जो चल्नै सक्तैनथ्याे ऊ दौडन सक्ने भयो, यो भन्दा ठूलो मानवसेवा अरु नहोला- यादव
माघ २ गते, २०७५ बुधवार 16th January, 2019 Wed१५:३४:०३ मा प्रकाशित
काठमाडौँ ।वीरगञ्ज महानगरपालिका– २१ बेलुवाकी छ वर्षीया रियाकुमारी कुसवाहलाई तीन वर्षको उमेरमा घर नजिकै बसले ठक्कर दियो ।
स्थानीय अस्पताल, बिएण्डबी हुँदै काठमाडौँको शिक्षण अस्पतालमा उनको उपचार गर्दा झण्डै एक लाख खर्च लाग्यो । चिकित्सकको कयौँ प्रयास सफल हुन नसक्दा अन्ततः खुट्टा गुमाएकी रियाकुमारी अहिले पहिले झैँ ठमठम हिँड्न सक्छिन् । तर उनको सहारा भने नक्कली खुट्टा भएको छ । सयौं दर्शक माझ नै नक्कली खुट्टामा उनी फुरुङ्ग हुँदै दौडिन् ।
भोजपुर घर भई हाल बानेश्वर बस्दै आएकी एजिन्द्रप्रसाद लुईंटेलको पनि कथा उस्तै छ । होलीको समयमा हुने आध्यात्मिक समारोहमा सरिक हुने क्रममा गएको फागुनमा उनी भारत पुगे । आगरा–लखनउ सडकखण्डमा मोटरसाइकलको पछाडी बसेर यात्रा गर्दै गर्दा दुर्घटनामा परेर उनी घाइते भएका थिए । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
भाँचिएको खुट्टा जोड्ने प्रयास नेपाल र भारतका अस्पतालले गरे पनि अन्ततः सफल हुन सकेन । खुट्टा गुमाउन पुगेका लुइँटेलले भने, “पहिलोपटक खुट्टा पाएँ, अरुले जसरी नै काम गर्छु भन्ने हिम्मत छ ।” कान्छालाल बोमजनलाई २०४७ मा बिच्छीले खुट्टाको बूढीऔंलामा टोक्यो । सामान्य होला भनेर उनी झारफुककै भरमा निको हुने आशामा बसे। लामो समयसम्म निको नभएपछि घाउ पाक्न थाल्यो । “अस्पताल जाँदा क्यान्सर भइसकेको रहेछ, कान्छालालले अनुभव सुनाए, अनि खुट्टा काट्नुप¥यो ।”
नक्कली खुट्टा पाएपछि उनी पनि अहिले खुशी छन्। सवलाङ्गझैं ठमठमी हिँडेर उनले पुरानो घाउ बिर्सने प्रयास गरेका छन् । “अब फेरि नयाँ जीवन पाएको महसुस भयो, उनले भने, “अब केही नयाँ काम गर्छु भन्ने लाग्या छ ।”
आगोले पोलेर खुट्टा गुमाउन पुगेका मनाङका दोर्जे लामाले पनि नक्कली खुट्टा पाएपछि यताउता हिड्न सहज भएपछि अहिले खुशी भएका छन् ।
उनीहरु केही प्रतिनिधि उदाहरण मात्र हुन्। उनीहरुलाई यसरी खुट्टा बनाउन भारतबाट प्राविधिज्ञ र चिकित्सक समेत नेपाल आएका थिए । काठमाडौँमा चिकित्सक र प्राविधिकले नापजाँच गरेअनुसारको बनाएर नक्कली खुट्टा राखेका थिए ।
यो वातावरण भने भारतको भगवान महावीर विकलाङ्ग सहायता समिति र नेपालको चौधरी फाउण्डेसनले मिलाएको हो । समितिले दक्षिण एशियामै पहिलोपटक नक्कली खुट्टा प्रत्यारोपण शिविरमा खुट्टा गुमाएकाहरुको निःशुल्क रुपमा नक्कली खुट्टा हालेको जनाएको छ । वार्षिक ८० हजार खुट्टा हाल्दै आएको समितिले अहिलेसम्म १७ लाखलाई खुट्टा हालिसकेको दाबी गरेको छ ।
नेपालमा खुट्टा गुमाएका सबैलाई खुट्टा हाल्ने क्षमता रहेको भन्दै समितिका निर्देशक सतिस मेहताले उपयुक्त वातावरण भए तीन वर्षमा खुट्टा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनीहरुलाई नेपालको संयोजन भने चौधरी फाउण्डेसनले गरेको छ । फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले माघ ३ गते नवलपुरमा शुरु हुने खुट्टा प्रत्यारोपण शिविरमा ५०० बढीलाई खुट्टा प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
यसरी खुट्टा प्राप्त गरेका अपाङ्ता भएकाको गतिविधि हेरेपछि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले खुशी हुँदै भने, “जो चल्न सक्तैन ऊ चल्न मात्रै होइन दौडन सक्ने भयो, यो भन्दा ठूलो मानवसेवा अरु के होला ।”
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: