Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकाको आग्रह

क्यालिफोर्निया । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन् । उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पु¥याउन आणविक कार्यक्रमको विस्तृत विवरण आवश्यक पर्ने बताए। स्टानफोर्ड विश्वविद्यालयमा आयोजित समारोहमा बोल्दै उनले भने, “आणविक निःशस्त्रीकरणलाई अन्तिम रुप दिनुअघि हामीले उत्तर कोरियासँग रहेका आमविनाशकारी क्षेप्यास्त्र कार्यक्रमको पूर्ण जानकारी चाहेका छौं ।” उनले वार्तामा प्रगति नभए अमेरिकासँग वैकल्पिक योजना रहेको समेत बताउनुभयो, तर त्यसबारेमा उनले केही खुलाएनन् । उत्तर कोरियाले अमेरिकी मागलाई बेवास्ता गरिरहेको छ । अमेरिकालाई सबै कुरा बताए आफूहरु असुरक्षित हुने उत्तर कोरियाको भनाइ छ । बाइगनले अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई प्रमाणयोग्य तरिकाबाट नष्ट गरेको विवरण चाहेको पनि बताए। “हामीले उत्तरका प्रमुख स्थलहरुमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विज्ञहरुको पहुँच र अनुगमन संयन्त्र निर्माण गर्न चाहेका छौं । हामी उत्तर कोरियाले आणविक हतियार निर्माण गर्ने सामग्री, आणविक अस्त्र, क्षेप्यास्त्र, लन्चरहरु र अरु आम विनाशकारी हतियार नष्ट गरेको सुनिश्चित गर्न चाहन्छौं ।” संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच गत वर्षको जुनमा सम्पन्न पहिलो शिखर बैठकमा आणविक निःशस्त्रीकरण सम्बन्धी अस्पष्ट सम्झौता भएको थियो । उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हस्ताक्षर भएको थियो । आगामी फेब्रुअरीको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच दोस्रो शिखर बैठक गर्ने तय भएको छ । सम्भवतः उक्त बैठक भियतनाममा हुनेछ । अर्को हप्ताको शुरुमै शिखर बैठकको मिति र स्थान घोषणा गरिने राष्ट्रपति ट्रम्पले बताएका छन् । शिखर सम्मेलनको वातावरण तयार गर्न दक्षिण कोरियाका राष्ट्रपतिले उत्तरको औपचारिक भ्रमण गरेका छन् । उनले उत्तर कोरियाली नेता कीमलाई दक्षिण कोरिया भ्रमणका लागि औपचारिक आमन्त्रण गरिसकेका छन् । अघिल्लो महिना उत्तर कोरियाली नेता कीम चार दिनको भ्रमणका लागि चीनको बेइजिङ आएका थिए । विश्लेषकहरुले अमेरिका–उत्तर कोरियाबीचको वार्तालाई ध्यानमा राखेर कीमले चीनको भ्रमण गरेको बताएका छन् । उक्त भ्रमणलाई दक्षिण कोरिया, जापान र अमेरिकाले पनि स्वागत गरेका छन् । पछिल्ला दिनहरुमा दक्षिण र उत्तर कोरियाबीच अन्तर–कोरिया सम्बन्धमा विविध क्षेत्रमा सहयोगात्मक सम्बन्ध विस्तार हुन थालेको छ । दुबै कोरियाबीच रेल, सडक, हवाई र जल यातायात पुनः शुरु गर्ने सहमति भएको छ । उत्तर कोरियाले आफूमाथि अमेरिकी अग्रसरतामा लागेका आर्थिक प्रतिबन्धहरु फुकुवा गर्न निरन्तर आग्रह गरिरहेको छ, तर त्यस्तो प्रतिबन्ध अझै फुकुवा भएका छैनन् । अमेरिकाले आणविक कार्यक्रममा सुनिश्चितता नहुँदासम्म प्रतिबन्ध फुकुवा नगर्ने अडान कायमै राखेको छ ।योनहाप
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies