Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

ती अस्त्रहरू जसले पारमाणविक युद्धको खतरा निम्त्याउँदै

पारमाणिवक युद्धको खतराको सोचले नै मानिसलाई त्राहिमाम् बनाउँछ। तर पनि परमाणु अस्त्र र अन्य हतियारबीचको भिन्नता मेटिँदै गर्दा युद्धको खतरा बढिरहेको छ। पारमाणविक र गैरपारमाणविक अस्त्रहरू एकआपसभन्दा बिल्कुलै भिन्न कहिल्यै थिएनन्। उदाहरणका लागि बी- २९ बमवर्षक विमान गैरपारमाणविक बम खसाल्न बनाइएको थियो तर सन् १९४५ मा जापानको हिरोशिमामा इनोला गे नामक यस्तै विमानबाट परमाणु बम खसालियो। हिरोशिमामा परमाणु बम खसालिएको ७४ वर्षपछि अहिले विश्वका नौ देशसँग हजारौँ पारमाणविक अस्त्र छन् र ती अस्त्रहरू अब गैरपारमाणविक हतियारसँग एकाकार हुँदै गएका छन्। सन् १९८६ मा विश्वमा सबैभन्दा धेरै ६४ हजार पारमाणविक अस्त्र थिए, अहिले त्यो सङ्ख्या कम छ तर समकालीन केही परमाणु हतियारहरू हिरोशिमामा खसालिएको बमभन्दा ३०० गुणा शक्तिशाली छन्। ब्रिटेनबाहेक अरू सबै परमाणु अस्त्र भएका देशहरूसँग पारमाणविक वा गैरपारमाणविक दुवै खाले अस्त्र प्रयोग गर्न मिल्ने प्रविधियुक्त क्षेप्यास्त्र छन्। रुसले भर्खरै बनाएको क्रुज क्षेप्यास्त्र ९ एम ७२९ यसको एउटा उदाहरण हो। अमेरिकाका अनुसार ५०० किलोमिटर परसम्म प्रहार गर्न मिल्ने त्यो क्षेप्यास्त्रमा पारमाणविक र गैरपारमाणविक दुवै अस्त्र प्रयोग गर्न मिल्छ। अमेरिकाले त्यो रुसी क्षेप्यास्त्र लामो दूरीको परमाणु अस्त्रविरुद्धको एक अन्तर्राष्ट्रिय सहमति विपरीत भएको दाबी गरेको छ। अमेरिकाले नयाँ अस्त्र होडबाजीप्रति चिन्ता व्यक्त गर्दै आफू सो सहमतिबाट बाहिरिने घोषणा गरेको छ। चीनले भर्खरै नयाँ डीएफ-२६ क्षेप्यास्त्र प्रदर्शन गरेको छ। त्यो क्षेप्यास्त्र २,५०० किलोमिटर परसम्मको लक्ष्यमा प्रहार गर्न मिल्ने र दुवै प्रकारको अस्त्र लिएर उड्न सक्ने खालको छ।यी क्षेप्यास्त्रहरूले परमाणु युद्धको खतरा बढाउने केही अवस्थाहरू छन्। सबैभन्दा स्पष्ट अवस्था भनेको ती क्षेप्यास्त्रहरूमार्फत् गैरपारमाणविक बम प्रहार भएको अवस्थामा अन्य देशहरूले त्यस्तो घटनामा परमाणु हमला भयो कि भनेर झुक्किन सक्ने स्थित‌ि रहन्छ। र प्रतिकारका रूपमाअर्को देशले परमाणु अस्त्र प्रहार गर्न सक्छ। युद्धको अवस्थामा व्यावहारिक खतरा भनेको यस्ता क्षेप्यास्त्रहरूमा परमाणु अस्त्र छन् या छैनन् भनेर एकिन हुन नसक्ने अवस्था हो। स्याटेलाइट प्रणाली क्षेप्यास्त्रहरू मात्रै होइनन् अन्य प्रविधिहरूमा पनि पारमाणविक र गैरपारमाणविक अस्त्रहरू स्पष्ट छुट्याउन नसकिने खालका हुँदै गएका छन्। उदाहरणका लागि सबै परमाणिक शक्तिका लागि सञ्चार आवश्यक पर्छ जसका लागि स्याटेलाइट आवश्यक पर्नसक्छ। तर धेरै अवस्थामा परमाणिक प्रणालीमा प्रयोग गरिने सञ्चार गैरपरमाणिक अभ्यासमा प्रयोग गर्न थालिएको छ। अमेरिकाले आक्रमणका बारेमा जानकारी दिने स्याटेलाइट प्रणाली प्रयोग गर्छ जुन रुसले छोटो दूरीको गैरपरमाणविक क्षेप्यास्त्र प्रयोग गरेको अवस्थामा त्यसलाई खसाल्ने पहिलो चरणको रूपमा प्रयोग हुन्छ। रुसले अमेरिकाको त्यो सूचना दिने स्याटेलाइनमाथि नै आक्रमण गर्नसक्छ। अमेरिकी सूचना अनुसार रुसले लेजरमा आधारित त्यस्तो हतियार बनाउने प्रयास गरिरहेको छ। यदि त्यस्तो भएको अवस्थामा अमेरिकाले रुसले आफूमाथि परमाणिक अस्त्र प्रहार गर्न लागेको सोचेर त्यस्तै प्रतिक्रिया दिनसक्छ। अस्त्रमाथि प्रतिबन्ध पारमाणविक अस्त्र भएका सरकारहरू पनि यो अवस्थाका बारेमा जानकार छन्। र उनीहरूलाई यसबाट हुनसक्ने खतराहरूबारे पनि थाहा छ। तर यो खतरालाई कम गर्नेसम्बन्धी कार्य उनीहरूको प्राथमिकतामा छैन। उनीहरू अझैपनि बलिया र शक्तिशाली हतियार बनाउन चाहन्छन्। अहिलेको अवस्थामा ती देशहरू यो विषयमा छलफल गर्न एउटा टेबुलमा बस्न पनि नसक्ने अवस्थामा छन्। यो सामग्रीको बारेमा यो विश्लेषणात्मक सामग्री बीबीसीले बाहिरी संस्थामा काम गर्ने विज्ञलाई लेख्न लगाएको हो। कार्नेगी एनडाओमेन्ट फर इन्टरनेशनल पिसमा जेम्स एक्टन न्यूक्लियर पोलिसी प्रोग्रामको सह(निर्देशक छन्। लेखकलाई ट्विटरमा यहाँ भेट्न सकिन्छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending