Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दृष्टिविहीन विद्यार्थीलाई सामग्री सहयोग

गलेश्वर । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीलाई रु २१ हजार बराबरका सामग्री सहयोग गरेका छन् । अध्यक्ष भण्डारीले कापी, कलम, मादल, सारङ्गी, पेनड्राइभ, स्पिकर, कम्प्युटरको किबोर्डलगायतका शैक्षिक सामग्री उपलब्ध गराएका हुन् । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले स्रोत कक्षाका बालबालिका र स्रोत शिक्षक गणेश सुवेदीलाई सो सामग्री हस्तान्तरण गरेका विद्यालयले जनाएको छ । गाउँपालिका अध्यक्षका रुपमा प्राप्त हुने सेवासुविधाको रकमलाई अध्यक्ष भण्डारीले कोषका रुपमा जम्मा गरेर सामाजिक क्षेत्रमा खर्चिने गरेका छन् । कोषबाट यसअघि अध्यक्ष भण्डारीले बेग, पाखापानी, झिँ र भगवतीका १५ घरपरिवारका ७५ जना असहाय, अपाङ्गता भएका र विपन्न परिवारका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए । शिख देउरालीमा पुख्र्यौली नाच प्रदर्शन उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा ‘शिख पुख्र्यौली समूह’ द्वारा पुख्र्यौली नाच प्रदर्शन गरिएको छ । परम्परागतरुपमा पूर्खादेखि गाउँदै बजाउँदै र नाचिँदै आएकाले यसलाई पुख्र्यौली नाच भन्ने गरिएको हो । यो नाच लोप भएर नजाओस् र यसलाई जगेर्ना गर्न सकियोस् भन्ने उद्देश्यले नाच प्रदर्शन गरिएको सेते तिलिजा पुनले जानकारी दिए । \'शिख पुख्र्यौली समूह’ ले गाउँमा कसैको छेवर, विवाह आदि संस्कारमा यो नाचलाई प्रदर्शन गर्ने गरेको तिलिजा पुनले जानकारी दिइन् । यस नाचमा कलाकारलाई खादा लगाइदिइ र शिरको टोपीमा पैसा घुसारी सम्मान गर्नुका साथै झेली र मादलकोसमेत पूजा गर्ने गरिन्छ । नाचको लागि एक जना गुर मादले हुने गर्दछ भने अन्य सहायक मादले हुन्छन् । त्यसैगरी एक जनाले भट्याएर आर्शिवाद प्रदान गर्ने गर्दछन् भने अरु कलाकार गोलाकाररुपमा नाच्ने गर्दछन् । शिखमा हालै प्रदर्शन गरिएको पुख्र्यौली नाचमा रु ३९ हजार १८५ सङ्कलन भएको र सो रकम गाउँको विकासमा लगाइने तिलिजा पुनले जानकारी दिएकी छिन् । निःशुल्क आँखा शिविरबाट करीब ५०० जना लाभान्वित म्याग्दीको बेनी नगरपालिका वडा नं ९ तोरीपानीमा बुधबार सम्पन्न निःशुल्क आँखा शिविरबाट करीब ५०० जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी घतान उपशाखाको आयोजना, जुनियर रेडक्रस सर्कल गलेश्वर मावि तोरीपानीको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी म्याग्दीको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क आँखा शिविरमा तोरीपानी, धुरीकोट, ढोल्ठान, घतान, काफलबोट, पात्लेखेत, ओख्लेलगायतका गाउँबाट उपचारका लागि आएका गलेश्वर मावि तोरीपानीका शिक्षक चन्द्रबहादुर लामिछानेले जानकारी दिए । शिविरमा विद्यार्थी, अभिभावक, सर्वसाधारण गरी ४८० जनाले आँखा जाँच गराएकामा १६ जनालाई चस्मा वितरण गरिने जनाइएको छ । शिविरमा बेनी अस्पतालका चिकित्सक दिनेश बानियाँले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । सोही अवसरमा चिकित्सक बानियाँलाई सम्मानसमेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमानसिंह बानियाँले चिकित्सक बानियाँ अबिर र खादा लगाएर सम्मान गरेका थिए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy