Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

इरानका विदेशमन्त्रीले गरे इन्स्टाग्राममार्फत राजीनामाको घोषणा

इरानका तर्फबाट सन् २०१५ को परमाणु सम्झौता गराउन प्रमुख भूमिका निर्वाह गरेका विदेशमन्त्री मोहम्मद जवाद जरिफले अनपेक्षित रूपमा आफ्नो पदबाट दिएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले राजीनामाको सार्वजनिक घोषणा गरेका थिए तर त्यसको कारण खुलाएनन्। डोनल्ड ट्रम्प सत्तामा आएपछि इरानसँगको परमाणु सम्झौताबाट अमेरिका पछि हटेको थियो। तुलनात्मक रूपमा उदारवादी मानिने जरिफले देशभित्रका कट्टरपन्थीहरूबाट चर्को दबावको सामना गरिराखेका थिए। इरानका आणविक कार्यक्रमहरु सीमित पार्ने सर्तमा उसमाथि लागेका अमेरिका सहितका पश्चिमा देशका प्रतिबन्धहरू फुकुवा गर्ने इरान परमाणु सम्झौतामा उनको ठूलो भूमिका थियो। सन् २०१८ मे महिनामा अमेरिका त्यसबाट पछि हटेसँगै र पुनस् प्रतिबन्ध लागेसँगै त्यसको भविष्य सङ्कटमा परेको ठानिएको छ। अमेरिकाले आफ्ना पश्चिमा साझेदारहरुलाई समेत इरान मामिलामा आफूलाई पछ्याउन आग्रह गर्दै आएको छ। जरिफले भने सन् २०१७ मै अमेरिका सम्झौताबाट पछि हट्न लागेको बताएका थिए। सोमवार तेहरान पुगेका सिरियाली राष्ट्रपति बसर अल असदले सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीसँग भेटेका थिए। तर विवरणहरूमा जनाइए अनुसार जरिफ त्यसमा सहभागी थिएनन्।सम्झौताको भविष्यमा प्रश्न उठिरहेका सन्देहरूलाई सङ्केत गर्नेगरी उनले इन्स्टाग्राममा इरानी जनताका नाममा सन्देश लेखेका छन्। जसमा पदमा रहँदा भएका गल्ती र पूरा गर्न नसकेका कामका लागि माफी चाहन्छुु लेखिएको थियो। इरानमा अन्य सामाजिक सञ्जालजस्तो इन्स्टाग्राम प्रतिबन्धित छैन। उनको राजीनामा राष्ट्रपति हसन रुवानीले स्वीकृत गर्छन् गर्दैनन् अझै स्पष्ट छैन। राष्ट्रपतिका एकजना प्रमुख सचिवले भने स्वीकृत भइसकेको भन्ने समाचारको खण्डन गर्दै एउटा ट्वीट गरेका थिए। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy