याजबापत रु चार अर्ब २० करोड गरी कूल रु आठ अर्ब ४७ करोड रहेको छ । कूल छ हजार ९७६ जनाले रकम उठाइदिन भन्दै समितिसमक्ष निवेदन दिएका छन् । यसैगरी सहकारीका दुई लाख शेयर लगानीकर्तासमेत पीडित भएका छन् । रकम उठाइदिन भन्दै हालसम्म २०२ जना शेयर लगानीकर्ताले आवेदन दिएका छन् । बैंक तथा वित्तीय संस्थाको साँवा रु एक अर्ब सात करोड ८४ लाख र ब्याज रु ९० करोड ३१ लाख गरी रु एक अर्ब ९८ करोड १५ लाख रकम बस्नेतले तिर्नुपर्ने देखिएको छ । त्यसका लागि आठ जनाले हालसम्म निवेदन दिएका छन् । भेगासिटी अर्पाटमेण्टको रु ५६ करोड ४८ लाख, अर्पाटमेण्ट बुकिङकर्ताको रु दुई अर्ब ४५ करोड, ब्याज रु एक अर्ब ८२ करोड गरी कूल रु चार अर्ब ३६ करोड रकम डुबेको भन्दै ४६५ जनाले समितिमा आवेदन दिएका छन् । यस्तै ठूला करदाता कार्यालयलाई रु १९ करोड ३५ लाख बराबरको कर तथा राजश्व बुझाउन बाँकी रहेको छ । समितिले बस्नेत र उहाँसँग जोडिका आफन्त, कर्मचारी, तथा बैंक र वित्तीय संस्थामा रहेको रकम तथा अन्य आर्थिक कारोवारसँग जोडिएका सबै क्षेत्रको मसिनो गरी अध्ययन गरिरहेको समितिका सदस्य हुमाकान्त पन्थीको भनाइ छ । बस्नेतसँग जोडिएका सम्पत्ति बिक्री वितरण गर्ने, त्यसलाई ‘लिक्विडेशन’ गर्ने र पीडितको रकम उपलब्ध गराउने गरी आवश्यक तयारी गरिएको सदस्य पन्थीको भनाइ छ ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending