Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सरकारले हैकमवादी प्रवृत्ति र निषेधको राजनीति गरेकाे कांग्रेसकाे दाबी

काठमाडौं, २२ माघ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले बर्तमान सरकार गणतन्त्र र यसका मान्यताका विरुद्ध उभिएको बताएको छ । मंगलबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सरकारमाथि उक्त आरोप लगाएको हो ।

कांग्रेसले सरकारमा हैकमवादी प्रवृत्ति देखिएको र निषेधको राजनीति भइरहेकोसमेत दावी गरेको छ । ‘जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको सर्वोच्च निकाय संसदमा संसदीय पद्धति र प्रचलन विपरीत एकदलीय शैलीमा प्रतिपक्षीलाई निषेध गर्दै हैकमवादी शैलीमा संसद सञ्चालन गरिएको छ’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

सरकारका विरुद्ध माघ २१ गते गरिएको विरोध सभामा हजारौं जनता सहभागी भएको कांग्रेसले दावी गरेको छ । यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्ति ।

वर्तमान अधिनायकवाद उन्मुख कम्युनिष्ट सरकार हजारौं नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संसदीय लोकतान्त्रिक, गणतन्त्र र यसका आधारभूत मूल्य र मान्यतालाई क्षत विक्षत बनाउँदै भ्रष्टाचार, महंगी, हत्या, हिंसा र बलात्कारजस्ता गैरकानूनी र अपराधिक घटनाको मतियार बनेको छ । जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको सर्वोच्च निकाय संसदमा संसदीय पद्धति र प्रचलन विपरीत एकदलीय शैलीमा प्रतिपक्षीलाई निषेध गर्दै हैकमवादी शैलीमा संसद सञ्चालन गर्ने, प्रधानमन्त्री स्वयंको अग्रसरतामा गरिएको सम्झौता विपरीत संसदलाई ढाँटेर चिकित्सा शिक्षा विधेयक विवादास्पद र जवर्जस्ती तरिकाले पारित गर्ने, चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राखी शान्तिपूर्ण सत्याग्रहमा रहेका डा. गोविन्द के.सी.को माग र जीवन रक्षाप्रति मन्त्री स्वयंबाट विल्कूलै अनुत्तरदायी र गैरजिम्मेवार अभिव्यक्ति र व्यवहार गरिनु, मुलुकको ऐतिहासिक परिवर्तनका धरोहर स्वर्गीय नेताहरु, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई खारेज गर्ने प्रपञ्च गर्नु, संवैधानिक परिषद्मा विपक्षी दलको नेतालाई छलेर संवैधानिक आयोगमा मनपरी नियुक्ति गर्नु, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र जघन्य हत्याका दोषीलाई संरक्षण गरी निर्दोष व्यक्तिलाई चरम यातना दिई जवर्जस्ती अपराध कबुल गराउने दुष्प्रयास गर्नेजस्ता अत्यन्त क्रूर र निन्दनीय घटनाहरुमा वर्तमान सरकार स्वयं संलग्न र साझेदारी रहेको प्रष्ट भएको छ ।

मित्र राष्ट्रहरुसँगको नेपालको सन्तुलित परराष्ट्र नीति र समदुरी भावका विपरीत विवादास्पद अभिव्यक्ति दिने, मुलुकको सामाजिक र सांस्कृतिक सद्भाव र एकतामा आँच पुर्याउने गरी विवादास्पद अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्रममा सरकार स्वयं सह–आयोजक बन्ने र सरकारी स्रोत साधनको दुरुपयोग गर्नेजस्ता अनगिन्ती जनविरोधी र राष्ट्रहित विपरीतका क्रियाकलापमा केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार गठन भएको एक वर्ष नबित्दै किर्तिमान कायम गरेको छ ।

नेपाली जनताको अभिमतबाट सरकारमा पुगेको दलले मुलुकवासीका आकांक्षा र राष्ट्रका समस्याहरुको समाधानमा क्रियाशील रहनेछ भन्ने प्रतिपक्षी दल लगायत सबै देशवासीको अपेक्षा रहेकोमा त्यसको ठीक विपरीत हत्या, हिंसा, डर, त्रास, आतङ्क, भ्रष्टाचार, बलात्कार, महंगी लगायत अनेकन जनविरोधी र आपराधिक क्रियाकलापको पृष्ठपोषणमै सरकार उद्दत रहेको अवस्थामा, प्रतिपक्षी दलको नाताले यस्ता जनविरोधी र आपराधिक क्रियाकलापलाई निस्तेज गर्नका लागि नेपाली कांग्रेसले पटक–पटक संसदमा आवाज उठाउँदै आएता पनि अधिनायकवाद उन्मुख कम्युनिष्ट सरकारले अटेर गरी त्यस प्रकारका गतिविधिमा अझ बढी सक्रिय रहेकाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको माघ १३, २०७५ को बैठकको निर्णय अनुसार देशभरका ७७ वटै जिल्लामा कम्युनिष्ट सरकारको स्वेच्छाचारी, जनविरोधी र अधिनायकवाद उन्मुख गतिविधिका विरुद्ध खवरदारी गर्न विरोध सभाको आयोजना गर्ने निर्णय गरेको र उक्त निर्णय अनुसार हिजो माघ २१ गतेका दिन मुलुकभरका सबै जिल्लामा हजारौं जनताको सहभागितामा विशाल विरोध सभाका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएका छन् ।

देशका ७७ वटै जिल्ला सदरमुकाममा वर्तमान कम्युनिष्ट सरकारको जनविरोधी र अलोकतान्त्रिक क्रियाकलापबाट आजित भएका जनताहरुको स्वतःस्र्फूत अपार जनसहभागिताबाट वर्तमान सरकारप्रतिको जनआक्रोश र निराशा प्रष्ट भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित हिजोको विरोध सभाका देशव्यापी विशाल जनप्रदर्शनबाट वर्तमान निरंकुश र सर्वसत्तावादी सरकार जनताको आशा र विश्वास गुमाई सकेको प्रष्ट भएको छ ।

नेपाली कांग्रेस उक्त विरोध प्रदर्शनमा सहभागी देशभरका सम्पूर्ण लोकतन्त्रवादी आदरणीय दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक धन्यवाद प्रकट गर्दै वर्तमान सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका जनविरोधी र अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज पार्नका लागि भविष्यमा पनि अझ बढी चनाखो र सजग रही सक्रिय रहनुहुनेछ भन्ने विश्वास समेत लिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: