Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उनले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला भएको जानकारी दिए । नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् । नागढुङ्गा–नौबीसे सुरुङमार्ग पनि जापान सरकारको सहयोगमा निर्माण हुने अर्को महत्वपूर्ण परियोजना हो । कृषि तथा मत्स्यपालनमा पनि जापानले नेपाललाई सघाउ पु¥याउँदै आएको छ । मन्त्री ज्ञवालीले भने, “भ्रमण समयमा दुवै देशका लगानीकर्तासँग भएको छलफलमा नेपाल राजनीतिक स्थायित्व कायम भई लगानीको चरणमा प्रवेश गरेको र लगानीको वातावरण बनिरहेका बारेमा जानकारी गराएको छु ।” सन् १९८३ पछि अमेरिकी सरकारको निमन्त्रणामा विदेशमन्त्रीको हैसियतले भ्रमणका अवसर पाउनुलाई सुखद् क्षणका रुपमा लिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ भएका विभिन्न भेटघाटमा अन्तरराष्ट्रिय, क्षेत्रीय र द्विपक्षीय हित र चासोका विषयमा गहन विचारविमर्श भएको जानकारी दिए । विगतमा नेपालबाट औलो उन्मूलन गर्ने कार्यमा विशेष योगदान पु¥याएको अमेरिकाले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न सहयोग पु¥याउने सन्दर्भमा नेपालमा विद्युत् प्रसारण लाइन विस्तार र सडक पूर्वाधार निर्माणका लागि पाँच वर्ष अवधिमा खर्च गरिसक्ने गरी ५० करोड डलर सहयोगको घोषणा गरिसकेको छ । नेपालमा उत्पादित ७७ प्रकारका उत्पादनलाई अमेरिकाले पैठारी भन्सार छुटको व्यवस्था गर्दै आएको छ । “अमेरिकालगायत मुलुकका लगानीकर्तामा नेपालप्रतिको आकर्षण बढ्दै गएको छ, यसलाई आर्थिक विकासमा कसरी लगाउन सकिन्छ भन्नेमा हामीबीच छलफल हुन आवश्यक छ”, मन्त्री ज्ञवालीले भने । पछिल्लो समय अमेरिका र नेपालबीच पर्यटक प्रवेशाज्ञामा आवतजावत गर्न नागरिका लागि प्रवेशाज्ञा शुल्कमा एकरुपता कायम गर्ने समझदारी भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको विद्युत् ग्रीड प्रयोग गरेर अन्य मुलुकमा पठाउन सकिने व्यवस्थाले दुई देशबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुग्ने उहाँले विश्वास व्यक्त गरे । पूर्ववर्ती सरकारले नियुक्त गरेकै कारण राजनीतिक आधारमा नभई कार्य जिम्मेवारी मूल्याङ्कनका आधारमा राजदूत फिर्ता बोलाउने निर्णय गरिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “राजदूतको मुख्य जिम्मेवारी र प्राथमिकता भनेको लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने तथा व्यापार वृद्धि हो, त्यसका लागि आर्थिक कूटनीति हाम्रो प्राथमिकता हो भन्ने पक्षलाई राजदूतले बुझ्न आवश्यक छ ।” कूटनीतिक मर्यादा कायम गर्ने सन्दर्भमा विदेशीलाई बढ्ता पहुँच भएको हो कि भन्ने पाटोलाई हेक्का राखेर भेटघाटलाई व्यवस्थित तुल्याउन र कूटनीतिक मर्यादाभित्र रहेर मात्र भेटघाट हुनुपर्छ भन्ने मान्यता अघि बढाउने अभ्यास गर्न लागिएको उनले बताए । समितिले कूटनीतिक सम्बन्ध र राजदूत नियुक्तिका सम्बन्धमा मन्त्री ज्ञवालीसँग जानकारी लिएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending