बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठका अनुसार स्थानीय तहअनुसार युरिया, डिएपी र पोटास मल वितरण गरिएको हो।
वितरण विवरणअनुसार कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ बोरा डिएपी र १५७ बोरा पोटास उपलब्ध गराइएको छ। नेपालगन्ज उपमहानगरपालिकामा १ हजार ३१४ बोरा युरिया, ८६९ बोरा डिएपी र १७४ बोरा पोटास वितरण गरिएको छ।
त्यसैगरी बैजनाथ गाउँपालिकामा १ हजार ३८० बोरा युरिया, १ हजार १५१ बोरा डिएपी र २३० बोरा पोटास, खजुरा गाउँपालिकामा १ हजार ३७० बोरा युरिया, १ हजार १४४ बोरा डिएपी र २३० बोरा पोटास मल पठाइएको छ।
जानकी गाउँपालिकामा १ हजार २७ बोरा युरिया, ८५९ बोरा डिएपी र १७२ बोरा पोटास, डुडुवा गाउँपालिकामा १ हजार ३६५ बोरा युरिया, १ हजार १४३ बोरा डिएपी र २२९ बोरा पोटास वितरण गरिएको छ।
यस्तै राप्तीसोनारी गाउँपालिकामा १ हजार ६३३ बोरा युरिया, १ हजार २२८ बोरा डिएपी र २७५ बोरा पोटास तथा नरैनापुर गाउँपालिकामा ९६९ बोरा युरिया, ८०९ बोरा डिएपी र १६२ बोरा पोटास वितरण गरिएको छ।
यसैबीच नेपालगन्ज–१६ का किसान बछिलाल यादवले समयमा मल नपाउँदा खेतीपाती प्रभावित भएको गुनासो गरे। उनले रोपाइँको मुख्य समयमा मल अभाव हुँदा किसानले सास्ती भोग्नुपरेको बताए।
जिल्ला सहकारी सङ्घ बाँकेका प्रमुख नवराज उपाध्यायका अनुसार नेपालगन्जका १२ वटा वडामा वितरणका लागि ८१ बोरा रासायनिक मल आएको छ। मल लिनका लागि किसानको भीड बढेको पनि उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - १५:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगमा पुरानै टिमलाई जिम्मेवारी निरन्तरता दिएको छ। पार्टी केन्द्रीय समितिको ब...
आषाढ़ १७ गते, २०८३ - १४:५१
काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...
आषाढ़ १७ गते, २०८३ - १४:३६
धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...
आषाढ़ १७ गते, २०८३ - १४:२८
काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...
आषाढ़ १७ गते, २०८३ - १३:५७
बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...
आषाढ़ १७ गते, २०८३ - १३:४५
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...
आषाढ़ १७ गते, २०८३ - १३:३७
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...
आषाढ़ १७ गते, २०८३ - १३:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...
आषाढ़ १७ गते, २०८३ - १३:१२
पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...
आषाढ़ १७ गते, २०८३ - १२:४९
काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने...



प्रतिकृया लेख्नुहोस्: