Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

महिला क्रिकेटः नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

काठमाडौँ। अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ । प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै आठ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । आयोजक थाइल्याण्ड भने पाँचवटामै जित निकाल्दै १० अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । नेपालका लागि थाइल्याण्डसँगको हार अघिल्लो चरण प्रवेशका लागि बाधक बन्ने देखिन्छ । ‘क्वालिफायर’मा युएईले पनि पाँच खेलमा चार खेल जित्दै आठ अङ्क जोडेको छ । नेपाल थाइल्याण्डसँग पराजित भएको थियो भने युएइ नेपालसँग पराजित भएको थियो । समान अङ्क भए पनि रनरेटको आधारमा युएई दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । अब लिगको अन्तिम खेलमा थाइल्याण्ड र युएईबीच खेल हुनेछ । यस्तै नेपालले कुवेतसँग खेल्नेछ । अब नेपाल छनोट हुने सम्भावना भनेको गणितीय हिसाबमा मात्र बाँकी छ । थाइल्याण्ड र युएईबीच हुने खेल युएईले झिनो अन्तरले जित्न सके र नेपालले कुवेतलाई फराकिलो अन्तरमा पराजित गर्नसके मात्र नेपाल अघिल्लो चरण पुग्नेछ । नेपालले कुवेतलाई फराकिलो अन्तरले पराजित गर्ने अनी थाइल्याण्डलाई पनि युएईले पराजित गरेमा तीन टोलीको समान १० अङ्क हुनेछ । यस्तो अवस्थामा राम्रो रनरेट हुने टोली पहिलो बन्दै टि–२० र ५० ओभर दुवैको ग्लोबल क्वालिफायरमा पुग्नेछ । यस्तो अवस्थामा नेपालले बुधबार हुने खेलमा कुवेतलाई फराकिलो अन्तरले हराउनेपर्ने हुन्छ भने थाइल्याण्डको हारको कामना पनि गर्नुपर्नेछ । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टि–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले थाइल्याण्डसँगको हार नेपालका लागि छनोटमा बाधक बनेको प्रतिक्रिया दिनुभयो । “यो पटक हामीलाई थाइल्याण्डसँग अघिल्लो महिना बेहोरेको हारको बदला लिने अवसर थियो, त्यसमा सफल हुन नसक्दा ग्लोबल क्वालिफायर छनोट कमजोर बन्यो”, दासले भन्नुभयो । नेपाल महिला राष्ट्रिय टोली अघिल्लो महीना थाइल्याण्डमै भएको टि–२० स्म्यास क्रिकेटको फाइनलमा पनि थाइल्याण्डसँगै पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । समूह चरणमा अपराजित रहँदै नेपालले फाइनलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो । अहिलेसम्मको खेल तालिका यस प्रकार रहेको छ । टोली खेल जित हार अङ्क नेट रनरेट थाइल्याण्ड ५ ५ ० १० ३.४४९ संयुक्त अबर इमिरेट्स ९युएई० ५ ४ १ ८ १.८४३ नेपाल ५ ४ १ ८ ०.३४५ चीन ६ ३ ३ ६ ०.३३७ हङकङ ५ १ ४ २ –०.६५३ मलेसिया ५ १ ४ २ –१.८७९ कुवेत ५ ० ५ ० –३.७५३
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy