Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

काश्मिर आक्रमणः मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन

नयाँ दिल्ली। भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले शनिबार शोक पदर्शन गरेका छन् । काश्मिरका केही स्थानमा आज पनि निशेधाज्ञा जारी रहेको छ । विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका दुई हजार ५०० सुरक्षाकर्मीको दस्तामाथि जीप ठोक्काएर गरिएको आत्मघाति आक्रमणबाट मारिएका व्यक्तिहरूलाई उनीहरूको घर पठाइरहँदा भारतका विभिन्न स्थानमा शोक सभाहरू तथा प्रदर्शन भएका हुन् । काश्मिरमा मारिएका सुरक्षाकर्मीहरूको मृत शरीर शुक्रबार नयाँ दिल्ली ल्याइएको थियो जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले एक शोक कार्यक्रमकाबीच अन्तिम सम्मान प्रकट गरेका थिए । सुरक्षाकर्मीका मृत शरीरलाई उनीहरूको गाउँ वा शहरमा ल्याइएपछि स्वतस्फर्त रूपमा जम्मा भएका भारतीयहरूले पाकिस्तान विरोधी नारा लगाउँदै प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमहरूले देखाएका छन् । घटनामा पाकिस्तानको हात रहेको भारतको आरोप छ भने पाकिस्तानले आरोपको खण्डन गरेको छ ।  जम्मू–कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो । ३०० किलोमिटरको राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण छ र जहिले सुरक्षा व्यवस्था कडा रहन्छ । जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो । प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending