Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सञ्चार माध्यमले सहि सुचना नदिँदा धेरै नोक्सान व्यहोर्नु पर्योः रक्षामन्त्री पोखरेल

भरतपुर। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन्। पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताए । “सञ्चार माध्यमले नकारात्मक विषयलाई मात्रै होइन, प्राप्त भएका उपलब्धिका विषयमा पनि चर्चा गर्न जरुरी छ”, उपप्रधानमन्त्री पोखरेलले भने, “गुण र दोषका आधारमा जनताले निर्णय गर्न सकून् भन्ने कुरा सञ्चार माध्यमले प्रस्तुत गर्नुपर्छ ।” सञ्चारमाध्यमले जनतामा सही सूचना दिने क्रममा चुक्दा धेरै नोक्सान समेत व्यहोर्नु परेको उनको भनाइ छ । “राजनीतिक दलका गतिविधि र आचरण खराब मात्रै हुँदैन्” उनले भने, “चर्चा गर्न लायक विषय पनि हुन्छन्, त्यसलाई प्राथमिकता दिनुपर्छ ।” सञ्चार जगत्ले पु¥याएको योगदानका कारण देशमा लोकतन्त्र संरक्षण भएको उनको भनाइ छ । सरकारको गुण र दोषका आधारमा दृष्टिकोण बनाउन उहाँले सञ्चारमाध्यमलाई आग्रह गरे । राजनीतिक दल, दलका नेता, राज्य संयन्त्र सबै जिम्मेवार बन्नुपर्छ पोखरेलले भने, “अझ राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् बढी जिम्मेवार हुनुपर्र्छ ।” एफएम रेडियो प्रभावकारी सञ्चार माध्यमका रुपमा स्थापित भएको भन्दै उनले नयाँ सोच र अठोटका साथ काम गर्न आग्रह गरे । देशमा एउटा सरकार बदलिएर अर्को सरकार बनेको नभई देश नयाँ प्रणालीमा गएको बताए । “देशमा ७५३ सरकारका छन्, संविधानले सबैलाई परिभाषित गरेको छ”, उनले भने, “यसलाई संस्थागत गर्नु आवश्यक छ ।”  देशमा परिवर्तन ल्याउनका लागि हाम्रो व्यवहार, आचरण र चिन्तनमा समेत परिवर्तन हुनुपर्नेमा उपप्रधामन्त्री पोखरेलले जोड दिए। संसारमा कहीँ नभएको दुई तिहाइको स्थानीय, प्रदेश र सङ्घीय सरकार नेपालमा भएकाले कतिपयलाई अस्वभाविक लागेको उनले बताए । सो अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दाबा दोर्जे लामाले सूचना सञ्चारका माध्यमबाटै देशमा धेरै राम्रा काम भएको बताए। प्रदेश सरकार उत्पादनमुखी अभियानमा लागेको भन्दै युवालाई स्वदेशमै बसेर काम गर्न उनले आग्रह गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy