Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा

खबरडबली संवाददाता

म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा तय गरेका छन्। 

दलीय घेराबन्दी र सङ्गठनात्मक शक्तिलाई चुनौती दिँदै ७१ वर्षीय पुनले स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक सफलता हात पारेका हुन्। निर्वाचनमा उनले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९ सय ३१ को भारी मतान्तरले पराजित गरे। पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठ निकै पछि परे।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका पुनले गत माघ ४ गते पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिने घोषणा गरेका थिए। मन्त्री पदमा रहँदा स्वार्थ समूहको दबाब र राजनीतिक हस्तक्षेपका कारण सोचेजस्तो काम गर्न नसकेपछि उनी जनताको साथ खोज्दै जन्मथलो फर्किएका थिए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मिएका पुनको यो जितले नेपाली राजनीतिमा केवल पैसा, पावर र सङ्गठनले मात्र चुनाव जितिन्छ भन्ने भ्रमलाई चिरेको छ।

पुनको चुनावी शैली अन्य नेताहरूको भन्दा बिल्कुलै भिन्न र सादगीपूर्ण थियो। उनले भड्किलो प्रचारप्रसार नगरी मतदातासँग अनौपचारिक संवाद र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेका थिए। अचम्मको कुरा त के छ भने, उनले चुनाव लड्न मतदाताबाटै आर्थिक सहयोग संकलन गरेका थिए। 

जितपछि पनि उनले विजय उत्सव वा तडकभडक नगर्न समर्थकहरूलाई आग्रह गर्दै सादगीपनको अर्को उदाहरण पेश गरेका छन्। म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद आचार्यका अनुसार मतदाताले लोभ, आश्वासन र डरभन्दा माथि उठेर पुनको व्यक्तित्व र योगदानलाई न्याय गरेका हुन्।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पुनले दुई दशकअघि नै म्याग्दीका गाउँगाउँमा ताररहित इन्टरनेट (वाइफाइ) पुर्‍याएर विश्वकै ध्यान खिचेका थिए। सूचना प्रविधि, शिक्षा र ग्रामीण पर्यटनमा उनले पुर्‍याएको योगदानकै कारण सन् २००७ मा उनले एसियाको नोबेल पुरस्कार मानिने ‘म्यागासेसे पुरस्कार’ पाएका थिए। उनले व्यक्तिगत जग्गा जमिन बिक्री गरेर र आफ्नै जीवनकथाको पुस्तक बेचेर आएको करोडौँ रकम आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा लगाएका छन्।

प्रतिनिधिसभामा अब उनी एक मात्र दलविहीन सांसदका रूपमा उपस्थित हुनेछन्। निर्वाचित भएपछि पुनले विद्यालय र विश्वविद्यालयमा व्याप्त राजनीतीकरण अन्त्य गर्ने र प्राविधिक शिक्षाको सुधारका लागि नीति निर्माणमा जोड दिने प्रतिबद्धता जनाएका छन्। म्याग्देली जनताले दिएको यो जनमतले अबको राजनीति निष्ठा र कामको आधारमा हुनुपर्छ भन्ने बलियो सन्देश दिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending