रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्न प्रजातिका सात हजार बिरुवा रोपिएको हो ।
संघीय संसद देव प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्तामा चन्द्रपुर नगरपालिका ८ मरधर धार्मिक वन क्षेत्र भित्र आयोजित वृक्षारोपण कार्यक्रमको उदघाटन गरेका थिए । उक्त कार्यक्रममा सिसौं, खयर, अमला, सतिसाल,मलेसियन साल, ईमली , बेल,रुद्राक्ष र बिभिन्न जातको आँपको गरी सात हजार बिरुवा रोपिएको छ ।
नेपाली सेना वीरदल गण गौरको आयोजना र चाँदी धार्मिक वन व्यवस्थापन समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण गरिएको हो । चुरे भावर क्षेत्र संरक्षणमा नेपाली सेनाले अग्रसरता देखाउँदै संविधान दिवसको अवसर पारेर मरधर धार्मिक वन क्षेत्रमा वृहत् वृक्षारोपण गरिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद युवराज भट्टराइ तथा श्री २८ नम्बर बाहिनीका बाहिनीपति सहायक रथि राजेन्द्र मणि गिरीको उपस्थिति रहेको थियो । चुरे क्षेत्र संरक्षणमा नेपाली सेनाको सहयोग बढाउने उदेश्यले उक्त वृहत् वृक्षारोपण गरिएको नेपाली सेना विरदल गणका प्रमुख कर्णेल किशोर अधिकारीले बताएका छन् । कार्यक्रममा सहायक सिडियो नरेस प्रसाद यादव, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपि विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह, डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह, चाँदि धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष तुलसी राज गिरी, जनप्रतिनिधीहरु, नेपाल राष्ट्रिय भुतपुर्व संघका पदाधिकारीहरु, लगायत बिभिन्न क्षेत्र संग आब्द गरी करिब पाँच सय जना मानिसको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - २१:०२
सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...
पौष ५ गते, २०८१ - २०:५१
काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...
पौष ५ गते, २०८१ - २०:२९
झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...
पौष ५ गते, २०८१ - २०:२४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । क...
पौष ५ गते, २०८१ - १९:५९
काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...
पौष ५ गते, २०८१ - १९:४४
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल र दक्षिण ...
पौष ५ गते, २०८१ - १९:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । ...
पौष ५ गते, २०८१ - १९:३२
क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...
पौष ५ गते, २०८१ - १९:२८
पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...
पौष ५ गते, २०८१ - १९:२४
काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...
प्रतिकृया लेख्नुहोस्: