Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

हुवावे र चिनियाँ नागरिकविरुद्ध अमेरिकाद्वारा मुद्दा दायर, दुई देशबीच तनाव चर्किने सम्भावना

अमेरिकाको न्याय मन्त्रालयले ह्वावेई र उसको मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ अमेरिकाको न्यायमन्त्रालयले चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई र उसकी मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ। विश्वको दोस्रो ठूलो स्मार्ट्फोन निर्माता कम्पनी ह्वावेईले ब्याङ्कमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको दाबी गरिएको छ। मङ वान्जूलाई गत महिना अमेरिकाको अनुरोधमा छिमेकी देश क्यानडाको भ्यान्कुभरको विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो। उनलाई इरानमाथि अमेरिकले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोप पनि लगाइएको छ। तवाव बढ्दै इरानसँग व्यापार गर्न ह्वावेईले उनका दुई सहायक कम्पनीहरू ह्वावेई डिभाइस यूएस र स्काइकम टेकसँगको आफ्नो सम्बन्धबारे अमेरिका र विश्व ब्याङ्कलाई ढाँटेको भन्ने अभियोग ह्वावेईमाथि लागेको छ। ह्वावेईका संस्थापककी छोरी वान्जूलाई क्यानडामा गत महिना समातिएको थियो ।  सन् २०१५ को परमाणु सम्झौतापछि हटेको इरानमाथिको प्रतिबन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै थप कडा शर्तहरूसहित पुनः लागु गरेको छ। ह्वावेईका संस्थापककी छोरी वान्जूलाई क्यानाडामा नियन्त्रणमा लिएयता चीन, क्यानडा र अमेरिकाबीचको अन्तर्देशीय सम्बन्ध झन् तनावपूर्ण बनेको छ। मङ र ह्वावेई कम्पनी दुवैले आफूमाथिका आरोपहरू अस्वीकार गर्दै आएका छन्। वाशिङ्टनस्थित बीबीसीकी रजनी वैद्यनाथन भन्छिन्, \'ह्वावेईविरुद्ध दुई प्रकारका मुद्दा लगाइएका छन्। पहिलो मुद्दामा ह्वावेईविरुद्ध गोप्य व्यापारिक सूत्रहरू चोरेको आरोप लगाइएको छ। दोस्रोमा चाहिँ ह्वावेईले इरानविरुद्ध लगाइएको अमेरिकी प्रतिबन्धविपरीत काम गरेको अभियोग लगाइएको छ।\' अमेरिकाले ह्वावेईविरुद्ध २३ वटा अभियोग दर्ता गराएको छ । सुरक्षा खतरा बढाउँदै ह्वावेई टी मोबाइलको ट्याप्पी भनिने प्रविधिले स्मार्ट्फोनको परीक्षणका लागि मानिसहरूको औँलाको नक्कल गर्छ। अमेरिकाले ह्वावेईविरुद्ध २३ वटा अभियोगहरू दर्ता गराएको छ। अमेरिकी अनुसन्धान ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले ती मुद्दाहरू अमेरिकाको कानुनी मर्यादा र विश्वव्यापार अभ्यासको मानक उल्लङ्घनविरुद्ध भएको बताएका छन्। ह्वावेईजस्तो कम्पनीले आर्थिक र राष्ट्रिय सुरक्षा दुवैमा चुनौती थप्ने उनले बताए। यस्तै विभिन्न आरोपहरूका कारण अन्य राष्ट्रहरूले पनि सुरक्षा चासो देखाउँदै ह्वावेइका उत्पादनहरू नकिन्न आफ्ना कम्पनीहरूलाई निर्देशन दिएका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy