Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

किन हुन्छ सवारी चालकमा उच्च रक्तचापको समस्या ?

दाङ । दाङमा सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । जिल्लाको तुलसीपुर– ३ राम्रीमा २३ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनापश्चात प्रहरीले थालेको सचेतना अभियानअन्तर्गत तुलसीपुरमा भएको चालकको स्वास्थ्य जाँचका क्रममा यस्तो समस्या देखिएको हो । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–४ गोठीखोलामा गरिएको स्वास्थ्य परीक्षणको प्रतिवेदनअनुसार ३६ चालकमा उच्च रक्तचापको समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसीले बताए । “चालकमा उच्च रक्तचाप देखिएको छ”, उनले भने, “चालकमा उच्च रक्तचाप देखिँदा उनीहरू आत्तिने र तीव्र गतिमा सवारी चलाउने गर्छन्, यसरी तीव्र गतिमा चलाउँदा दुर्घटनाको जोखिम बढ्छ ।” ती चालकको प्रतिक्रिया बुझ्दा दिउँसो र साँझ नियमित मादकपदार्थ सेवन गर्ने गरेको स्वाथ्यकर्मी माया घर्तीले बताए । “हामीले उच्च रक्तचाप हुनेसँग साँझ बिहान मादकपदार्थ सेवन गर्छन् रु भनी सोधेका थियौं”, उनले भने, “उनीहरूले साँझ र दिउँसो नियमित मादकपदार्थ सेवन गर्ने र नियमित मासु खाने गरेको प्रतिक्रिया दिएका थिए ।” नियमित मादकपदार्थ सेवन र मासु खाँदा उच्च रक्तचाप बढ्ने उनको भनाइ थियो । साथै सवारी चलाउँदा आत्तिने कारणले पनि उच्च रक्तचाप बढेको हुनसक्ने उनले बताए । साथै स्वास्थ्य परीक्षणका क्रममा तीनजनामा कम रक्तचाप भएको पाइएको ट्राफिक प्रमुख केसीले बताए । त्यस्तै सात जनाको आँखामा रङ थाहा नहुने समस्या देखिएको थियो । यसले पनि दुर्घटना बढाउने उनको भनाइ छ । एकसय ६० चालकमा गरिएको स्वास्थ्य परीक्षणमध्ये १४ जनामा चस्मा प्रयोग गर्नुपर्ने अवस्था देखापरेको छ । राम्री दुर्घटनापछि पछिल्लो समय प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियानलाई तीव्रता दिएको छ । यसअघि यसरी स्वास्थ्य परीक्षण नगरेको तुलसीपुरका अटो रिक्सा चालक मोहनलाल बोहराले बताए । “यसअघि हामीले यसरी स्वास्थ्य परीक्षण गरेका थिएनौँ”, उनले भने, “तर सवारी चलाउने व्यक्तिले समय समयमा यसरी नै सवारी जाँच गराउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।” आइतबार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–४ गोठीखोलामा चालकलाई निःशुल्करूपमा रक्तचाप र आँखा जाँच गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडा नं–४ समितिको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको संयोजनमा उक्त शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य चेकजाँचमा राप्ती अञ्चल अस्पताल तुलसीपुर र राप्ती आँखा अस्पताललगायतले सहयोग गरेका थिए । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शिविर सञ्चालन भएको हो । त्यस अवसरमा प्रदेश नं–५ का प्रहरी प्रमुख पिताम्बर अधिकारीले सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो अभियानलाई तीव्रता दिइएको बताए। साथै सबै चालकले नियमित स्वास्थ्य चेकजाँच गराउनुपर्ने उनको भनाइ छ । “पछिल्लो समय दाङमा ठूलाठूला सडक दुर्घटना भइरहेका छन्”, उनले भने, “यसैले हामीले सचेतना अभियानलाई निरन्तरता दिएका छौं ।”
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy