Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लहान। लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त दासलाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरीले जनाएको छ । यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–१० स्थित धरमपुरमा स्थानीयवासीले बारीमा लगाएको करीब २०० बोट गाँजा फँडानी गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा करीब २६ हजार मूल्य बराबरको साडी कपडा बरामद गरेको छ । अग्निपीडित परिवारलाई राहत वितरण सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादवलगायतका पदाधिकारी पीडित परिवारको घरमै पुगेर कम्मल, त्रिपाललगायतका राहत सामग्री वितरण गरे। स्थानीयवासी रामेश्वर यादवको घरबाट सोमबार सल्किएको आगो फैलिएर आगलागी हुँदा उनको दुई घर र गोरु, भैँसी, बाख्रालगायत पशु चौपाया, अन्नबाली तथा छिमेकी विन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको थियो । आगलागी भएको घटना थाहा पाएलगत्तै गाउँपालिका अध्यक्षसहितका पदाधिकारी घटनास्थल पुगेको र पीडित परिवारकै आवश्यकताअनुसार तत्कालका लागि गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्मललगायतका समान उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेश्वरप्रसाद पटेलले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending