Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग

खोटाङ। विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानालाई आर्थिक सहयोग जुट्न थालेको छ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाउनुभएका उहाँकोे बिचल्ली भएको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सहयोग रकम जुट्न थालेको हो । ढुङगानाका लागि युट्युव सञ्चालक शिशिर भण्डारीको पहलमा गलकोट समाज जापानबाट सङ्कलित रु चार लाख, हङकङमा रहेका माल्बुल प्रेमी र साथीबाट सङ्कलित रु ४५ हजार, काठमाडौँका लीला घिमिरेको पहलमा कर्मचारीलगायत अन्य व्यक्तिबाट सङ्कलित रु ६१ हजार ७०० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले पनिरु ५० हजार परिवारलाई प्रदान गर्नुभएको आफन्त झमप्रसाद आचार्यले बताए । एघार केभी क्षमताको विद्युत् लाइन मर्मत गर्ने क्रममा विसं २०७० चैत १६ गते ३७ वर्षीय हरिकाजीलाई करेन्ट लागेर अपाङ्ग भएपछि आश्रित बुबाआमा र बालबच्चाको बिचल्ली भएको थियो । हरिकाजीका हातगोडा फालिएपछि उहाँका कामाइमा आश्रित सबै परिवार सहाराविहीन बनेका समाचार सार्वजनिक भएको थियो । अहिले उनीहरुको घरमा चुल्हो बाल्नसमेत धौधौ परेको छिमेकीहरू बताउँछन् । हरिकाजीको उपचारका क्रममा लिइएको ऋण फिर्ता माग्नेहरु अहिले दैनिकजसो घरमा आउने गरेको श्रीमती सीता ढुङ्गानाले बताएका छन् । उनको उपचारको क्रममा अहिलेसम्म रु ३७ लाखभन्दा बढी खर्च भएकामा विद्युत् प्राधिकरणले रु २६ लाख उपलब्ध गराएको थियो । करेन्ट लागेर बेहोस बन्नुभएका हरिकाजीलाई उद्धारपछि उपचारका लागि तत्कालै काठमाडौँ लगिएको थियो । काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार गराइएको उहाँकोे सन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए । दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले साढे तीन वर्ष पुगेको छ भने पहिलो छोरी ११ वर्षकी छिन् । बुबाआमा दुवै ८५ वर्ष नाघेका हरिकाजीका सम्पत्तिको नाममा केही पाखो बारीमात्र छ । उनलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखाको ११२००२१९७३१० नं.को बचत खाता उपलब्ध गराइएको छ । दुवै मिर्गौला रोगी झलकमानको उपचार गर्न आर्थिक सहयोगको याचना दुवै मिर्गौला काम नलाग्ने भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकमान तामाङले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका । जीवन मरणको दोसाँधमा पुग्नुभएका ३३ वर्षीय उहाँले अस्पतालको श्ययाबाटै सो याचना गरेको हो । डायलायसिसमा बसेका बिरामीले विशेष औषधि ९इपिओ०, अस्पताल आवतजावत, अन्य औषधिमा धेरै खर्च लाग्ने आर्थिक अवस्था नाजुकु भएकाले ‘झलकमान बचाउ अभियान’ मार्फत सहयोगका लागि आग्रह गरिएको हो । लामो समयदेखि बिरामी परेकाे उनको मिर्गौला डायलासिस गराउँदा दुई पटकमा रु छ हजार खर्च हुने गरेको छ । कमाइ गर्ने मान्छे झलकमान आफँै ओछ्यान लागेपछि श्रीमतीसहित छोराछोरीको विचल्ली भएको आफन्तले बताएका छन् । आफ्नै कमाइमा परिवार पाल्नुपर्ने झलकमानको श्रीमतीको टाउकामा नशासम्बन्धी समस्या भएकाले नियमित औषधि सेवन गरिरहनुपर्ने उहाँकी बहिनी प्रतिमा तामाङले बताए । विशेषज्ञका अनुसार भलकमानलाई डायलासिस गराउन मासिक रू ३५ हजारसम्म खर्च लाग्ने छ भने नेपालमै मिर्गौला प्रत्यारोपण गर्दा रु पाँच लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गरेमा सोभन्दा बढी खर्च लाग्न सक्छ । डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पु¥याइ झलकमानको जीवन जोगाउन सबैको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ । उहाँलाई सहयोग गर्न चाहनेले ९८०८४६०६१७ र ९८६०२०९८०९ मा सम्पर्क गरेर वा प्रभु बैंकमा खोलिएको बैंक खाता नं ०४२०१००११८९८६१०००००१ मा जम्मा गर्न सक्नेछन् । झलकमानको उपचारका लागि अहिले देशविदेशमा रहेका आफन्तसँग सहयोग रकम सङ्कलन गर्न थालिएकामा मलेसियाबाट रु ५२ हजार ४४३ र मलेसियामा रहनुभएका खार्मी साब्रुका रञ्जित गुरुङको पहलमा विभिन्न जिल्लाका ३५ भन्दा बढी दाताबाट रु ५२ हजारसङ्कलन भएको प्राप्त भएको बिरामीका आफन्त सुवास तामाङले बताउनुभयो । कतारमा पनि सहयोग रकम सङ्कलन हुन थालेको आफन्तले बताएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending