Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

गोपनीयता भङ्ग हुने डरले बाहिर गएर गर्भपतन गराउन थाले महिला

रोल्पा। रोल्पामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । गत वर्ष सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या ३१२ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । यस्तो सेवा लिनेमध्ये अधिकांश किशोरी रहेका छन् । पहिलो पटक गर्भ रहेकै बेला उनीहरुले यस्तो सेवा लिएको छ । सन्तानको रहर पुगेर गर्भपतन गराउनेभन्दा पहिलो पटक गर्भ हुनेले गर्भपतन गराउनेको सङ्ख्या धेरै देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ३७७ महिलाले स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएका थिए भने सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ३१२ थियो । “उमेर नपुग्दै विवाह गरेका गर्भवती किशोरीले सबैभन्दा बढी असुरक्षित गर्भपतन गराउने गरेको छ”, स्वास्थ्यकर्मीहरु भन्छन्, “अधिकांशलाई निश्चित अवधिको गर्भपतन गर्न पाइन्छ भन्ने जानकारी नै छैन, जानकारी भएका पनि गोपनीयता भङ्ग हुने डरले स्वास्थ्य केन्द्रमा आएर गर्भपतन सेवा लिन नचाहेको हो । ” स्वास्थ्य संस्था बाहिर अवाञ्छित गर्भपतन गराउनेको सङ्ख्या ठूलो रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डा सुशील आचार्यले बताए । असुरक्षित ढङ्गले घरमै वा औषधि पसलमा गर्भपतन गराउनेको सङ्ख्या योभन्दा धेरै हुन सक्छ डा आचार्यले भने । सूचीकृत स्वास्थ्य संस्था गएर गर्भपतन गराउन झन्झट मान्ने तथा गोपनीयता भङ्ग हुने डर भएका कारण जिल्ला बाहिर गएर पनि गर्भपतन गराएको बुझिन्छ डा आचार्यले भने । असुरक्षित गर्भपतन गराएर थप स्वास्थ्य समस्या भएकाले उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको बताइन्छ । अघिल्लो वर्ष यसरी गर्भपतन गराएर स्वास्थ्य संस्थामा आउने महिलाको सङ्ख्या ७० रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गर्भवती जाँच गराउनेमध्ये २० वर्षमुनिका किशोरी धेरै देखिएका छन् । विवाह नहँुदै शारीरिक सम्पर्क गर्न बाध्य पारिने तथा सानै उमेरमा विवाह गरी अनिच्छित गर्भधारण गर्न बाध्य किशोरीमा यस्तो समस्या देखिने गरेको बताइन्छ । बालविवाहले असुरक्षित गर्भपतनलाई समेत बल पु¥याइरहेको देखिन्छ । असुरक्षित गर्भरोधकको रुपमा परिवार नियोजनका साधनलाई लिइए पनि रोल्पामा यसको प्रयोगकर्ताको सङ्ख्या भने ४० प्रतिशत मात्रै रहेको बताइन्छ । जिल्लामा २६ प्रतिशतले इम्प्लान्ट प्रयोग गर्ने गरेको देखिएको छ । यसैगरी २४ प्रतिशतले कण्डोम प्रयोग गर्दछन् । पिल्स र आइयुसिडी प्रयोगकर्ता क्रमशः ६ र ४ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या १७ प्रतिशत रहेको छ । सबै अस्थायी साधन प्रयोगमा किशोरीको आकर्षण बढ्दै गएको देखिन्छ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डागीले भने । जिल्लामा अघिल्लो वर्ष ५५३ किशोरीले यो सेवा लिएका थिए । मातृमुत्यु दर कम गर्न सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएको छ । अझै पनि सात प्रतिशत मृत्यु असुरक्षित गर्भपतनकै कारण हुने गरेकाले बताइन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending