Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका चारजना मध्ये तीन पराजित

खबरडबली संवाददाता

खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चुनावमा होमिएको थिए। तीमध्ये तीनजना असफल भएको छन् भने एक जनाले मात्र निर्वाचनमा सफलता हासिल गरेको छन्।

झन्डै दुई वर्ष समय बाँकी छँदै लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका तीनजना उम्मेदवारको सङ्घीय संसदुमा जाने सपना अधुरै रह्यो । त्यसरी राजीनामा दिनेहरुमा बाँके–१ (क)बाट निर्वाचित तत्कालीन नेकपा माओवादी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसी नमुना, दाङ–३ (ख)बाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बर्दिया– २ (ख)बाट नाउपाबाट निर्वाचित धर्मबहादुर चौधरी र रूपन्देही–४ (क) तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैया बनिया रहेको छन्।

राजीनामा दिएकामध्ये रूपन्देही– ४ बाट कन्हैया बनिया मात्रै प्रतिनिधिसभामा निर्वाचित भएको छन् । २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ ९क०बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका बनियाँले यसपटकको चुनावअघि आबद्ध पार्टी र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएको थिए।

बनियाँ २८ हजार ६६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार दुई ६२ मत प्राप्त गरेको थिए।

तर प्रदेशसभा सदस्यबाट राजीनामा दिइ प्रतिनिधिसभा सदस्य हुन खोजेका नमुना, मास्की र चौधरीको आकाङ्क्षा भने पूरा भएन । तत्कालीन माओवादीबाट विजयी हुनुभएकी नमुना यसपटक बाँके १ बाटै उम्मेदवार बनेको थिए । तर उक्त क्षेत्रबाट रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार सात सय ९२ मत प्राप्त गरी निर्वाचित हुँदा केसी एक हजार दुई ४० मत मात्रै पाएर छैटौँ स्थानमा रहे ।

कांग्रेस–माओवादीसँगको गठबन्धनबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका तत्कालीन माओवादी केन्द्र हाल नेकपामा धनबहादुर मास्की दाङ–३ बाटै उम्मेदवार थिए। उक्त क्षेत्रबाट रास्वपाका कमल सुवेदी ४४ हजार दुई सय ४८ मतसहित निर्वाचित हुँदा चौथो स्थानमा रहेका मास्कीले नौ हजार तीन सय २८ मतमात्रै प्राप्त गरे।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य चुनिएका चौधरीले यसपटक उज्यालो नेपाल पार्टीमा महामन्त्री पदसहित संलग्न भई बर्दिया २ बाटै उम्मेदवारी दिएको थिए । जहाँ रास्वपाका श्रीधर पोखरेल २९ हजार ६७८ मतसहित निर्वाचित हुँदा पाँचौँ स्थानमा रहेका चौधरीले चार हजार चार सय ७२ मत मात्रै पाए।

निर्वाचनमा पराजित भएका धनबहादुर मास्की, कृष्णा केसी नमुना र धर्मराज चौधरी प्रदेश सरकारका पूर्वमन्त्री समेत थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी खोलाको स्थलगत निरीक्षणमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग...

उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। अभद्र व्यवहार लगायतका कसुरमा उषा...

एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको र...

विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख घुससहित पक्राउ

काठमाडौँ। सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहि...

घरबाटै काम गर्न सरकारको आह्वान

काठमाडौँ। युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि...

शिक्षामन्त्रीले गरे फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामक...

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छिन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोज...

प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्...

शैक्षिक सत्रअघि र एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही ...

कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending