Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

किबी खेतीबाट पन्ध्र लाख आम्दानी

बनेपा। कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहनुभएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आएका छन् । रिसोर्ट सञ्चालन गर्ने सोच बनाएर २०५३ सालमा खरीद गरेको करीब २० रोपनी जग्गामा उहाँले १५ वर्षदेखि व्यावसायिक रुपमा किबीखेती गर्दै आएका छन् । “वर्षेनी आठ हजारदेखि १० हजार किलोसम्म किबी फल्छ,” उनले भने । कृषि अनुसन्धानकर्तासमेत रहेका पाण्डेले अन्य खेती गर्न धेरै कोशिस गरेपनि सफल हुनु भएन । “पहिला हलुवावेद र जापानी नास्पाती खेती पनि गरेँ, उत्पादन भएन,” उनले भने । अहिले उनको खेतमा चार सयको हाराहारीमा किबीको बोट छ । कामको चाप अनुसार कामदार राख्ने गरेको सञ्चालक पाण्डे बताउछन् । “वार्षिक रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी हुन्छ । लक्ष्य अनुसारको आम्दानी भइरहेको छ,” उनले भने, “बजार खोज्दै हिँड्नु परेको छैन, व्यापारी फार्ममै आउने गरेका छन् ।” काठमाडौँबाट समेत किबीको माग आउने गरेको छ । किबी प्रतिकिलो रु २५० सम्ममा बिक्री हुने गरेको छ । “फलको आकारअनुसार ग्रेडिङ गरिन्छ । त्यही अनुसार बिक्री हुन्छ,” पाण्डेले भने । उनले फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन् । किबीखेती गर्न उनले हालसम्म रु ८० लाखसम्म लगानी गर्नुभएको छ । किबीको एउटा बिरुवाको मूल्य रु तीन सय पर्छ । यसलाई असिना पानी र हावाहुरीबाट जोगाउनुपर्ने हुन्छ । “एक पटक लगाएको बोटले पचास वर्षसम्म फल दिन्छ,” पाण्डेले भने । एक हजार मिटरदेखि तीन हजार मिटरको उचाइसम्म किबीखेती गर्न सकिन्छ । जिल्लाको नाला, तेमाल, पनौतीको बेहावर, कोशीपारिको चौवासलगायत ठाउँमा पछिल्लो समयमा किबीको व्यावसायिक रुपमा खेती गरिँदै आएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending