Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

अमेरिकामा अत्यधिक चिसो, जनजीवन अस्तव्यस्त

सिकागो। अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् । हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ । धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको हो । अमेरिकी सञ्चार माध्यमहरुले अत्यधिक चिसोका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएका छन् । आर्कटिक ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो अनुभव भएको बताइएको छ । चिसोकै कारण अभूतपूर्व दृश्यहरु जताततै देखिएका छन् । जस्तै, मिसिगन तलाउको पानी जमेको छ भने अहोरात्र खस्ने नियागारा फल्सको पानी जमेर रोकिएको छ । अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको मौसम आजसम्मकै सबैभन्दा चिसो छ । सिकागोमा गएराति नयाँ रेकर्ड कायम भएको छ, र यो अझ तल झर्ने अनुमान गरिएको छ । “यो चिसो ऐतिहासिक छ,” सिकागोका मेयर राहम इमानुएलले बताए । “यो चिसोले ज्यानै लिन सक्दछ, र त्यही अनुसार सम्पूर्ण बन्तोबस्त गरिनु आवश्यक छ ।” विल्डी सिटीको बिहानको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको छ । अति चिसो हावाका कारण यहाँ माइनस ५० डिग्री सेल्सियस तापक्रम पुगेसरह लाग्दछ । यहाँको तापक्रम अलास्काको राजधानीको भन्दा बढी छ र अन्टार्कटिका भन्दा यहाँ बढी चिसो छ । “यहाँ हिउँको डल्लाकै छेउमा बसेजस्तो अनुभव हुँदैछ,” लियोन गिल्बर्टले बताए। “मेरो छाला नै गाँठो परेजस्तो भएको छ ।” स्यान्डविच पसलका व्यवस्थापक डानियल गोन्जालेजले पनि अरु जस्तै समयमै पसल खोल्न सक्नुभएन । “अरु दिनभन्दा ढिलो अर्थात् विहान ५ बजे पसल खोल्न पुगें । मैले दुईवटा बाक्ला लुगा लगाएको थिएँ, हुड लगाएको थिएँ, त्यसमाथि ठूलो कोट थियो । अनुहार ढाक्ने मास्क थियो र अरु कपडा पनि लगाएको थिएँ, तैपनि मलाई चिसो अनुभव भइरहेको थियो,” उनले भने । सिकागोको ओहेयर बिमानस्थलमा पनि व्यवस्थापनको कार्य जटिल बनेको थियो । कर्मचारीलाई बाहिर १५ मिनेटभन्दा बढी समय काम गर्न सक्ने अवस्था थिएन । १८०० भन्दा बढी उडान रद्द गरिएका थिए । आम्ट्राक रेलसेवाले पनि रेलसेवा बन्द गर्नु परेको छ । अमेरिकी हुलाक सेवाले इन्डियाना, मिसिगन, इलेनोइस, ओहायो, आयोवा, डकोटा र नेब्रास्कामा चिठीपत्र र अरु सामान ढुवानी स्थगित गरेको छ । अमेरिकी राष्ट्रिय जलवायू सेवाले बिहीबारसम्म यस क्षेत्रको तापक्रम माइनस २५ देखि ४५ डिग्री सेल्सियससम्म रहने जनाएको छ । इलेनोइस, मिसिगन र विस्कन्सिन राज्यमा आपतकालीन उपायहरु घोषणा गरिएको छ । मिसिगनकी गभर्नर ग्रेचेन ह्वीटमरले सरकारी कार्यालयहरु बिहीबारसम्म बन्द रहने घोषणा गरेका छन् । अत्यावश्यक बाहेकका अरु कर्मचारीलाई घरमै बस्न भनिएको छ । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies