पार्टी एकता भएको सात महिना हुँदा पनि धुम्बाराही र पेरिसडाँडामा सांसदबाट दुईथरी लेबी
पौष २३ गते, २०७५ सोमवार 7th January, 2019 Mon१०:०४:०३ मा प्रकाशित
काठमाडाैं ।तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको सात महिना पुगिसकेको छ । तर, अहिलेसम्म पनि नेकपाका सांसदहरूले तत्कालीन पार्टीले तोकेको दरअनुसार लेबी बुझाउँदै आएका छन् । नेकपाले पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडाबाट लेबी उठाउने गरेको छ । पार्टी एकता भए पनि लेबीमा एकरूपता नहुँदा तत्कालीन एमालेका सांसदले धुम्बाराही र माओवादी केन्द्रका सांसदले पेरिसडाँडामा लेबी बुझाउने गरेका छन् ।
आजको नयाँपत्रीकामा खबर । गत वर्ष १० र २१ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्र तालमेल गरी निर्वाचनमा गए । निर्वाचनमा वाम गठबन्धनले बहुमत सिट जित्यो । निर्वाचनलगत्तै ३ जेठमा एमाले र माओवादीबीच एकता भई नेकपा गठन भयो । तर, पार्टी एकता भएको सात महिना पुगिसक्दा पनि दुवै दलले आ–आफ्नै ढंगले सांसदबाट लेबी उठाउँदै आएका छन् । प्रतिनिधिसभादेखि प्रदेश सभासम्म दुवै दलले फरक–फरक दर कायम गरी लेबी उठाउने गरेका हुन् ।
एमाले सांसदको लेबी १३ हजार र माओवादीको १२ हजार
तत्कालीन एमालेबाट प्रतिनिधिसभामा १२१ र राष्ट्रिय सभामा २७ गरी १४८ सांसद छन् । उनीहरूबाट मासिक १९ लाख २४ हजार रुपैयाँ लेबी संकलन हुँदै आएको छ । तत्कालीन माओवादी केन्द्रका प्रतिनिधिसभामा ५४ र राष्ट्रिय सभामा १२ गरी ६६ सांसद छन् । उनीहरूबाट मासिक सात लाख ९२ हजार लेबी उठ्ने गरेको छ । पार्टी एक भए पनि सांसदले बुझाउने लेबीमा एकरूपता छैन । तत्कालीन एमाले सांसदले मासिक १३ हजार र माओवादी सांसदले १२ हजार रुपैयाँ बुझाउँदै आएका छन् ।
दुवै पार्टीका क्रियाशील सदस्यको तथ्यांक अपडेट नभएकाले अप्ठेरो भएको नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । अहिले प्रतिनिधिसभा सदस्यले मासिक तलब ५५ हजार २३० रुपैयाँसहित एक स्वकीयसचिव, विभिन्न शीर्षकमा प्राप्त रकम गरी मासिक ८५ हजार रुपैयाँ बुझ्दै आएका छन् । एमालेले क्रियाशील सदस्य पाँच लाख र माओवादीले तीन लाख भएको दाबी गरेका छन् ।
पार्टी एकता गरेपछि लेबीमा एकरूपता गर्छौँ : श्रेष्ठ नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले पार्टी एकताले पूर्णता नपाएकाले फरक–फरक पार्टीको रूपमा लेबी उठाउँदै आएको बताए । ‘हामीले पार्टी एकतालाई पूर्णता दिन अझै सकेका छैनौँ,’ उनले भने, ‘पार्टी एकताको सम्पूर्ण काम गरेपछि सहमतिमा लेबी तोक्छौँ ।’ नेकपा केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले पार्टी तलसम्म एकता भई नसकेकाले पुरानै संरचनाअनुसार सांसद लेबी उठाउने गरेको बताए । संघमा प्रतिसांसद १२ हजार तोकिए पनि प्रदेशमा आ–आफ्नै ढंगले लेबी उठाउने गरेको बुढाथोकीले बताए ।
प्रदेशमा पनि लेबीमा एकरूपता छैन
सात प्रदेशमध्ये कतिपय प्रदेशले पार्टीलाई बुझाउने लेबी तोकेर उठाइरहेका छन् । केही प्रदेशले लेबीको विषयमा निर्णय अझै गरेका छैनन् । निर्णय गरेका प्रदेशहरूले धुम्बाराही र पेरिसडाँडामा पार्टीगत रूपमा मासिक ११ लाख ४६ हजार पाँच सय रूपैयाँ लेबी बुझाउने गरेका छन् ।
१ नम्बर प्रदेश : माओवादीले मासिक
६ हजार, एमालेको टुंगो छैन
१ नम्बर प्रदेशमा कुल ९३ जना सांसद छन् । प्रदेशमा एमालेबाट ५१ र माओवादीका १५ गरी ६६ सांसद छन् । यस प्रदेशका माओवादी सांसदले ६ हजार रुपैयाँ बुझाउँदै आएका छन् । एमालेले कति बुझाउने भन्ने विषयमा अझै निर्णय गरिनसकेको नेकपा नेता बलबहादुर साम्सोहाङले बताए । प्रदेश १ बाट माओवादीले पार्टीलाई मासिक ९० हजार रुपैयाँ बुझाउँदै आएको छ ।
२ नम्बर प्रदेश : लेबीको टुंगो छैन
प्रदेश २ मा कुल १०७ सांसद छन् । प्रदेश २ मा एमालेबाट २१ र माओवादीबाट ११ गरी ३२ जना सांसद निर्वाचित भएका थिए । माओवादी सांसदले मासिक १० हजार बुझाउने भने पनि निर्णय भएको छैन । एमाले सांसदले प्रतिसांसद तीन हजार रुपैयाँ बुझाउँदै आएका छन् । एमालेबाट मासिक ६३ हजार रुपैयाँ पार्टीले बुझ्दै आएको छ ।
३ नम्बर प्रदेश : एमाले तीन हजार,
माओवादी ६ हजार
प्रदेश ३ मा कुल १०९ सांसद छन् । प्रदेश सभामा एमालेबाट ५८ र माओवादीबाट २३ जना सांसद छन् । एमाले सांसदबाट मासिक तीन हजार लेबी काटिँदै आएको छ । माओवादीले भने मासिक ६ हजार रुपैयाँ उठाउने गरेको छ । दुवै पार्टीबाट लेबीका रूपमा मासिक तीन लाख १२ हजार उठ्दै आएको छ ।
गण्डकी प्रदेश : लेबीको
टुंगो लागेको छैन
गण्डकी प्रदेशमा कुल ६० सांसद छन् । एमालेबाट २७ र माओवादीबाट १२ गरी ३९ सांसद छन् । माओवादीले कति लिने भन्ने विषयमा लेबी नतोकेको सांसद आशा कोइरालाले बताइन् ।
५ नम्बर प्रदेश : संयुक्त रूपमा
पाँच हजार लेबी
५ नम्बर प्रदेशमा कुल ८७ सांसद छन् । प्रदेश सभामा एमालेबाट ४१ र माओवादीका २० गरी ६१ जना छन् । यो प्रदेशमा दुवै पार्टीले मासिक पाँच हजार रुपैयाँ लेबी उठाउँदै आएको सांसद इन्द्रजित थारूले बताए । मासिक रूपमा पार्टीले तीन लाख ५० हजार रुपैयाँ बुझ्दै आएको छ ।
कर्णाली प्रदेश : निर्णय नै भएको छैन
कर्णाली प्रदेशमा कुल ४० सांसद छन् । प्रदेश सभामा एमालेबाट २० र माओवादीका १३ गरी ३३ जना छन् । तर, दुवै पार्टीले कति लेबी बुझाउने विषयमा निर्णय गरेका छैनन् । पार्टी एक भइसकेकाले संयुक्त रूपमा लेबी उठाउने गरी निर्णय हुने सांसद ठम्मरबहादुर विष्टले बताए ।
सुदूरपश्चिम प्रदेश : लेबी साढे
आठ हजार पाँच सय
सुदूरपश्चिम प्रदेशमा कुल ५३ सांसद छन् । एमालेबाट २५ र माओवादीबाट १४ गरी ३९ जना सांसद छन् । पार्टी एक हुनुअघि एमालेका सांसदले १० हजार रुपैयाँ र माओवादीका सांसदले ६ हजार बुझाउँदै आएका थिए । अहिले समायोजन गरी प्रतिसांसद आठ हजार पाँच सय रुपैयाँ बुझाउँदै आएको सांसद वीरमान चौधरीले बताए । मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखले थप गरी पार्टीलाई लेबी बुझाउँदै आएका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: