Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

हत्या योजनालाई विफल पारेको भेनेजुयली अधिकारीको दावी

भेनेजुयला। भेनेजुयलाको विपक्षीद्वारा केही सरकार पक्षधर नेता तथा सैनिकको ‘सामुहिक हत्या योजना’ बनाएपनि यसलाई सुरक्षा फौजले विफल पारिदिएको गृहमन्त्री नेस्टोर रिभेरलले बिहीबार बताएका छन् । भेनेजुयलाको अतिवादी दक्षिणपन्थी समूहले केही राजनीतिक तथा सैनिक अधिकारीको सामुहिक हत्या गर्न एक समूहलाई तयार पारेको पाएपछि सुराकीको आधारमा उनीहरूको योजनालाई विफल पार्न सरकारी सुरक्षा फौज सफल भएको गृहमन्त्री रिभेरोलको दावी छ । ‘नेशनल बोलिभरियन आर्म फोर्स (एफएएनबी)’ बाट छुट्टिएका केही सदस्य कोलम्वियाबाट भेनेजुयला आएका भन्ने गुप्तचर अधिकारीले पाएको सूचनाका आधारमा अपनाइएको सावधानी सफल भएको उनले बताए । सुरक्षाकर्मीले भेल्स देल टुय मा हत्या योजनासाथ आएका एक जना मिगेएल पालासिअस सालसेदोलाई पक्राउ गरेपछि उक्त योजनाको खुलासा भएको गृहमन्त्री रिभेरोलले बताए । सालसेदो एफएएनबीबाट सन् २००६ मा छुट्टिएका थिए । पक्राउ परेका सालसेदोको बयानका आधारमा सुरक्षाकर्मीले अर्का आरोपित अल्वेर्टो सालाजार कावानसलाई नियन्त्रणमा लिएपनि उनीसँगै रहेका दुई सदस्य भने भागेका गृहमन्त्रीले बताएका छन् । यसै घटनाका आधारमा अवकासप्राप्त भेनेजुयली कर्नेल ओसवाल्डो गार्सिया पालोमो र दुई अन्य व्यक्तिलाई बिहीबार पक्राउ गरिएको छ ।सन् २०१८ को अगस्ट ४ मा राष्ट्रपति निकोलस मदुरोलाई हत्या प्रयास गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका पालोमोलाई अत्याधुनिक हतियारसहित गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । उनीसँगबाट दुई ए।के। १०३ राइफल, दुई सेटलाइट फोनसहित विभिन्न वन्दोवस्तीका सामान नियन्त्रणमा लिइएको सरकारी अधिकारीले बताएका छन् । पक्राउ परेका उनीहरू भेनेजुयलाको दक्षिणपन्थी समूहद्वारा भाडामा ल्याइएका आपराधिक गिरोहका सदस्य भएको गृहमन्त्रीले बताए । भेनेजुयलामा जनवरी २३ मा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि र अमेरिकाले उहाँलाई मान्यता दिने बताएपछि यहाँको राजनीतिक अवस्था थप जटील बनेको छ । सिन्ह्वा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies