Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

भोलीसम्म कार्यदललाई प्रगति विवरण बुझाउन नेकपा सचिवालयको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवायल बैठकले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले एकता प्रक्रियामा बाँकी रहेका साङ्गठनिक एकीकरणको कार्यभार गृहकार्य गरी सुझाव पेश गर्न गत पुस १२ गतेको स्थायी समितिले गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रवक्ता श्रेष्ठले कार्यप्रगतिको विवरणसहित प्रतिवेदन बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवायलयले लिने र प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने बताए । गत जेठमा पार्टी एकता भएपछि अहिलेसम्म केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्र गठन भएको छ । जिल्ला कमिटी र जनवर्गीय सङ्गठनको साङ्गठनिक एकता अझै टुङ्ग्एिको छैन । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनीयरिङ, कानून व्यवसायी, निर्माण व्यवसायी मात्र एकीकरण भएको छ । कार्यदललाई पुस मसान्तभित्र कार्यप्रगति विवरण बुझाउने समयसीमा दिइएको थियो । तर अहिलेसम्म पनि प्रतिवेदन बुझाएको छैन । साथै बैठकमा भेनेजुयलामा विकसित राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको उहाँले बताए । बैठकले भेनेजुयला घटनाप्रति कुनै भ्रम र गलत प्रचार नगर्न समेत आग्रह गरेको छ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता पार्टीले राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले नेकपाको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा नरहेको समेत स्पष्ट पार्नुभयो । ‘‘यससम्बन्धमा पार्टीको दृष्टिकोण र नीति स्पष्ट र स्थिर छ” उनले भने, “हाम्रो पार्टी संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध रहिआएको छ ।’’ उनले आफ्नो पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने बताए । प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी राष्ट्रको मुख्य कार्यभार सामाजिक न्यायसहितको समृद्धि सहितको कार्यभार पूरा गर्न प्रतिपक्षलाई समेत साथमा लिएर अगाडि बढ्न प्रतिबद्ध र दृढ रहेको बताए । बैठकले नेपाली काङ्ग्रेसलाई राष्ट्रिय महत्वका मुद्दामा साझा सहमति गरेर अगाडि बढ्न समेत आग्रह गरेको उनले बताए । अहिले आन्दोलन गर्ने वा नगर्ने हरेक आ–आफ्नो पार्टीको अधिकार भएको भन्दै उहाँले अहिले साझा मुद्दामा अगाडि बढेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए । बैठकमा माधवकुमार नेपाल बाहेक सबै सचिवालय सदस्यको उपस्थिति रहेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending