पौष २५ गते, २०७५ बुधवार 9th January, 2019 Wed१४:३६:५६ मा प्रकाशित
नेपालगञ्ज। बर्दियाका आठ स्थानीय तहमध्ये बढैयाताल गाउँपालिकामा अहिले आत्महत्याका घटना बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिलगायत सबैको चिन्ता र चासो बढेको छ ।
‘‘आत्महत्याका घटना बढिरहेको अवस्थालाई दृष्टिगत गरी गाउँपालिकाले त्यसको रोकथामका लागि योजना नै तर्जुमा गरेको छ’’ अध्यक्ष लालबहादुर श्रेष्ठको भनाइ छ । योजनाअनुसार, स्थानीयस्तरमा आत्महत्याविरुद्धको चेतनामूलक सन्देश प्रवाह, युवा वर्गलाई आत्महत्या, मानसिक र मनोरोग र यसको उपचार पद्धतिका बारेमा प्रशिक्षण दिने गरिएको उनले बताए ।
गाउँपालिकाले आप्mनो योजनामा स्थानीय प्रहरी कार्यालय, नागरिक समाजका अगुवा, समाजसेवी, मानसिक रोग विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई पनि समेटेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार, बढैया ताल गाउँपालिकामा आर्थिक वर्ष २०७३/७४ मा १७ जना, २०७४/७५ मा २१ जना र चालू आर्थिक वर्षको अहिलेसम्म १० जनाले आत्महत्या गरेका छन् ।
‘‘यो डरलाग्दो तथ्याङ्क हो, यसले राम्रो सन्देश प्रवाह गर्दैन्’’ क्षेत्रीय प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ प्रहरी नायब उपरीक्षक डा आशिष दत्तको भनाइ छ । आत्महत्या मनोवैज्ञानिक तथा जैविक एवं सामाजिक जटिलता हो । विज्ञानले यसलाई मनो–सामाजिक जटिलतासँगै गम्भीर मानसिक समस्याको रुपमा लिने गरेको छ ।
यस्तो मानसिक अवस्थाको तत्काल उपचार गर्नुपर्ने डा दत्तको सुझाव छ । बढैयाताल गाउँपालिकाले अहिले डा दत्तकै अगुवाइमा खासगरी किशोरकिशोरी र युवा वर्गलाई मानसिक रोग, आत्महत्या गर्ने कारण, मनोरोग, लागुऔषध सेवनबाट हुने प्रभाव तथा यसको रोकथाम र उपचार विधिका विषयमा प्रशिक्षण दिने गरेको छ ।
मानसिक रोग विज्ञेषज्ञ डा दत्तका अनुसार, नेपालमा आत्महत्या गर्नेमा १५ देखि ४४ वर्ष उमेरका नागरिकको सङ्ख्या धेरै छ । “डिप्रेसनमा परेका, एक पटक आत्महत्याको प्रयास गरेका, लागुऔषधको सेवनकर्र्ता, गतिशील सोचमा हरेस खानु, निराशावादी व्यक्ति, एक्लोपन, एकल महिला, सामाजिक रुपमा सहयोग नपाउने, बहिष्कारमा परेकामा आत्महत्याको जोखिम उच्चमा रहेको छ ।
बर्दियाको बढैयातालमा भएका आत्महत्याको तथ्याङ्कले पनि त्यहाँ मानसिक रोगको जोखिमतर्पm सङ्केत गरेको छ । त्यसैलाई दृष्ट्रिगत गरी विशेषज्ञको परामर्शका आधारमा गाउँपालिकाले आत्महत्या विरुद्धको अभियान नै सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकाअन्तर्गतका विद्यालय, कलेज र समुदायस्तरमा आत्महत्याविरुद्ध वृहत सचेतनामूलक कार्यक्रम तथा मानसिक रोग बढनुको कारण, यसको पहिचान र उपचार विधिका विषयमा गाउँपालिकाले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बढैया ताल गाउँपालिकामा भइरहेका आत्महत्या घटनाका कारणका विषयमा इलाका प्रहरी कार्यालय मैनापोखरले सुक्ष्म अध्ययनसमेत गरिरहेको प्रहरी निरीक्षक वलीले बताए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: