वर्ष दिनभित्रै मुलुकभर फोरजी विस्तार हुन्छ - सञ्चारमन्त्री बाँस्कोटा
माघ २२ गते, २०७५ मगलवार 5th February, 2019 Tue१६:४९:४० मा प्रकाशित
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताएका छन्।
नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पु¥याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
“कम्पनी ९टेलिकम० लाई जनताले माया र विश्वास गरेका छन् तर सम्पूर्ण क्षमताको प्रयास चाहिँ अलमल र जिम्मेबारीबाट पन्छिएको जस्तो भएको छ, टेलिकम ‘नम्बर वान’ थियो छ, हुनुपर्छ र चुनौतीविहीन नम्बर वान हुनुपर्छ, एउटा केही विषय आउनासाथ तर्सिने होइन काम द्रुत गतिमा अघि बढाउने हो, को आयो को गयो मतलब हुँदैन, इमान्दार बनौँ, काम गरौँ, तर्सिनुपर्दैन”, सञ्चारमन्त्री बाँस्कोटाले भने ।
उहाँले टेलिकमको चौथो पुस्ताको सेवा ‘फोरजी’ विस्तारमा विलम्ब भएकोप्रति इङ्गित गर्दै दीर्घकालीन महत्वका आयोजनालाई यो वा त्यो बहानामा अल्झाइराख्नु उपयुक्त नहुने धारणा राखे ।
मन्त्री बाँस्कोटाले भने, “फोरजी वर्ष दिन अल्झिएको छ, संसदीय समितिमा जवाफ दिँदै हैरान भएको छ । कि त औचित्य छैन भन्नुप¥यो, होइन भने सबल बनाउन सबै लाग्नुपर्छ । टेलिकमको हितमा कोहीसँग पनि घुँडा टेकिन्नँ, गल्ती नगरेसम्म डराइन्नँ ।”
फोरजी, अप्टिकल फाइबरलगायतका महत्वपूर्ण आयोजना अघि बढेसँगै टेलिकम सुध्रिएको सङ्केत देखिएको भन्दै उहाँले निजी क्षेत्र नाफा कमाउने क्षेत्रमा मात्रै पुग्ने भएकाले टेलिकम त्योभन्दा फरक गरीब जनताको क्षेत्रमा जाने भएकाले उसँगको प्रतिस्पर्धामा अल्झन नहुने उल्लेख गरे ।
वर्ष दिनभित्रै फोरजी विस्तार
सञ्चारमन्त्री बाँस्कोटाले फोरजी सेवालाई एक वर्षभित्रै मुलुकभर विस्तार गरिने बताए। “चुनौतीकै बीच १२ महीनामा फोरजी सक्नुपर्छ, अब समय तालिकामा काम गर्ने हो । सरकारले त्यतिकै आर्थिक समृद्धिको कुरा गरेको छैन । समृद्धिको एउटा मेरुदण्ड टेलिकम पनि हो, यसको सेवा र गुणस्तर प्रभावकारी हुनुपर्छ”, उनले भने ।
अब टेलिकमको छुट्टै पूर्वाधार कम्पनी
दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा अब छुट्टै पूर्वाधार कम्पनी स्थापना गरिने भएको छ । टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी खडा गरिने सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
उनले, “मैले चालकदेखि प्रबन्धकसम्म अनुरोध गरेको छु, एकताबद्ध भएर काम गरेमात्र संस्थाको अस्तित्व जोगिन्छ, अर्काको रिस गरेर पुग्दैन, हामीले आफ्नो क्षमता देखाउनुपर्छ । कामको गति बढाउनुपर्छ, भएको जनशक्तिलाई प्रभावकारी बनाउनुपर्छ ।”
टेलिकममा रणनीतिक साझेदार भित्र्याउने सन्दर्भमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले साझेदारी प्राविधिक विषय भएकाले सकेसम्म जनताको साझेदारी खोज्ने पक्षमा सरकारको ध्यान गएको उल्लेख गरे ।
“हामी सकेसम्म आफैँ गराँै भन्ने हो किनकी ठूलो रकम बाहिरिने सम्भावना छ, जनताले पानीमा लगानी गर्न हुने, टेलिकममा लगानी गर्न नहुने भन्ने के छ रु यसमा ठूला कम्पनी पनि सामेल हुनसक्छन्”, उनले भने।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकम महत्वपूर्ण आयोजना कार्यान्वयनको चरणमा रहेकाले सम्पूर्ण क्षमताको भरपूर उपयोग गरी सेवालाई जनमुखी र प्रभावकारी तुल्याइनुपर्ने खाँचो औँल्याए ।
“महत्वपूर्ण आयोजना अघि बढ्दैछन्, केही चुनौती छन् तर अवसर उत्तिकै भएकाले फोरजी, अप्टिकल फाइबरलगायत आयोजनालाई समयभित्रै सम्पन्न गर्न सबै जिम्मेवारीपूर्वक लाग्न जरुरी छ”, उनले भने ।
नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाई दुर्गम क्षेत्रका जनताको पहुँचमा पु¥याइनुपर्नेमा जोड दिए ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको प्रगति विवरण प्रस्तुत गर्दै सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाइने बताए । टेलिकम कर्मचारी ट्रेड युनियनका प्रतिनिधि राजबहादुर रावलले सेवा सुदृढीकरणसँगै कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने धारणा राखे ।
सो अवसरमा टेलिकमले टेलिकमसम्बन्धी समाचार सम्प्रेषण गर्ने उत्कृष्ट दुई पत्रकारलाई ‘टेलिकम पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको छ । कारोवार दैनिकका पत्रकार सरस्वती ढकाल र दी हिमालयन टाइम्सका सुजन ढुङ्गानालाई जनही नगद रु ४० हजार र प्रशंसा–पत्रसहित सम्मान गरिएको हो । ती पुरस्कार सञ्चारमन्त्री बाँस्कोटाले वितरण गरेका थिए ।
यस्तै, टेलिकमले निर्धारण गरेको एक अर्ब २५ करोड कार्ड बिक्री गर्ने सात कार्ड विक्रेता कम्पनी र ५० करोड बिक्री लक्ष्य पूरा गर्ने तीन कम्पनीलाई सम्मान गरेको छ । सोही अवसरमा सञ्चारमन्त्री बाँस्कोटाले टेलिकमको स्मारिका विमोचन गरेका थिए ।
टेलिकममा २० वर्ष सेवा गर्ने १७० कर्मचारीलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: