Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अमेरिकामा नक्कली विश्वविद्यालयको कारण सयौं विद्यार्थी समातिए, भारतको चर्को विरोध

अमेरिकी सरकारी अधिकारीहरूले अवैध आप्रवासनप्रति निशाना साध्दै एक नक्कली विश्वविद्यालय खडा गरे जसमा भर्ना हुन आएका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको छ। अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका गुप्तचरहरूले \'पे-टू-स्टे\' भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन कागजमा सीमित फर्मिङ्टन विश्वविद्यालय मिसिगन राज्यमा रहेको भनी विज्ञापन गरि चलाएका थिए। अभियोजकहरूका अनुसार जो भर्ना हुन आए उनीहरूलाई उक्त विश्वविद्यालय अवैध हो भन्ने थाहा थियो। तर भारतीय अधिकारीहरूले भने ती विद्यार्थीहरूलाई छल गरिएको भनेका छन्। कूटनीतिक विरोध शनिवार भारतको विदेश मन्त्रालयले अमेरिकामा पक्राउ परेका विद्यार्थीहरूप्रति गम्भीर चासो देखाउँदै दिल्लीस्थित अमेरिकी दूतावासमा उनीहरूलाई कन्सुलर पहुँच दिन आग्रहका साथ कुटनीतिक विरोध जनाएको छ। ती विद्यार्थीहरूलाई विश्वविद्यालयमा भर्ना गर्ने नाममा छल गरेको हुन सक्ने भन्दै त्यसो गर्नेलाई कारबाही गर्न मन्त्रालयले माग गरेको छ। \'हामीले अमेरिकी हिरासतमा रहेका सबै विद्यार्थीको पूर्ण विवरण भारत सरकारलाई दिन भनेका छौँ। यथाशीघ्र उनीहरूलाई हिरासतबाट मुक्त गर्न भनेका छौँ र उनीहरूको इच्छा विपरीत भारत नफर्काउन भनेका छौँ,\' भारतको विदेश मन्त्रालयले भनेको छ। द टाइम्स अफ इन्डियाका अनुसार अमेरिकास्थित भारतीय दूतावासमा हिरासतमा रहेका विद्यार्थीबारे चिन्तित आफन्तहरूले सम्पर्क गर्न टेलिफोन हटलाइनको व्यवस्था गरिएको छ। दिल्लीस्थित अमेरिकी दूतावासले भारत सरकारको कुटनीतिक पत्र प्राप्त गरेको पुष्टि गरेको छ। तर त्यसउपर कुनै टिप्पणी गरेको छैन। पहिले पनि नक्कली विश्वविद्यालयको विज्ञापन गरिएका थिए। अमेरिकी अभियान अमेरिकी अधिकारीहरूको यस किसिमको अभियान पहिलो भने पक्कै होइन। सन् २०१६ मा २१ जना मानिसहरू त्यसरी नै समातिएका थिए। तीमध्ये कोही चिनियाँ थिए भने कोही भारतीय थिए। पछिल्लो घट्नामा फर्मिङ्टन विश्वविद्यालयको वेबसाइटमा कक्षामा पढिरहेका विद्यार्थीहरूको तस्बिर, पुस्तकालय र हरियो चौरसहितको प्राङ्गण देखाइएको थियो। स्नातक भन्दा तल्लो तहका विद्यार्थीका हकमा वर्षको ८ हजार ५ सय डलर ट्युसन फि र स्नातक तहका विद्यार्थीका लागि ११ हजार डलर तोकिएको थियो। उसको विभिन्न कार्यक्रमहरू उल्लेख गरिएको क्यालेन्डर सहितको झुटो फेसबुक पेज पनि थियो। तर गत साता प्रकाशित अदालती कागजातहरूमा सो विश्वविद्यालयका कर्मचारीहरू आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय आइसीइका गोप्य एजेन्टहरू रहेको पाइएको थियो। \'पे-टू-स्टे\' के हो ? सुरुमा विद्यार्थी भिसामा अमेरिका प्रवेश गरेर त्यहीँ बसिरहन चाहने विदेशीहरूलाई समात्ने उद्देश्यले सन् २०१५ मा उक्त नक्कली विश्वविद्यालय खडा गरिएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्। मिसिगन राज्यको एउटा अदालतमा दर्ता भएको अभियोगका अनुसार ती विद्यार्थीलाई सो योजना गैरकानूनी हो भन्ने जानकारी थियो। विदेशी नागरिकहरूले सो विश्वविद्यालय अमेरिकामा बसिरहनका लागि तिर्ने \'पे-टू-स्टे\' योजनाको लागि प्रयोग गर्दै आएको अभियोजकहरूले बताएका छन्। डेट्रोइट न्यूजका अनुसार हिरासतमा रहेकामध्ये धेरै जसो भारतीय नागरिकहरूलाई भारत फर्काइँदैछ। त्यसरी विदेशी नागरिकलाई गैरकानूनी रूपमा भर्ना गराएर अमेरिका बस्न प्रेरित गर्ने ८ जनालाई संघीय षड्यन्त्रको आरोपमा कारबाही गरिने बताइएको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies