Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण– मुख्यमन्त्री गुरुङ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवद्र्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् । माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति० पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उहाँले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए । गण्डकी प्रदेश धार्मिक एवं सांस्कृतिक पर्यटनको उर्भरभूमि रहेको उल्लेख गर्दै उनले गजेन्द्र मोक्षदेखि मुक्तिनाथधामसम्म जोडिएको कालीगण्डकी सहितका सभ्यता यहाँको आकर्षण भएको बताए । विविधतायुक्त संस्कृतिको जगेर्ना र प्रचारप्रसार गर्न सके यसलाई आर्थिक समृद्धिसँग जोड्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले वर्षौँदेखिको ढुङगेसाँघु मेला विशिष्ट महत्वको भएको बताए । सांस्कृतिक महत्वका विभिन्न स्थलहरू अतिक्रमणको चपेटामा परेको भन्दै उनले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सरकारले माघे सङ्क्रान्तिको महत्वलाई दृष्टिगत गरी प्रदेशमा विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री गुरुङले उक्त अवसरमा ढुङ्गेसाँघु परिसरस्थित प्राचीन सदा शिवजी हरिहर महादेव मन्दिरमा पूजाअर्चना गर्नुका साथै स्थानीय ढुङ्गेसाँघु सीतापाइला आमा समूहद्वारा माघे सङ्क्रान्तिमा तीर्थालु भक्तजनलाई लक्षित गरी खुदो, चिउरा, तरुल, कन्दमूल आदिको वितरण कार्यको शुभारम्भ गरे । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी, नेकपाका सुभाष ढुङ्गाना, नेपाली काङ्ग्रेसका देवी आचार्य, भारतको वनारसबाट आउनुभएको रङ्गीता शास्त्री, लेखनाथ आचार्यलगायतले ऐतिहासिक ढुङ्गेसाँघु मेलाको महत्वलाई जीवन्त राख्न सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज बिहानैदेखि सेती नदी किनार र जलाशयमा माघे स्नान गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending