Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

युवाका लागि ‘अटो रिक्सा’

बनेपा। सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताउछिन् । उनले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गरेको डेढ हप्ता भयो । उनले यसअघि ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आएकि थिइन् । अटो रिक्साबाट अलि बढी कमाइ हुने भएपछि ट्याम्पो चलाउन छोडेर बनेपामा अटो रिक्सा चलाउन थालेकि उनको भनाइ छ । उनले ललितपुर–काठमाडौँ घुम्ती सेवामा तीन वर्षसम्म सफा ट्याम्पो चलाएकि थिइन् । त्यो पेशाभन्दा अलि राम्रो भएपछि आफैँले रु तीन लाख लगानी गरेर अटो रिक्सा किनेर बनेपा धुलिखेल, पनौती र नाला लगायतका स्थानसम्म सेवा दिँदै आएकि छिन् । अहिले उनले काठमाडौँमा भन्दा बनेपामा अटो रिक्सा चलाएर बढी आम्दानी गरेको बताइन् । सोही पेशाबाट छोरीलाई बोर्डिङ स्कुलमा पढाउँदै आएकी उहाँले अहिले राम्रै आम्दानी भइरहेको बताइन् । “छोरीलाई ललितपुरको टिकीदेवलस्थित होस्टलमा राखेर पढाइरहेकी छु, शुल्क तिरेर खर्च कटाएर ठीकै बचत हुन्छ”, सिन्चीउरीले भनिन्, “पहिला उतै बसेर काम गरेकाले छोरी कक्षा दुईमा उतै पढ्दै छिन्, उतै राखेकाले प्रत्येक शनिबार भेट्न जान्छु, अरु बेला यतै यही पेशा गरिरहेकी छु ।” “ट्याम्पो चलाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म कमाइ हुन्थ्यो, अहिले बनेपामा आएर नयाँ पेशा शुरु गरेकी हूँँ”, उनले भने, “त्यसअघि सामान्य किसिमको व्यापार, इँट्टाभट्टामा समेत काम गरेँ, पछि भएन भनेर गाडी चलाउन सिकेर अनि यो पेशा शुरु गरेकी हूँ ।” एक पटक त विदेश९दुबई० जान भनेर राहदानीसमेत बनाएर एक वर्षसम्म प्रयास पनि गरिन् उनले । तर उनको भिसा लागेन । काभ्रेपलाञ्चोकको पनौती मल्पी घर भएका अर्का अटो रिक्सा व्यवसायी सुदीप थापाले सो पेशाबाट राम्रो आम्दानी भएको बताइन् । “दिनको रु एक हजार ५०० देखि दुई हजारसम्म कमाउँछु”, थापाले भनिन, “राम्रोसँग खट्नेले दिनको दुई तीन हजारसम्म पनि कमाइरहेका छन्, म त आफ्नै गाडी भएकाले बिहान पनि अलि ढिला आउँछु, बेलुका पनि छिट्टै घर जान्छु, यसरी काम गर्दा पनि मासिक रु चालिस हजारदेखि पचास हजारसम्म कमाइ हुन्छ ।” घर खर्च गरेर १५ देखि ३० हजारसम्म बचत हुने उनको भनाइ छ । स्वरोजगारका लागि मेहनत गर्छु भन्नेका लागि अटो रिक्सा राम्रो व्यवसाय भएको उनको भनाइ छ । “विदेश नगई स्वदेशमा नै पाखुरा खियाएर खान्छु भन्नेका लागि यो पेशा एकदमै राम्रो छ, आम्दानी पनि हुन्छ, आफ्नै घर परिवारसँग बसेर घर चलाएर बचत पनि गर्न सकिन्छ ।” उनले भनिन् । काभ्रेपलाञ्चोकको बनेपा विगतदेखिको व्यापारिक केन्द्र पनि भएको र अरनिको र बिपी राजमार्ग पनि जोडिएकाले मानिसको सबै कुराको केन्द्रीत भएपछि पछिल्लो समयमा साना खालका सवारी साधनको व्यवसाय फस्टाउँदै गएको छ । लगानी पनि रु चार लाखदेखि पाँच लाखसम्म भए पुग्ने र त्यसका लागि सहकारीमार्फत किस्ताबन्दीमा पनि पाइने भएपछि व्यवसाय गरेर खान चाहनेका लागि अटो रिक्सा व्यवसाय युवाको रोजाइ बनेको छ । अटो रिक्सा व्यवसायी भन्छन्, “खटेर काम गरेमा राम्रै आम्दानी हुन्छ, कहिलेकाहीँ प्रहरी र नगरपालिकाले पार्किङमा दुःख दिने बाहेक अरु त सबै राम्रो छ ।” त्यसरी सञ्चालनमा ल्याएवापत नगरपालिकालाई वार्षिक रु ५०० कर तिर्नु परेको व्यवसायी बताउँछन् । बनेपा आसपासका भित्री शहर र बस्तीमा जान र वरिपरिका शहर धुलिखेल, पनौती, साँगा, नाला, चौकोट लगायतका ठाउँमा जान पनि सहज हुने भएकाले अटो रिक्सा व्यवसायी बढ्दै गइरहेका छन् । अहिले बनेपामा मात्रै दैनिक १५ देखि २० वटासम्म अटो रिक्सा सञ्चालनमा छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending