माघ २७ गते, २०७५ आइतवार 10th February, 2019 Sun१०:४४:१३ मा प्रकाशित
धेरै मानिसहरूका लागि जेल सजाय अभिशाप हुन्छ, जिन्दगीकै सबैभन्दा बिर्सनलायक क्षण हुन्छ। तर घरेलु हिंसापीडित महिलाहरूले यसलाई अलि फरक रुपमा हेर्नसक्छन्।
न्यायाधीसको जेल पठाउने निर्णयको प्रतीक्षा गरिरहँदा लिली लेविसले हाँसो रोक्न सकिनन्। त्यो अवस्थामा हाँसउठ्दो कुरा केही थिएन। लिलीको वकिलले उनलाई आठ वर्षको जेल सजाय हुनसक्ने बताएकी थिइन्।
लिलीसँगै बसेकी अर्की महिला आँसु झार्दै आफूलाई डर लागिरहेको भन्दै थिइन्। लिलीले उनलाई सान्त्वना दिने प्रयास गरिन् तर उनलाई थाहा थिएन उनी के कुरासँग डराइरहेकी थिइन्। अदालत बाहिर लिली गाली र पिटाइसँग अभ्यस्त थिइन्। उनी जेलमा भएका ५७ प्रतिशत महिला झैँ घरेलु हिंसापीडित थिइन्।
उनले दुर्व्यसनबाट निस्केर थुप्रै पटक आत्महत्याको प्रयास गरेकी थिइन्। जेलमा उनी आफूलाई पिट्ने र बलात्कार गर्ने पुरुषबाट सुरक्षित थिइन्। उनका चारजना बालबच्चा उनीभन्दा टाढा लगिएका थिए त्यसैले उनले जेल सजायबाट गुमाउने कुरा केही थिएन।
मलाई जेल लैजाउ, म तैयार छु
सात वर्ष, न्यायाधीसले उनलाई सजाय सुनाउँदै भने। उनीविरुद्ध धोखाधडीको षडयन्त्र रचेको आरोप थियो। उनले अदालतमा आफू दोषी भएको मानेकोले सजाय केही कम भएको थियो। लिलीको मुखबाट मुस्कान हराएन। राम्रो व्यवहार देखाए उनी साढे तीन वर्षमा मुक्त हुन सक्थिन् र उनलाई लाग्यो त्यति वर्ष त उनी जेलमा बस्न सक्छिन्।
लिली सन् १९७१ मा मेर्सेसाइडमा तीनजनामा कान्छी छोरीका रुपमा जन्मिएकी थिइन्। उनको बुवा घानाबाट आएका थिए र उनी प्राथमिक विद्यालयमा पढ्दा एकमात्र मिश्रित अनुहारकी थिइन्। त्यसैले बाल्यकालभर उनलाई आफू फरक भएको अनुभूति भइरह्यो।
सात वर्षको हुँदा उनलाई आफू घर्मपुत्री भएको थाहा भयो। उनले आमालाई आफूलाई जन्म दिने आमाको बारेमा सोध्दा उनले आफूलाई नचाहेको मात्रै थाहा पाइन्। घर्मपिता र घर्ममाताले पनि आफूलाई छोड्ने डरले उनी आतङ्कित बनिन्।
पन्ध्र वर्षको हुँदा उनले रक्सी पिउन सुरु गरिन्। पिउन थालेपछि रोक्न सकिनन्। उनको थुप्रै प्रेमी बने। उनलाई माया चाहिएको भान हुन्थ्यो र जसले माया देखाउँथ्यो ऊ उनको प्रेमी बन्थ्यो। प्रेमीहरूको पिटाइलाई पनि उनले मायाकै रुपमा ग्रहण गरिन्।
जेलमा उनलाई नयाँ कैदी स्वागत गर्ने काम दिइयो। उनी छिट्टै जेलजीवनमा अभ्यस्त भइन्। उनी रक्सी र लागूपदार्थबाट टाढा थिइन्। जेल आउँदा उनको तौल ज्यादा थियो तर प्रत्येक दिन व्यायामशाला जान र नियमित खान थालेपछि उनी ठिक्ककी भइन्। जेलमा उनले किताबहरू पढिन् र परीक्षाहरू पास गरिन्।
जेल परेको ६ महिनापछि लिलीले आफूलाई सजाय तोक्ने न्यायाधीसलाई पत्र लेखिन् र उपहारको रूपमा समय दिएकोमा धन्यवाद भनिन्।उनले लेखिन्,\'मेरो अनुभवमा जेल अनुभव धेरैका लागि काम गर्दैन तर मेरो लागि राम्रो गरिरहेको छ।\'
कहिल्यै छाडेन दुर्व्यवहारहरूले
दुर्व्यवहार लिलीको किशोरावस्थादेखिकै सम्बन्धहरूमा एक अंश थियो। उनको सम्बन्ध भएकाहरूमध्ये एक जना माइकल थिए। एक दिन लिली गर्भवती हुँदा उसले उनलाई भर्याङ्बाट खसालीदियो। त्यसको केही घण्टापछि उनी सुत्केरी भइन्।
त्यसको ६ हप्तापछि फेरि पिटाइ शुरु भयो। एकपटक छिमेकीहरूले प्रहरी बोलाए। प्रहरी आउँदा प्राथमिक विद्यालय पढिरहेकी उनकी अर्की छोरीले भनेकी थिइन्, \'कृपया सहयोग गर्नुहोस्, मेरी आमा मरिन्।\' पिट्नेमात्रै होइन्, माइकलले लिलीलाई नियमित बलात्कार गर्थे।
माइकल उनलाई पिटेको आरोपमा जेल गएपछि उनले नयाँ साथी खोजिन्। उसले पिट्दैन थियो तर बन्दुक देखाएर थर्काइरहन्थ्यो।त्यो र त्यसपछिका सम्बन्धहरूका बीच लिलीले नियमित रक्सी मात्रै होइन, लागू औषधीपनि लिइन्। बीस महिना जेलमा बिताएपछि लिलीलाई पुनर्वास योजना अन्तर्गत जेलबाट एकदिन सहर लगियो। उनी सडकपेटीमा हिँडिरहँदा उनलाई सबै वस्तु उज्यालो भान भयो।
पेटीमा त्यसै हिँडिरहँदा भेटिने प्रत्येक मानिसलाई उनले मलाई माफ गर्नुस भनिरहिन्। तर त्यो भनाइको कारण थियो उनीभित्रको उत्साह र खुसी। उनले छाता किनिन्, अङ्गुर किनिन् र कफी खाँदै एउटा पसलमा बसिन्। एकजनाले उनलाई तिमी राम्री छ्यौ भने, उनले धन्यवाद भनिन्। उनलाई कसैले देखेकोमै खुसी लाग्यो।
त्यो दिन बेलुकी जेल फर्केपछि उनले मन्त्र बनाइन्स् आई लभ लाइफ। आई लभ लाइफ। आई लभ लाइफ। (म जीवनलाई माया गर्छु।) त्यसपछि उनलाई काम गर्न जेलबाहिर जान दिइयो। क्रिसमसको दिन साथीहरूले निमन्त्रणा गर्दा उनी रोइन्। लिलीले घरेलु हिंसाको असरबाट मुक्त हुनका लागि मनोपरामर्शको सहयोग लिन सुरु गरेकी छिन्। छोरीसँगको सम्बन्ध राम्रो बनाएकी छिन् र उनले आफूलाई जन्मदिने आमाबुवा पत्ता लगाउन एकजना सामाजिक कार्यकर्ताको सहयोग लिइरहेकी छिन्।
अन्ततस् उनले बाल्यकालदेखि उत्तर पाउन नसकेको आमाबुवाको बारेको प्रश्नको जवाफ पाउने क्रममा छिन्। उनको जन्मदिने आमाको केही वर्ष अगाडि मृत्यु भएपनि उनको बुवा जिउँदै छन् भन्ने जानकारी उनले पाएकी थिइन्। उनले बुवाको ठेगाना पाएपछि चिठ्ठी लेखेर आफूले नराम्रो नसोचेको तर भेट्न चाहेको बताएकी थिइन्। त्यसको तीन महिनापछि उनले फोन गरे र मीठो बोलीमा कुरा गरे।
बुवाले लिलीलाई उनकी आमापनि हिंसात्मक सम्बन्धमा रहेको बताए र आफूले उनकी पति जेलमा हुँदा छोटो समयका लागि सम्बन्ध राखेको बताए। पति पनि स्वेत वर्णकै भएकाले मिश्रित बच्चा पाल्न सक्ने अवस्थामा नभएर लिलीलाई छोडिदिएको बताए।
ूमेरी आमा मजस्तै भएकी रहिछिन्, लिलीले भनिन्। \'उनी आफ्नो पतिलाई खुसी राख्न चाहन्थिन, जुन म बुझ्छु किनभने मैले जतिसुकै हिंसा सहेरभएपनि त्यहि प्रयास गरेँ।\'
पहिलो पटक भेट्दा बुवाको हात समातेर उनले आफ्नो जीवनको सबै कहानी भनिन्। उनी रोए र लिलीसँग माफ मागे। उनले लिलीलाई माया गर्छु भने जुन त्यहि शब्द थियो जसलाई बाल्यकालदेखि उनले महसुस गर्न चाहेकी थिइन्।
अर्थपूर्ण जीवन
एक अपरान्ह, लिली हातमा कफी लिएर आफ्नो कार्यालयबाहिर उभिरहेकी छिन्।
उनलाई देख्ने कसैले पनि यत्तिको राम्रोसँग लुगा लगाएकी महिला रातमा जेलमा फर्किन्छिन भनेर सोच्न पनि सक्दैन।
स्वतन्त्रताका लागि अझै लामो समय छ तर उनले अपराध गरेका किशोरकिशोरीहरूका लागि काम गर्न थालेकी छिन्।
त्यसले उनको जीवनलाई अर्थपूर्ण बनाइरहेको छ। उनको छोरीसँगको सम्बन्ध मीठो छ।
तर उनले जेल जीवनमा प्राप्त गरेको सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो जुन उनले अहिलेसम्मको जीवनमा खोजिरहेपनि थाहा पाउन सकेकी थिइनन्स् आत्मसम्मान।
मैले कहिले आफूलाई मन पराइन, उनी भन्छिन् र मुस्कुराउँछिन् \'अहिले म आफूलाई असाध्यै मन पराउँछु। बीबीसी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: