Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण

मुग्लिन । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ । हेटौँडास्थित प्रदेश नं ३ पर्यटन विकास आयोजना कार्यालयबाट रु २५ लाख उपलब्ध भएकाले लामो झरनासँगै भ्यूटावरसहितको गोलोघर निर्माण गर्न लागिएको जलविरे लामो झरना पर्यटन विकास समिति अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिनुभयो ।भ्यूटावरसहितको गोलोघरबाट झरनाको अवलोकन गर्न सकिनेछ भने पर्यटकले आराम गर्नेछन् । उक्त गाउँपालिकाले यस आर्थिक वर्षमा झरनासम्म जाने मोटरबाटो बनाउन रु ४० लाख छुट्याएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए । गत वर्ष पनि गाउँपालिकाले रु आठ लाखको बजेट विनियोजन गरी झरनामा रेलिङ र सिँढी निर्माण गरिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “झरनासम्म मोटरबाटो पुगिसकेको छ, त्यसलाई स्तरोन्नति गर्नका लागि गाउँपालिकले रु ४० लाख विनियोजन गरेको छ, अब चाँडै काम शुरु हुनेछ । झरनामा सरसफाइका काम नियमित भइरहेको वडा अध्यक्ष भूपेन्द्र चेपाङले बताए । भौतिक पूर्वाधार पनि बनिरहेकाले यसले पूर्णता पाएपछि पर्यटकको सङ्ख्या वृद्धि हुने उहाँको भनाइ थियो । इच्छाकामनामा उक्त झरनासहित सिराइचुली, ऐतिहासिक उपर्दाङगढी, इच्छाकामना मन्दिरलगायत पर्यटकीयस्थल भएपनि भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यी ठाउँमा सोचेजति पर्यटक पुग्न सकेका थिएनन् लामो झरनामा भने नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन् । सडकबाट सो स्थानमा पैदल ३० मिनेटमा पुग्न सकिन्छ । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । साठी मिटरभन्दा लामो रहेको भिरालोको झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँ पर्यटक स्वतःस्फूर्तरुपमा आउँछन् । सुन्दर प्राकृतिक मनोरम दृष्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ । चर्काे गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । अध्यक्ष गुरुङले पूर्वाधार थपिएकाले पछिल्लो समय झरना र आसपासका क्षेत्र व्यवस्थित बन्दै गएको बताउनुभयो । सो झरनामा अवलोकनका लागि दैनिक कम्तीमा १०० पर्यटक पुग्छन् । नारायणगढबाट २९ किलोमिटर मुग्लिनतर्फ रहेको उक्त क्षेत्र काठमाडौँ, पोखरा र सौराहा आउने पर्यटकका लागि बसाइँ लम्ब्याउने एउटा गन्तव्य बनेको छ । झरनामाथि रहेको गुरुङ बस्ती याकराङ गाउँमा होमस्टे पनि सञ्चालन गरिएको छ । लामो झरना अवलोकनपछि गुरुङ समुदायको संस्कृति अवलोकन तथा (होमस्टे) घरबासमा बस्न पर्यटक जाने गर्दछन् । याकराङ गाउँमा पर्यटकलाई गुरुङ संस्कृत झल्किने नाचगानसहित स्वागत गरिन्छ । क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार निर्माण हुनुभन्दा पहिलेदेखि नै यहाँ पर्यटकले क्यानोनिङ गर्ने गरेका थिए । अहिले क्यानोनिङ एशोसिएसनमा आबद्ध विभिन्न सात ¥याफ्टिङ संस्था लामो झरना पर्यटन विकास समितसँग आबद्ध छन् । ती संस्थाले क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, जम्पिङ, स्लाइडिङ र हाइकिङ गर्न स्वदेशी तथा विदेशी पर्यटक ल्याउने गरेका छन् । यहाँ प्रवेश गर्न नेपाली पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि नेपालीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ । यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy