Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

चित्र आफैँ बोल्छ !

काठमाडौँ। अग्रज चित्रकार गेहेन्द्रमान अमात्य उपत्यकाका धार्मिक धरोहर एकै ठाउँमा देख्न पाउँदा खुशी भए । नेपालको सम्पदा तस्वीरमा देखेर उनले साँच्चै नै चित्रले एउटा भेग बोलेको महसुस गरे । “म अहिले भक्तपुर जान सक्तिनँ, तर ठिमीलगायतका दृश्य यहीँबाट नियाल्न पाएँ, यस्ता १५ ठाउँका धार्मिक सम्पदा देख्न पाएँ, चित्रले आफैँ बोलिरहेको छ”, सोमबार काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएका चित्र नियाल्दै अमात्यले भने । “फोटोग्राफीको आविष्कार नहुँदा पहिले हातैले चित्र बनाइन्थ्यो । त्यो बेला राजा–महाराजाको मुहार चित्र बढी कोरिन्थ्यो,” उनले भने । फोटोग्राफी आएपछि खिचिएका श्यामश्वेत चित्रलाई कलाकारले रङ भरेर आकर्षक बनाउन थालिएको हो । पछि हातैले चित्र कोर्ने कलाको विकास भएकोमा बीचमा हराएको थियो । अहिले फेरि दृश्य हेरेर चित्र बनाउने अभियान आएको भन्दै कलाक्षेत्र चलायमान भएकोमा उहाँले खुशी व्यक्त गरे । कला समीक्षक रमेश खनालले उपत्यकाका सम्पदा एकै ठाउँमा बसेर हेरे । “यस्ता दृश्यले लोभ्यायो, मन्दिर नै मन्दिरका दृश्य जीवन्त छन्, अब सामाजिक जीवनलाई पनि समेट्नुप¥यो”, खनालले सुझावसहित भने । चित्रकारले मात्रै होइन, आगन्तुक अन्य सर्वसाधारण र चित्र पारखी समेत उपत्यकाका धार्मिक र ऐतिहासिक क्षेत्रका सम्पदा देखेर दङ्ग परे । मन्दिरै–मन्दिरको शहर काठमाडौँका ऐतिहासिक तथा धार्मिक धरोहर घुम्न नपाएकालाई अझै महत्वपूर्ण अवसर बनेको थियो चित्रकला प्रदर्शनी । चित्रकारको स्वतःफूर्त समूहले ‘मोमेन्ट्स वीथ हेरिटेज’ नाम दिएर नेपाल कला परिषद्मा यही पुस १७ देखि सातदिने चित्रकला प्रदर्शन गरेका थिए । उपत्यकाका विभिन्न १५ स्थानका ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा समेटिएका ६६ चित्रकारका १६५ भन्दा बढी चित्र प्रदर्शनी गरिएको थियो । काठमाडौँ, भक्तपुर र पाटन दरबार स्क्वायर, स्वयम्भू, टेकु, गुहेश्वरी, चोभार, बुङ्मती, शङ्खमूल, ठिमी, चाँगुनारायण, खोकना, पुरानो गुहेश्वरी, चापागाउँको बज्रबाराही र बौधनाथ स्तुपाका सुन्दर दृश्य प्रदर्शनी गरिएको थियो । चित्रकारले करीब चार महीना लगाएर कोरेका सम्पदा र पुरातत्वका दृष्टिले अति महत्वपूर्ण मानिने लिच्छवीकालदेखिका कला–कौशल मन्दिर, स्तुपा र त्यस आसपासका सुन्दर दृश्य क्यानभासमा थिए । यी चित्र मङ्गलबारदेखि भने अनलाइन प्रदर्शनीमा राखिने भएको छ । चित्रकार दिवेश प्रधान र राकेशचन्द्र श्रेष्ठले गएको भदौ १६ गते काठमाडौँको हनुमानढोकाबाट शुरु गरेको ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’को १५औँ शृङ्खलासम्म कोरिएका चित्र यसमा समावेश गराइएको थियो । चित्रकारले फेसबुक समूह नै बनाएर चित्रकलामा सहभागी हुन आह्वान गरेका थिए भने मतदानको आधारमा स्थान छनोट गरेर हरेक शनिबार चित्र कोर्न पुग्ने गर्छन् । आगामी दिनमा भने एकै ठाउँमा लामो समयसम्म चित्र कोरेर निखारता ल्याउने सोच बनाएको भन्दै अभियानकर्मी दिवेश प्रधानले वर्षमा एक पटक ‘आर्ट क्याम्प’ नै आयोजना गर्ने घोषणासमेत गर्नुभएको छ । सोमबार कला परिषद्को प्रदर्शनी समापन र अनलाइन प्रदर्शनीको शुरुआतको घोषणा गर्दै आयोजकले सहभागी चित्रकार र सहयोगी सङ्घसंस्थालाई प्रमाणपत्रसमेत प्रदान गरेको थियो । स्थलगत चित्रकला कार्यशालाका अर्का अभियानकर्मी रामकृष्ण थापाले यो अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाए । नेपालमा लिच्छवीकालदेखि नै यसरी चित्र बनाउने चलन थियो । सन् १९७२ मा रामानन्द जोशीको नेतृत्वमा स्थलगत चित्रकला कार्यशाला भएको थियो । कला समीक्षक मुकेश मल्लले असीको दशकमा पुग्दा व्यापक भएको र पछि विस्तारै हराएको चित्रकला कार्यशाला अहिले आन्दोलनकै रुपमा आउनु नयाँ आयाम भएको धारणाा व्यक्त गरे । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending