काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि ३२ बुँदे विशेष निर्देशन जारी गरेको छन्। बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सम्बन्धित निकायहरूलाई समयसीमासहितका कार्यान्वयन योजना अघि बढाउन निर्देशन दिएको हो।
विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषय समेटिएको यस कार्ययोजनामा जिम्मेवारी पूरा नगर्ने निकायमाथि सघन अनुगमन हुने मन्त्रालयले जनाएको छ।
निर्देशन जारी गर्दै मन्त्री श्रेष्ठले भने 'लामो गृहकार्य र सरोकारवाला पक्षसँगको घनिभूत छलफलपछि यो मार्गचित्र तयार पारिएको हो। यो देखाउनका लागि मात्र दिइएको निर्देशन होइन, यसकै आधारमा हाम्रा आगामी नीति र कार्यक्रम तय हुनेछन्। तोकिएको समयभित्र नतिजा निकाल्न म मातहतका सबै निकायलाई निर्देशन दिन्छु।'
विद्युत् क्षेत्रमा 'ओपन एक्सेस' र महसुल पुनरावलोकन
मन्त्री श्रेष्ठले विद्युत् नियमन आयोगलाई ३० दिनभित्रुओपन एक्सेसु प्रणालीका लागि आवश्यक ुह्विलिङ चार्जु निर्धारण गर्न निर्देशन दिनुभएको छ। यसबाट निजी र सार्वजनिक क्षेत्रबीच प्रतिस्पर्धात्मक विद्युत् कारोबारको ढोका खुल्ने अपेक्षा गरिएको छ। यस्तै, जलाशययुक्त र पम्प स्टोरेज आयोजनाका लागि मागका आधारमा फरक महसुल संरचना लागू गरिने भएको छ।
पीपीए विवाद समाधान र अनुमतिपत्रमा कडाइ
नेपाल विद्युत् प्राधिकरणलाई हालसम्मका सबै विद्युत् खरिद सम्झौता ९पीपीए० विवादको सूची र समाधानका विकल्पसहितको प्रतिवेदन पेस गर्न भनिएको छ। जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई आकर्षित गर्न अनुमतिपत्रको अवधि ५० वर्ष पुर्याउने गरी नीतिगत तयारी थालिएको छ।
विद्युत् विकास विभागलाई ६० दिनभित्र देशभरका सबै जलविद्युत् आयोजनाको सर्वेक्षण तथा निर्माण अनुमतिपत्रको विस्तृत विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ। अबदेखि प्रसारण लाइनको सुनिश्चितता भएपछि मात्र नयाँ निर्माण अनुमतिपत्र जारी गरिने प्रावधान अनिवार्य गरिएको छ।
नवीन प्रविधि र कार्बन व्यापार
ऊर्जा क्षेत्रमा नवीन प्रविधिको प्रयोग गर्दै उपभोक्ताका गुनासा सम्बोधन गर्न २४सै घण्टा उपलब्ध हुने'एआई च्याटबोट' सञ्चालनमा ल्याइने भएको छ। साथै, 'कार्बन रेभिन्यु युनिटु स्थापना गरी कार्बन व्यापारबाट प्राप्त हुने लाभको मापदण्ड तयार गरिने मन्त्रालयले जनाएको छ। 'ग्रीन हाइड्रोजन' पाइलट परियोजनालाई पनि प्राथमिकतामा राखिएको छ।
सिंचाइ र राष्ट्रिय गौरवका आयोजना
सिंचाइतर्फ बबई, भेरी–बबई डाइभर्सन र सिक्टा जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न मन्त्रीले विशेष जोड दिएको छन्। महाकाली सिंचाइ आयोजनाका लागि भारतसँग कूटनीतिक पहल तीव्र पारिने र सुनकोशी–मरिन आयोजनाको कामलाई तीव्रता दिइने कार्ययोजनामा उल्लेख छ।
तुलनात्मक रूपमा तराई–मधेस क्षेत्रका लागि खडेरी प्रतिरोधी रणनीति र डिजिटल निगरानी प्रणालीसहितको भूमिगत जल व्यवस्थापन कार्यक्रम पनि अघि बढाइने मन्त्री श्रेष्ठले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: