रोजगारीका लागि जापान जानेहरूले बुझ्नै पर्ने कुराहर के–के छन्?
पौष २४ गते, २०७५ मगलवार 8th January, 2019 Tue०९:४७:४३ मा प्रकाशित
काठमाडौं ।नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो।
आजको अन्नपुर्णमा खबर छ । यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा कामदार लैजाने प्रक्रियाका बारेमा छलफल भएको थियो। जापान रोजगारीका लागि जान आकांक्षीले आधारभूत जापानी भाषा जानेको र जापानी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा।नारायण रेग्मीका अनुसार जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने भएको छ।
जापानी प्राविधिक र नेपाली प्राविधिकको छलफलपश्चात उयपुक्त विधि, प्रक्रिया र संरचना तयार हुनेछ। प्रवक्ता रेग्मीले दुवै देशको पारस्परिक हित अनुकूल हुने गरी संरचना तयार हुने बताए। मन्त्रालय स्रोतका अनुसार यसअघि नै जापानले नेपाली कामदार लैजाने विषयमा अवधारणापत्र पठाइसकेको छ। उक्त अवधारणापत्रमाथि मन्त्रालयको सहसचिवको नेतृत्वको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ।
मन्त्री विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी र भरपर्दो बनाउने बताएका छन्। योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिश्पर्धाका आधारमा नेपाली कामदार छनोट गरी जापान पठाइने उनले जानकारी दिए। उनले जापान रोजगारका नाममा मध्यस्ता र बिचौलियाको पक्षमा आफूहरू नरहेको बताए।
राजदूत चागोंले विधि र प्रक्रियाबारे गृहकार्य गरिरहेको जानकारी दिए। नेपाली श्रमिकलाई पारदर्शी र प्रतिश्पर्धात्मक प्रक्रियाबाट कामदार लैजान जापान सरकारले पहल थालेको उनको भनाइ थियो। जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ। जापानले नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्यता व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिजस्ता १४ वटा क्षेत्रमा आप्रवासी कामदारका लागि खुला गरेको हो।
जापानले नेपाल, चीन, इण्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ। जापानले दोस्रो विश्वयुद्धपछि पहिलोपटक आप्रवासी कामदारलाई खुला गरेको। जापानमा ठूलो संख्याको जनशक्ति पाको उमेरका भएका कारण जापानमा भइरहेको जनशक्तिको अभाव कम गर्न विदेशी कामदार लैजान लागेको हो।
अहिले दक्षिण कोरिया र इजरायलमा मात्र सरकारी तहको संयन्त्रबाट कामदार पठाइन्छ। सरकारी संयन्त्रबाट पठाइएका कामदार तुलनात्मक रूपमा राम्रो सेवा सुविधा र सुरक्षित हुने गरेका छन्। इजरायलमा सरकारीस्तरबाट पठाइने भए पनि पछिल्लो समयमा इजरायल रोजगार बन्द छ।
जापानले बदमासी गर्ने दलालले चलखेल गर्न नसक्ने खालको प्रावधानसहित कडा छनोट प्रक्रिया प्रस्ताव गरेको बुझिएको छ।
जापान रोजगारीका नाममा केही म्यानपावर व्यवसायीले पत्रिकामै विज्ञापन गरी राहदानी संकलन र पैसा असुल्न थालेपछि वैदेशिक रोजगार विभागले सचेत गराएको छ। विभागका निर्देशक भोलानाथ गुरागाईले रोजगारी प्रक्रियामै रहेकाले कसैलाई पनि विश्वास गरी राहदानी दिन र पैसा बुझाउन नहुनेमा सचेत गराइएको जानकारी दिए। जापानले यसअघि जिट्को अन्तर्गत प्राविधिक प्रशिक्षार्थीका रूपमा आप्रवासी कामदार लैजाने गरेको थियो। तर, त्यो व्यावहारिक नभएपछि सफलता पाउन सकेन।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: