Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका दुई हजार दुई सय ७ थान मुद्दा

काठमाडौँ। सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा अझै दुई हजार २०७ थान छन् । नेपालको संविधानले उक्त अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरे पनि पर्याप्त न्यायाधीश अभावका कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न सकेको छैन । सर्वोच्च अदालतमा जम्मा मुद्दा २२ हजार रहेकामा यही पुस १ गतेसम्म पाँच वर्ष नाघेका दुई हजार २०७ तथा तीन वर्ष नाघेका मुद्दा पाँच हजार ६०० छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसदीय सुनुवाइका क्रममा आफ्नो कार्यकालमा पुराना मुद्दालाई यथाशीघ्र फैसला गर्ने योजना बनाइएको जानकारी दिँदै भने, “कुन मुद्दा फछर्योट गर्न कति समय लाग्छ, त्यो हिसाबले मुद्दा फछ्र्योटलाई अनुमनयोग्य बनाएर पुराना मुद्दालाई जतिसक्दो छिटो फछर्योटमा मेरो ध्यानकेन्द्रित हुनेछ ।” उक्त अदालतमा नेपालको संविधान जारी हुनुभन्दा अगाडि प्रधानन्यायाधीशसहित १५ जना न्यायाधीश रहने व्यवस्था थियो । त्यस समयमा पनि कूल मुद्दा सङ्ख्या २२ हजारकै हाराहारीमा हुने गरेको थियो । न्यायाधीशको सङ्ख्या बढे पनि उत्साहजनक रुपमा मुद्दाको किनारा लगाउन सकेको पाइँदैन । प्रधानन्यायाधीश राणाले मुद्दाको विषयवस्तु, सङ्घीयतासम्बन्धी र राष्ट्रिय महत्वका विषयमा शीघ्र किनारा हुनेगरी मुद्दा निराकरण गरिने र त्यसमा वृद्धा, बालबालिका र बन्दीका मुद्दालाई प्राथमिकता दिइने कार्ययोजनामा उल्लेख छ । निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र यही पुस १७ गते र न्यायाधीश सारदाप्रसाद घिमिरेको पनि २२ गतेखेखि उमेरदका कारण अवकाश भएपछि उक्त अदालतमा प्रधानन्यायाधीशसहित १७ न्यायाधीश छन् । न्यायाधीशहरुको अवसकासपछि तत्काल पदपूर्ति नहुनाले पनि मुद्दा फैसला हुनसकेको छैन । अहिले चार न्यायाधीशको पद रिक्त छ । सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायका अनुसार रिक्त स्थानमा न्यायाधीशको पदपूर्ति तत्काल नहुँदा पनि मुद्दाको फैसलामा असर पर्ने गरेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending