Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

घरेलु श्रमप्रति महिलाको गुनासो- पैसा छ तर सम्मान छैन

काठमाडौँ। आम्दानीको राम्रो सम्भावना हुँदाहुँदै ‘घरेलु श्रमिक’ लाई समाजले सम्मान गर्दैन । त्यही काममा विदेश जानेलाई राम्रो मान्ने भए पनि स्वदेशमा ‘अरुको घरमा काम गर्ने’ लाई सानो काम वा तल्लो तहको कामका रुपमा लिएको श्रमिकको गुनासो छ । छोराछोरी पाल्न अरु कुनै काम नपाएपछि सीता खत्रीले दुई दशक पहिले एउटा घरको घरायसी काम गर्न थालेकि थिइन्। श्रीमान्ले अर्को विवाह गरेपछि उनको काँधमा सन्तानको पालनपोषण र पढाउनुपर्ने जिम्मेवारी आइलाग्यो । के काम गर्ने कामको खोजीमा धेरै भौतारिन् तर केही काम पाइनन्। “काठमाडौँमा पढेका मान्छेले त काम पाउँदैनन्, हामी नपढेकाले के काम पाउनु छ र रु”, उनले भनिन् , “जुन घरमा बस्थेँ त्यहीँ घरका घरबेटीको घरमा खाना पकाएपछि भाडा तिर्न परेन र त्यहीबाट काम शुरु गरेँ ।” त्यतिबेला र अहिले घरेलु श्रमिकको अवस्थामा धेरै परिवर्तन आएको छ । पहिले धेरै काम गर्दा थोरै पारिश्रमिक थियो । अहिले खटिएर काम गर्न सक्नेले राम्रो कमाउने अवसर छ । काम शुरु गरेको लामो समयसम्म उहाँले रु १० हजारसम्म कमाउनै मुस्किल थियो । अहिले भने उहाँ मासिक रु २०÷२५ हजारसम्म कमाउनुहुन्छ । उनले भनिन्, “बिहान घरमै बस्छु, बिहानदेखि काम गरे अझै धेरै कमाइन्छ ।” काठमाडौँ उपत्यकामा कामकाजी महिलाको सङ्ख्या बढ्दै जाँदा घरेलु श्रमिकको आवश्यकता बढ्दो छ । अरु कामको अवसर नपाउँदा धेरैले अन्तिम उपायका रुपमा घरेलु श्रमलाई लिएका थिए । केही वर्षयता भने पारिश्रमिक बढ्दै जाँदा यो पेशा आकर्षक बन्दै छ । अशिक्षित मात्रै होइन ११, १२ र स्नातक अध्ययनरतले पढाइसँगै घरेलु श्रमिकका रुपमा काम गरिरहेका छन् । यो काम गरेरै मासिक रु ३० हजारसम्म कमाउने पनि छन् । घरेलु श्रमिक एक दशक पहिलेसम्म यो काममा पारिश्रमिक कम भएको गुनासो गर्थे । समयको परिवर्तनसँगै अहिले भने पारिश्रमिकभन्दा पनि उनीहरुको जोड कामप्रतिको सम्मानमा छ । यो कामलाई समाजले सानो काम मानेको उनीहरुको गुनासो छ । विदेशमा घरेलु श्रम नै गर्दा राम्रो मानिए पनि समाज र परिवारले स्वदेशमा घरेलु श्रमिकका रुपमा काम गर्दा भने अझै सम्मानजनक पेशाका रुपमा स्वीकार्न सकेको पाइदैन । बसुन्धारा क्षेत्रका घरमा काम गर्दै आउनुभएकी मनिषा पुरीेले एक दशकदेखि यही कामले परिवार चलाउनुभएको छ । छोरालाई राम्रो विद्यालय, कलेज र अहिले वैदेशिक अध्ययनमा समेत पठाउनुभएको छ । आफन्त र गाउँका कतिपय महिलाको सिको गरेर उहाँ पनि कतार जानका लागि एक दशक पहिले काठमाडौँ आएकि थिइन् । यहाँ आएपछि तयारीमा लागिरहँदा सञ्चार माध्यममा खाडी देशमा नेपालीले दुःख पाएको समाचार सुनिन् । उनले भनिन् , “त्यसैले यहीँ एउटा घरमा काम थालेँ, अहिले तीन वटा घरमा काम गर्छु ।” विदेश जाने तयारी गरिरहेका वा वैदेशिक रोजगारीबाट फर्किएकालाई मनिषा स्वदेशमै काम गर्न सल्लाह दिनुहुन्छ । विदेशमा जसरी १८ घण्टा खटिँदा यहाँ पनि राम्रो कमाउन सकिन्छ । विदेशमा घरेलु श्रममा जाने महिला पनि आफ्नो देशमा घरेलु श्रमिकका रुपमा काम गर्न नचाहने बताइन् । तीनलाई विदेशीका लागि खाना पकाउने र विदेशीका बुबाआमा र सन्तान हेर्नुभन्दा नेपालीकै लागि काम गर्न भन्िछन् । स्वदेशमा नै काम गर्दा विदेशमा जस्तो परिवार छाड्न नपर्ने हुँदा यो काम राम्रो भएको उनको भनाइ थियो । उनले भनिन्, “खटिएर काम गर्दा पारिश्रमिक पनि नराम्रो छैन र घर परिवार छाड्नु पनि पर्दैन ।” काठमाडौँ उपत्यका बाहिरबाट अध्ययनका लागि काठमाडौँ आएका कतिपय विद्यार्थी बिहान पढ्ने, दिउँसो र साँझ काम गर्ने गर्छन् । उनीहरुलाई औपचारिक क्षेत्रमा काम पाउँदा पनि कार्यालयमा धेरै समय दिनुपर्ने भन्दै यो काम छाड्न चाहँदैनन् । धेरैले ‘सानो काम’ का रुपमा लिँदा युवापुस्ता खुलेर र गर्वका साथ ‘म यो काम गर्छु’ भन्ने गर्दैनन् । –––
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending