Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

भेनेजुएला सङ्कटः राष्ट्रपति मदुरो विरुद्ध बृहत प्रदर्शन, मदुरो र सेनाबीच यस्ताे छलफल

काराकास। भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरो विरुद्ध बृहत प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशहरुको समर्थन पाउनु भएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरुले शुक्रबार व्यापक प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ । युरोपेली सङ्घमा आबद्ध प्रमुख देशहरुले पनि एक हप्ता भित्रमा नयाँ निर्वाचनको वातावरण बनाउन मदुरोलाई गत हप्ता अल्टीमेटम दिएका थिए । उनीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने र आफँैले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोलाई समर्थन गर्ने बताएका थिए । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै केही दिन अगाडि आफैंले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । राजनीतिक सङ्घर्ष चुलिदै गएपछि कतिपयलाई देश निकाला गरिएको छ भने कतिपय आफैँ विस्थापित भएका छन् । देश निकाला गरिएकाहरुले अमेरिकाको मियामीमा आयोजना गरेको ¥यालीमा बोल्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकाले भनेअनुसार नै गर्ने विश्वास व्यक्त गरे । राष्ट्रपति मदुरो र सेनाबीच छलफल यसैबीच राष्ट्रपति मदुरोले सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् । उनले आन्दोलनलाई नियन्त्रण गर्ने र त्यसका लागि आवश्यक तयारी तथा व्यवस्थापनका बारेमा छलफल गर्नु भएको बताइएको छ । “गुप्तचर सम्बन्धी कार्यलाई अझ सशक्त बनाउन आवश्यक छ, यसको क्षेत्र विस्तार गर्दै निरोधक बनाउनु पर्ने भएको छ,” मदुरोले भने । आफ्ना सुरक्षा अङ्गहरुले आतङ्क मच्चाउनेहरुलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न सक्ने बताए । विपक्षी नेता गुएइदोले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विभाजित भेनेजुएलाका निकायहरुमध्ये सुरक्षाकर्मीहरुले राष्ट्रपति मदुरोलाई नै समर्थन गरेका छन् । विशेषगरी भेनेजुएलाको शक्तिशाली सेनाले गुएइदोलाई नचिन्ने स्पष्ट पार्दै मदुरोकै साथमा रहेको जनाएको छ । अमेरिकासहित युरोपेली सङ्घका देशहरुको समर्थन प्राप्त गरेका ३५ वर्षीय नेता गुएइदोले यसअघि आफूलाई देशकै सुरक्षाकर्मीबाट सुरक्षा चुनौती रहेको बताएका थिए । उनलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको छ । विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि अहिले भेनेजुएलामा राजनीतिक सङ्घर्ष चर्किदै गएको छ । सिन्ह्वा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies