Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कामपाको ‘पिक एण्ड ड्रप’प्रति यात्रुको आपत्ती

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमप्रति यात्रुको गुनासो छ । यही पुस १ गतेदेखि शुरु गरिएको उक्त कार्यक्रमले ट्राफिक जाम कम भएको कामपाले जनाए पनि यात्रुलाई चढ्न र ओर्लन असहज भएकाले उनीहरूले आपत्ति जनाएका हुन् । पहिलो चरणमा टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेटलगायत स्थानमा शुरु गरिएको उक्त कार्यक्रममा यात्रुलाई जानकारी नै नगराइ शुरु गरिएकाले पनि अन्योल छाएको हो । बालाजुबाट भद्रकालीस्थित एक कार्यालयमा काम गर्न आउने सीता शर्माले भने, “नियमित भद्रकाली झरेर कार्यालय आउँदा निकै सहज भएको र अहिले आरएनएसी कि जमलबाटै आउनुपरेकाले समस्या समस्या भएको छ ।” दुई हप्ता भयो यसरी उहाँ कार्यालय आउने र जाने गर्नुभएको घर फर्कंदा त झन समस्या भएको छ, जमलमा पनि गाडी रोक्दैन आरएनएसीमा पाइएन भने लैनचौर गएर चढ्नुपर्ने बाध्यता छ । यसअघि भृकुटीमण्डपबाटै यात्रु चढाउने र ओराल्ने गरिएकामा अहिले कामपाले त्यहा डोरी टागेर राखेको छ । न त गाडी रोक्न पाइन्छ न त यात्रु चढ्न र ओर्लन नै । भक्तपुरबाट दैनिक आवतजावत गर्दै आउनुभएका अर्का यात्रु सन्तोष पौडेलको पनि उही गुनासो थियो । पौडेलले भने, “नागरिकको सेवाका लागि यस किसिमको व्यवस्था गरिएको हो भने हामीलाई पहिलेकै व्यवस्था ठीक थियो । छोटो समयमा नै यातायातका साधन रोकी नागरिकलाई सेवा दिन सकिनेछ जसले गर्दा ट्राफिक जामको समस्या पनि कम हुन्छ ।” यता कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले अहिलेको व्यवस्थाले यातायात व्यवस्थापन निकै सहज भएकाले अन्य स्थानमा पनि उक्त व्यवस्था शुरु गर्न लागिएको बताए। गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने गरेको थियो तर अहिले यस्तो समस्या नभएको प्रवक्ता डङ्गोललले उल्लेख गरे । पहिलोपटक गरिएको कार्य भएकाले नागरिकलाई केही असहज भएको हो विस्तारै बानी पर्दै जान्छ सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा पर्खाइमा बसेका यात्रु, र पैदलयात्रुलाई समस्या हुनाका साथै वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको हो । कार्यक्रम प्रभावकारी हुँदा जमल, त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत स्थानमा सवारी जाम नभएको पनि महानगरको भनाइ छ । बनेपा, भक्तपुर, नागढुङ्गा र चोभार जाने लामो दूरीका बस धेरै नआँउदा र कामपाले एकै स्थानमा लामो समयसम्म रोक्न नदिँदा गाडी नै छुट्ने समस्या भएको छ । यसरी लामो दूरीका सवारी साधन चढने यात्रुका लागि ‘पिक एण्ड ड्रप’ कार्यक्रमले झन समस्या बनाएको छ । पूर्णरूपमा यस कार्यक्रम प्रभावकारी बनाउन महानगरले केही स्थानमा मात्रै नभै कामपाको अन्य स्थान र अरु नगरपालिका र महानगरको सहकार्यमा यस कार्यक्रमलाई काठमाडौँ उपत्यकाभरि नै फैलाउनुपर्ने पनि केही यात्रुको भनाइ थियो । हरेक दिन नागढुङ्गादेखि आएर न्यूरोडको एक कार्यालयमा काम गर्ने मञ्जु कँडेलले भने, “काठमाडौँमा सावारी साधन जाम हुने समस्या कम गर्ने हो भने केही स्थानमा मात्रै कार्यक्रम ल्याएर पुग्दैन, उपत्यकाभरि नै यस्ता कार्यक्रमलाई विस्तार गर्न आवश्यक छ ।” उनका अनुसार सबै स्थानमा व्यवस्थापन नहुने हो भने एक स्थानको समस्या अर्कै स्थानमा थुप्रर्ने गर्छ, अनि समस्या ज्यूँकात्युँ रहन्छ र नागरिकलाई समस्या हुने कँडेलले भने । काठमाडौँमा कलङ्की, बालाजुचोक, चाबहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर थापाथलीलगायत स्थानमा आवतजावत गर्दा नागरिकले सडक जामको समस्या भोग्नु नौलो होइन । सबै ठाउँमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन । कामपाले भौतिक पूर्वाधार निर्माणका लागि चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरेको थियो । गत साउनमै कामपाले स्थानान्तरण गर्न सकिने आकाशे पुल आठ स्थानमा निर्माण गर्ने जनाए पनि अहिलेसम्म निर्माणको कामसम्म शुरु भएको छैन । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending