काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्र आन्तरिक विवाद चर्किएको छ। असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसमिति भंग गर्न माग गरेको छ।
महामन्त्री धवलशमशेर राणा पक्षधरको आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो। अध्यक्ष लिङ्देनसमक्ष तीन बुँदे माग राख्दै निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न र केन्द्रीय महाधिवेशनको मिति एक साताभित्र घोषणा गर्न माग गरिएको छ।
बैठकले पछिल्लो निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी ‘सच्चिने कि सकिने’ भन्ने गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। ‘केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक राप्रपासँग अर्को उत्तम विकल्प छैन,’ निर्णयमा उल्लेख गरिएको छ। साथै, पार्टीको नियमित चारवर्षे कार्यकाल सकिएको र हाल अतिरिक्त अवधिमा रहेको पनि जनाइएको छ।
निर्वाचनअघि अध्यक्ष लिङ्देनले पार्टीलाई देशकै पहिलो शक्ति बनाउने दाबी गरेको स्मरण गराउँदै असन्तुष्ट पक्षले प्राप्त नतिजा नकारात्मक र निराशाजनक भएको टिप्पणी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...
श्रावण १७ गते, २०८३ - १३:१६
काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...
श्रावण १७ गते, २०८३ - १२:५२
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...
श्रावण १७ गते, २०८३ - १२:३८
काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
श्रावण १७ गते, २०८३ - १२:२७
तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...
श्रावण १७ गते, २०८३ - १२:१७
सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...
श्रावण १७ गते, २०८३ - ११:५२
काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...
श्रावण १७ गते, २०८३ - ११:४१
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी ...
श्रावण १७ गते, २०८३ - ११:०१
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...



प्रतिकृया लेख्नुहोस्: